काठमाडाैं। साताकाे पहिलो दिन उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १७.७० अंकले बढेर १९०६ अंकको बिन्दुमा कायम भएको छ।
आज २ सय ६१ वटा कम्पनीको ४३ लाख ८ हजार ६ सय ४५ कित्ता सेयर ३६ हजार ९ सय ८० पटक खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९ सय रूपैयाँबराबरको कारोबार भएको छ ।
आज लघुवित्त समूह १७.०३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक १९४.४५ अंक र निर्जीवन बिमा समूहको उपसूचक १२६.४३ अंकले बढेको छ।
आज बैंकिङ समूह ३.१४, विकास बैंक समूह ७६.८७, वित्त समूह ३२.६३, होटल तथा पर्यटन समूह ४७.५० र जलविद्युत् समूह ४३.५२ अंकले बढेको छ ।
त्यसैगरी लगानी समूह ०.५२, उत्पादन समूह ९९.९८, म्युचुअल फन्ड ०.०८, व्यापार समूह २५.९९ र अन्य समूह १४.२६ अंकले बढेको छ ।
आज सुपरमाई हाइड्रोपावर लिमिटेड, एसियन हइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेसनल फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
हिमालय डिस्टिलरी लिमिटेडको आज सबैभन्दा धेरै ५ करोड ९० लाख ८० हजार बराबरको सेयर कारोबार भएको छ। कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने ग्लोबल आइएमई बैंक प्रमोटर सेयरको २ लाख ७४ हजार २ सय ९६ कित्ता सेयर खरिद बिक्री भएको छ।