काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ।
कम्पनीले बिहीबार आफ्नो प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच सो योजना सार्वजनिक गरेको हो। कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त बिमा योजनाको सार्वजनिक अनावरण गरेका थिए।
आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आफू आर्थिक रूपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बिमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना’ सार्वजनिक गरेको जनाएको छ।
एउटै बिमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बिमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बिमा (मुनाफामा सरिक हुने) हो जस्मा बिमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष रहने तथा न्यूनतम बिमाशुल्क भुक्तानी अवधि ५ वर्षदेखि अधिकतम बिमाशुल्क भुक्तानी अवधि ३५ वर्र्षसम्म हुनेछ। यो योजनाको न्यूनतम बिमांक रकम २५ हजार रुपैयाँ तथा अधिकतम बिमांक रकम आय स्रोतको आधारमा निर्धारण गर्न सकिनेछ।
यो योजनाले न्युन बिमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ। यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बिमितलाई बिमालेख अवधिभर बचत गर्न प्रोत्साहन गर्छ। यस योजनाले अवकाशपछिको आर्थिक आवश्यकतालाई समेत समेट्छ। यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्य आफ्नो इच्छा र आवश्यकताअनुरूप बिमितले कुनै एउटामात्र विकल्पको छनोट गर्न सक्छ।
विकल्प १ अन्तर्गत बिमालेख परिपक्व भएमा बिमा अवधि समाप्तिमा बिमांक रकम + आर्जित बोनस, एकमुस्ट दिइने छ भने विकल्प २ अन्तर्गत बिमा भुक्तानी अवधि समाप्तिमा बिमालेखमा उल्लेख भएको बिमांक रकम दिइने छ र भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष बिमांकको ५ प्रतिशत रकम बिमितको उमेर ७९ वर्ष नपुगन्जेलसम्म बिमितलाई प्रदान गरिन्छ। साथै बीमित ८० वर्ष पुरा भएपछि बिमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस बिमितलाई प्रदान गरिनेछ।
बिमालेख चालु रही बिमा भुक्तानी अवधिभित्र जुनसुकै कारणबाट (बिमालेखअन्तर्गत नपर्ने जोखिमहरुबाहेक) बिमितको मृत्यु भएमा विकल्प १ अन्तर्गत बिमांक रकम + आर्जित बोनश एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमितको मृत्यु भएमा बिमांक रकम + आर्जित बोनश एकमुष्ट दिइने छ तर भुक्तानी अवधि समाप्ति पछि मृत्यु भएमा बिमांकको ५० प्रतिशत रकम + बिमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइनेछ।
विकल्प १ र विकल्प २ दुवैमा ऋण तथा समर्पण सुविधा छ । वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात सर्मपण मूल्य प्राप्त गर्न सकिनेछ भने वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात सर्मपण मूल्यको ९० प्रतिशत ऋण प्राप्त गर्न सकिनेछ। दुर्घटना मृत्यु लाभ सुविधा, बिमाशुल्क छुट तथा पूर्णअशक्तता सुविधा, घातक रोग सुविधाजस्ता ऐच्छिक सुविधाहरुसमेत उपलब्ध छ।