काठमाडौं। विश्व रिसाइक्लिंग दिवसको अवसर पारेर कोकाकोला नेपाल र डोको रिसायकलर्सको संयुक्त पहलमा काठमाडौं उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पिइटी कलेक्सन बिनहरु राखिएका छन् ।
रिसाइकल प्रक्रियामार्फत पिइटी बोतलहरूलाई पुनः प्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने जनचेतनामूलक सन्देश सर्वसाधारण माझ पुर्याउने उद्देश्यका साथ यस परियोजनाको सुरुवात गरिएको थियो ।
अगस्ट २०२० मा स्थानीय अधिकारीहरूको सहयोगमा सुरु भएको यस संयुक्त परियोजना ‘रिफ्रेस एण्ड रिसायकल’ पिइटी बोतल संकलन अभियानको दोस्रो चरण हो । धेरै मानिसहरूको जमघट हुने र पेट बोतलहरु बढी फालिने काठमाडौंका ९ स्थान र भरतपुरका ६ स्थानहरुमा यी बिनहरू राखिने छ ।
डोको रिसायकलर्सका सहसंस्थापक राघवेन्द्र महतोले भने, ‘हामी प्रत्येक नेपालीलाई यो सिकाउन सकौं कि पिइटी बोतलहरू यसरी संकलन गरेर रिसाइकल गर्न सकिन्छ जसले गर्दा वातावरणमा पर्ने नकरात्मक असरहरु थोरै भए पनि कम गर्न सकिन्छ ।
यसै सन्दर्भमा कोका–कोलाको वर्ल्ड विदाउट वेस्ट जस्तो विश्वव्यापी अभियानमा सहकार्य गर्न पाएकोमा हामीलाई खुसी लागेको छ। यसरी संकलन गरिएका सबै पिइटी बोतलहरू हाम्रो भक्तपुरको सानोठिमीस्थित मटेरियल रिकभरी सुविधामा रिसाइकल गरिने पनि जानकारी गराए।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिलले भने, ‘कोकाकोलाले वर्ल्ड विदाउट वेस्टको विश्वव्यापी प्रतिबद्धताका साथ विश्वभर विभिन्न रिसाइक्लिङ र पुनः प्रयोगसम्बन्धी परियोजनाहरु सञ्चालन गरिरहेको जानकारी दिए ।
हामीले सन् २०३० सम्ममा विश्वभरि आफ्नो प्याकेजिङको शतप्रतिशत बराबरको अन्य खाली बोतल र प्याकेजिङहरू संकलन र पुनः प्रयोग गर्ने प्रतिबद्धता गरेको छौं। यसै दिगोपन प्रतिको प्रतिबद्धताको एक भागको रूपमा हामीले काठमाडौं उपत्यका र भरतपुरका धेरै जनघनत्व हुने स्थानहरूमा पिइटी रिसाइक्लिङ बिनहरू राखेका छौं ।’
भाटभटेनी सुपरमार्केट पाटनकी सुपरमार्केट स्टोर म्यानेजर मुना राईले भनिन्, ‘जसरी स्वच्छ वातावरणमा बाँच्न पाउनु हाम्रो अधिकार हो, त्यसै गरी आफू वरिपरिको वातावरणलाई सफा राख्नु पनि हाम्रो दायित्व भएको बताइन्।
यस रिफ्रेस एन्ड रिसाइकल अभियानले सर्वसाधारणहरुलाई आफूले प्रयोग गरिसकेको पिइटी बोतलहरु यी कलेक्सन बिनहरुमा फ्याक्न प्रोत्साहन गरिएको कम्पनीले जनाएको छ ।