एजेन्सी। बैंकहरूको अनुरोधलाई बेवस्ता गर्दै अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याज दर बढाएको छ। फेडरल रिजर्भले ब्याजदर २५ प्रतिशत बिन्दुले बढाएको हो।
दुई अमेरिकी बैंकहरूको पतनपछि वित्तीय बजारमा देखिएको उथलपुथलका बीच फेडरलले ब्याजदर बढाएको हो।
ब्याजदर बढेर ५ प्रतिशत पुगेको छ। फेडरलका नीति निर्माताहरूले यस वर्षको अन्त्यसम्ममा ब्याजदर अझै २५ प्रतिशत बिन्दुले बढ्ने संकेत गरेका छन्। गत वर्ष मौद्रिक अवस्थालाई कडाइ गर्न थालेयता ब्याजदर वृद्धि नवौं पटकको हो।
यी प्रयासहरूको बाबजुद पनि अमेरिकामा औसत मूल्यवृद्धि फेडरलको लक्ष्य भन्दा धेरै माथि छ।
फेडरलले मूल्यवृद्धि दुई प्रतिशतमा राख्ने लक्ष्य लिएको छ। सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको अचानक असफलताबाट वित्तीय क्षेत्रमा आएको मुख्य परिवर्तनमा फेडरलको पछिल्लो नीति सकरात्मक असर नपर्ने अनुमान वित्त विश्लेषकहरूको छ।
चुलिँदो मूल्यवृद्धि र वित्तीय स्थायित्व कायम राख्नलाई ब्याजदरमा परिवर्तन गर्नुपरेको फेडरल रिजर्भले स्पष्टपारेको छ।
यद्यपि, बैंकिङ क्षेत्रमा हालैको तनावले ऋण सर्तहरू कडा पार्ने र आर्थिक गतिविधि र मुद्रास्फीतिमा असर पार्ने सम्भावना छ। अधिकारीहरूले वर्षको अन्त्यमा बेरोजगारी दर ४.५ प्रतिशत हुने प्रक्षेपण गरेका छन्।
जुन गएको डिसेम्बरमा देखाइएको ४.६ प्रतिशत भन्दा कम हो। जबकि आर्थिक वृद्धिको प्रक्षेपणहरूभन्दा कम ०.५ ०.४ प्रतिशतमा झरेको छ।
फेडर रिजर्भका अध्यक्ष जेरोम पावेलले बढ्दो मूल्यवृद्धिलाई रोक्न ब्याजदर वृद्धि एक मात्र उपाए भएको कांग्रेसमा बयान दिएका छन्। मूल्यवृद्धिले ब्याजदर बढाउन बाध्यपारेको उनको तर्क छ।
ब्याजदर नबढाउन बैंकहरूको आग्रह
तीनवटा बैंक बन्दलाई लिएर दुई हप्ताको बजार उथलपुथलपछि अमेरिकी बैंकहरूले बुधबार फेडरल रिजर्भको ब्याज दरको निर्णयमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
केन्द्रीय बैंकले उच्च मुद्रास्फीतिसँग जुध्नका लागि ब्याजदर बढाउने क्रम जारी राख्ने वा वाणिज्य बैंकिङ क्षेत्रमा थप उथलपुथल हुनबाट रोक्न कडा कदम चालिरहेको जनाएको छ।
फेडले अर्को दर वृद्धिका लागि तयारी गरिरहेका समय यस हप्ता विश्वका वित्तीय अधिकारीहरूले बढ्दो मुद्रास्फीति रोक्न अन्य उपायहरू अपनाएपछि सेयर बजार र बैंकिङ सेयरहरूको मूल्य वृद्धि भएको छ ।
फेडरल रिजर्भले ब्याजदर बढाएपछि अमेरिकी डलर झनै बलियो हुनेछ। विश्व मुद्रा बजारबाट थप लगानी अमेरिकामा फर्किने छ।
अमेरिकामा लगानी फर्किएपछि उदियमान अर्थतन्त्र भारतलगायत अन्य देशहरूमा डलर सञ्चिति घट्ने छ। डलर सञ्चिति घटेपछि स्थानीय मुद्रा कमजोर हुने र डलर महँगो बन्ने छ। अहिले पनि डलर बलियो अवस्थामा छ।