काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ। लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धित अनुसूची तथा एनएफआरसी प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने भएको छ ।
सो निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने, सर्वसाधारणलाई छट्टयाइएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ।
सभामा बोल्दै सभाका सभापति डा. अर्यालले आव २०७९।८० को पुस मसान्तसम्मको अपरिस्कृत विवरणअनुसार बिमाकोष २२.३१ प्रतिशतले वृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए ।
उक्त अवसरमा डा. अर्यालले कम्पनीका अगाडि भएका चुनौतीहरुका बारेमा पनि बताए । साथै उहाँले सर्वसाधारणका निमित्त सेयर जारी गर्न भइरहेको आन्तरिक तयारी पनि अन्तिम अवस्थामा रहेको भन्नुहंदै जीवन बीमा कम्पनिहरु माझ अव्वल कम्पनिका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त अवसरमा कम्पनिका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनिको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रतिनिरन्तर प्रतिबद्ध रहने कुरा बताए।