काठमाडौं। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी तथा दोल्ती पावर कम्पनीले विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई निष्कासन गरिएको साधारण सेयर बाँडफाँट भएको छ।
एनआइसी एसिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड तथा दोल्ती पावर कम्पनी लिमिटेडले श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्याइएको साधारण सेयर निष्कासन तथा बिक्री खुला गरिएको थियो ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट निम्नबमोजिम आवेदन परेको र प्राप्त आवेदनको प्रशोधनगरी सोको बाँडफाँड गरेको छ।
दोल्ती पावर कम्पनी लिमिटेड
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार १,०७,२९८ कित्ता सेयरको लागि आवेदन खुला गरिएकोमा सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट निष्काशन तथा बिक्री खुला गरेको समयमा जम्मा १८,३१७ जना आवेदकहरूबाट ५,४२,०७० कित्ता सेयरका लागि आवेदन प्राप्त भएकोमा सोमध्ये सम्बन्धित सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट विभिन्न कारणबाट १,३४३ जना आवेदकहरूबाट प्राप्त ७३,११० कित्ता सेयरको लागि आवेदन रद्द गरेपश्चात् बाँकी रहेको १६,९७४ जना आवेदकहरूको ४,६८,९६० कित्ता सेयरका लागि अन्तिम आवेदन प्राप्त भएको थियो।
उक्त अन्तिम आवेदन रुजुगर्दा १ जना आवेदकले२ वटा हितग्राही खाताबाट जम्मा २० कित्ता शेयरको लागि दोहोरो आवेदन गरेकोले सो लाई रद्द गरी बाँकी हुँन आएको१६,९७२ जना आवेदकहरूबाट प्राप्त जम्मा ४,६८,९४० कित्ता शेयरको आवेदन रितपुर्वक प्राप्त भएको थियो ।
रितपूर्वक प्राप्त १६,९७२ जना आवेदकहरूबाट ४६८,९४० कित्ता सेयरका लागि प्राप्त आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि १०,००० कित्ता सेयर आवेदन गर्ने १०,७२९ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले जम्मा १,०७,२९० कित्ता सेयर बाँडफाँट गरी बाँकी रहेको ८ कित्ता सेयर २० कित्तादेखि १०,००० कित्ता सेयर आवेदन गर्ने आवेदकहरूमध्ये सेयर पर्न सफल आवेदकहरूलाई पुनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता सेयरका दरले ८ कित्ता शेयर ८ जना आवेदकलाई बाँडफाँड गरिएको छ।
भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेड
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार १,०८,८११ कित्ता शेयरको लागी आवेदन खुला गरेकोमा सि-आश्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट निष्कासन तथा बिक्री खुला गरेको समयमा जम्मा १८,३६४ जना आवेदकहरूबाट ५,३३,६९० कित्ता सेयरका लागि आवेदन प्राप्त भएकोमा सोमध्ये सम्बन्धित सि-आश्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट विभिन्न कारणबाट १,३९८ जना आवेदकहरूबाट प्राप्त ७३,४३० कित्ता सेयरको लागि आवेदन रद्दगरेपश्चात बाँकी रहेको १६,९६६ जना आवेदकहरूको ४,६०,२६० कित्ता शेयरको लागि अन्तिम आवेदन प्राप्त भएको थियो।
उक्त अन्तिम आवेदन रुजुगर्दा १ जना आवेदकले२ वटा हितग्राही खाताबाट जम्मा २० कित्ता शेयरको लागि दोहोरो आवेदन गरेकाले सोलाई रद्द गरी बाँकी हुन आएको १६,९६४ जना आवेदकहरूबाट प्राप्त जम्मा ४,६०,२४० कित्ता सेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो।
रितपूर्वक प्राप्त १६,९६४ जना आवेदकहरूबाट ४,६०,२४० कित्ता सेयरका लागि प्राप्त आवेकलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि १,००० कित्ता सेयर आवेदन गर्ने १०,८८१ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले जम्मा १,०८,८८० कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको १ कित्ता सेयर २० कित्तादेखि १,००० कित्ता सेयर आवेदन गर्ने आवेदकहरूमध्ये सेयर पर्न सफल आवेदकहरूलाई पुनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता सेयर १ जना आवेदकलाई निष्कासन तथा बिक्री प्रबन्धक, निष्कासनकर्ता कम्पनी र प्रोफेसनल कम्प्युटर सिस्टम प्रालिका प्रतिनिधिलगायत अन्य सर्वसाधारण लगानीकर्ताहरूको उपस्थितिमा बाँडफाँट गरिएको छ।