काठमाडाैं। साताकाे दाेस्राे दिन साेमबार नेप्से परिसूचक २२.६५ अंकले बढेर १ हजार ९ सय ४९.०६ अंकमा पुगेको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९७ अंकले उकालो लागेर ३ सय ६६.२३ मा पुगेको छ। कारोबार भएका कुल १३ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ।
५२ लाख ५५ हजार ८६ कित्ता सेयर १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९ सय ८८ रूपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्। नेप्सेका अनुसार कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको ७ करोड ६३ लाख ९२ हजार ४ सय ४२ रूपैयाँ बराबरको कारोबार भयो।
साथै एनआइसी एसियाको ६ करोड १९ लाख ९५ हजार ९ सय २२ रूपैयाँ, सिटिजन बैंकको संस्थापक सेयर ५ करोड ८५ लाख २७ हजार १ सय रूपैयाँ, शिवम् सिमेन्ट ४ करोड १३ लाख ७७ हजार ५ सय २ र हिमालयन डिस्टिलरी ३ करोड ४२ लाख ६२ हजार ८ सय २० रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा युनिक नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। न्यादी हाइड्रोपावर ७.७३,नयाँ सारथी लघुवित्त ६.१८, मानुषी लघुवित्त ५.६७ र विन्दवासिनी हाइड्रोपावरको सेयर मूल्य ४.७७ प्रतिशतले बढेको छ ।
साथै सपोर्ट माइक्रोफाइनान्स ५.३६, स्वाभिमान लघुवित्त ४.७२, सानिमा ग्रोथ स्किम ४.४५, विन नेपाल लघुवित्त ४.०८ र लक्ष्मी इक्विटी फण्डको शेयर मूल्य ३. ८५ प्रतिशतले घटेको छ ।