काठमाडाैं। हाइलाइफले आफ्ना खुद्रा व्यापारीका लागि बम्पर उपहारअन्तर्गत हाइलाइफ 'लक्की ड्र' योजना सार्वजनिक गरेको छ। जसमा हाइलाइफका चिउरा बिक्री गर्ने खुद्रा तथा होलसेल व्यापारीहरूले स्कुटर, बाइक र ल्यापटपदेखि हात खाली नजाने उपहार जित्न सक्ने कम्पनीले जनाएकाे छ।
हाइलाइफ ब्रान्डका विभिन्न साइजका चिउरा खरिद गर्दा प्रथम पुरस्कार स्वरूप २ जना ग्राहकले १ सय ५० सिसी क्षमता भएको पल्सर बाइक जित्न सक्नेछन्। दोस्रो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले होन्डा स्कुटर जित्न सक्नेछन् भने तेस्रो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले १ टन क्षमता भएको एलजी एसी जित्न सक्नेछन्।
साथै चौथो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले २५३ लिटरको सामसुङ ब्रान्डाको फ्रिज र पाँचौं उपहार स्वरुप ३ जना भाग्यशाली विजेताले लेनोभो ब्रान्डको ल्यापटप र सान्त्वना उपहार स्वरुप १० जना भाग्यशाली विजेताले अन्य थुप्रै हाइलाइफको सामनहरु प्राप्त गर्ने सक्ने छन्।
योजना अन्तर्गत हाईलाईफ कुरुम कुरुम चिउराको प्रत्येक कार्टुनको खरिदमा (एक केजीमा ३ वटा 'लक्की ड्र' कुपन पाउनेछन्। साथै ७ सय ग्रामको कार्टुन खरिदमा २ वटा 'लक्की ड्र' कुपन र ४ सय ५० ग्रामको कार्टुन खरिदमा एउटा लक्की ड्र कुपन प्राप्त गर्नेछन्। हात खाली नजाने गरी यसरी जम्मा भएका २५ वटा कुपन बराबर ग्राहकले नगद ५ सय रूपैयाँ प्राप्त गर्न सक्नेछन्।
यो योजना २०७९ फागुन १५ गतेदेखि २०८० असार १५ गतेसम्म लागू हुनेछ। योजनामा भाग लिनका लागि कुपनमा दिएको विवरण भरी उक्त कुपनको फोटो सोही अवधिभित्र हाइलाइफको आधिकारिक भाइवर वा ह्वाट्सएप नम्बर ९८०२३०२१८६ मा पठाउनुका साथै सक्कल कुपन सुरक्षित राख्नुपर्नेछ।
यो योजना तोकिएको मितिपछि लागू हुने छैन। 'लक्की ड्र'को नतिजा २०८० साउन २० गते शनिबार हाइलाइफ फुड्सको आधिकारिक फेसबुक पेज @hilifefoodsnepal मा प्रत्यक्ष रुपमा खोलिनुका साथै विजेताको नाम घोषणा गरिनेछ।
हाइलाइफ ब्रान्डअन्तर्गत उत्पादित कर्नफ्लेक्स, चिउरा, ओट्स, जाम, सोयाबिन, बेसन, केचप, पास्ता, पापड लगायतका विभिन्न प्रोडक्टहरु उपभोक्ता माझ लोकप्रिय छन्। साथै हाइलाइफ़ चीजबल्स तथा बिभिन्न स्वादमा बेक्ड इस्न्याक्सहरू पनि चाँडै बजारमा आउँदैछ।