कोलम्बो, एएनआई। श्रीलङ्का सरकारको ऋण सन् २०२२ को अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ११५.२ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा १०४.५ प्रतिशत थियो ।
यसबाहेक, सरकारी स्वामित्वका व्यवसायहरूले राखेको ग्यारेन्टी गरिएको ऋणको थप ५.६२ प्रतिशतको लागि सरकार जिम्मेवार छ, जसले ऋणलाई कुल गार्हस्थ्य उत्पादनको १२५.७ प्रतिशतमा पर्याएको छ ।
श्रीलङ्काको नाम कुल गार्हस्त उत्पादन २०२१ मा १६.८ ट्रिलियन रूपैयाँबाट २०२२ मा २४.१ ट्रिलियन रूपैया पुगेको छ ।
सन् २०२२ मा कर प्राप्तिमा सामान्य वृद्धि भएको र कुल गार्हस्थ अनुपातमा ऋण कम भएको द आइल्याण्डले रिपोर्ट गरेको छ ।
उच्च मुद्रास्फीति र वित्तीय नियनत्रण (आईएफआर) को परिणामस्वरूप घाटा पूरा गर्न थप ऋण उधारो लिइए तापनि, केन्द्रीय सरकारको सन् २०२१ को ऋण ६६ प्रतिशतबाट घटेर २०२२ मा ५५ प्रतिशतमा झरेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋण समाधान ढाँचा अन्तर्गत घरेलु ऋण पुनर्संरचनाको लागि कुनै समयसीमा नभएकाले श्रीलङ्काको आन्तरिक ब्याज दर अहिले २० देखि ३० प्रतिशतको बीचमा रहेको छ ।
घरेलु ऋणदाताहरूले डिफल्टको सम्भावनाको बावजुद सरकारलाई ‘विशेष ऋणदाताहरू’ को रूपमा कोष प्रदान गर्न जारी राख्ने सम्भावना छ ।
द आइल्यान्डका अनुसार श्रीलङ्काको गिरावट र अधिकांश नयाँ वितरणको स्थगनको बावजुद, केन्द्र सरकारको विदेशी ऋण जिडिपीको ३९ प्रतिशतबाट बढेर ६१ प्रतिशत पुगेको छ ।
विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा अत्यावश्यक र मानवीय आवश्यकता पूरा गर्न स्वीकृत अनुदान लाई पुनः वितरण गरेका छन् ।
अमेरिका, जापान, धेरै युरोपेली राष्ट्रहरू, चीन र भारतले दिएको ऋणमा नथपिने गरी दिएको अनुदानका कारण मार्च २०२२ मा श्रीलङ्काको मुद्रा बलियो देखिएको थियो भने घरेलु ऋण र खपतमा पनि कमी आएको थियो ।