काठमाडौं। शिवम् सिमेन्ट उद्योगले ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मेगा ‘लक्की ड्र’ अन्तर्गत भाग्यशाली (उपभोक्तातर्फ ३० जना तथा विक्रेतातर्फ ३० जना) ६० जना विजेताको नाम ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरेको छ। शिवमले एक पत्रकार सम्मेलनमार्फत विजेताहरूको नाम सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथा विक्रेतातर्फ ४७ तोला सुन उपहार राखिएको थियो।
मेगा ‘लक्की ड्र’ कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेता बागमती-पोखरा क्षेत्रबाट र उपत्यका बाहिरबाट ५–५ तोला सुन प्राप्त गरेका छन। दोस्रो पुरस्कारअन्तर्गत ४ जनाले ३–३ तोला सुन जितेका छन्। तेस्रो पुरस्कारअन्तर्गत ६ जनालाई २–२ तोला सुन चौथो ८ जनालाई १–१ तोला सुन तथा अन्य १० जनाले आधारआधा तोला सुन जित्न सफल भएका छन्।
यसअघि भएका मासिक ‘लक्की–ड्र’हरूबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यशाली विजेताको छनौट भइसकेको छन्। जसअन्तर्गत ४ जोडीले थाइल्याड भ्रमण, ८ जोडीले गोसाइँकुण्ड हेली टुर, २० जोडीले माउन्टेन फ्लाइट, २८ जनाले आधा केजी चाँदी, ३२ जनाले हीराको औंठी, १६ जनाले सुनको सिक्री, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन्।
साथै स्योर सट पुरस्कार मार्फत पनि २ लाख २५ हजारभन्दा बढी ग्राहकहरूले सुन, चाँदी तथा नगद उपहारबाट लाभान्वित भएका छन्। शिवम् सिमेन्टले यही मंसिर १८ गतेदेखि ‘शिवम्सँग उपहार टन्न’ उपहार योजना सार्वजनिक गरेको थियो, जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्याच कुपन प्राप्त गरी २ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो ।
सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक ‘लक्की ड्र’ तथा मेघा ‘लक्की ड्र’मा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो।
यस योजनामा छोटो समयमै ग्राहकहरूको उल्लेख्य संख्यामा सहभागिता थियो। छोटो समयमा उत्साह जनक रूपमा सहभागिता जनाइ यस उपहार योजनालाई सफल पार्न सहयोग गरिदिनु भएकोमा शिवम् सिमेन्ट्स परिवार सम्पूर्ण उपभोक्ता, ग्राहकवर्ग र वितरकहरू प्रतिहार्दिक आभार प्रटक गर्दछौं। यो उपहार योजना मिति २०७९ मंसिर १८ देखि नेपाल भरी लागू गरिएको थियो।
शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको असली ओपिसी सिमेन्ट हो। ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानीबाट उत्खनन गरिएको उच्चकोटीको चुनढुंगाबाट गुणस्तरीय ओपिसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ।