काठमाडौं। लक्ष्मी कमर्सियल भेहिकल्समार्फत एसएमएल इसुजुको कमर्सियल गाडीहरूको फ्रि सर्भिस क्याम्प सुरु भएको छ। कम्पनीले एसएमएल इसुजुका गाडीहरूका लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरेको हो।
काठमाडौंको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरबाट उक्त सेवा लिन सकिने कम्पनीको भनाइ छ। यो सर्भिस क्याम्प सोमबार, फाल्गुन २९ गतेदेखि आगामी चैत ४ गतेसम्म गरी जम्मा ६ दिन सञ्चालन हुनेछ। यी हुन् सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरूले पाउने सुविधाहरूः
– अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको १०० प्रतिशस निःशुल्क चेकजाँच गरिनेछ।
– सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा १०० प्रतिशत छुट दिइनेछ।
– विशिष्टिकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतियशतसम्मको छुट दिइनेछ।
– लुब्रिकेन्टहरूमा १५ प्रतिशतको छुट उपलब्ध गराइनेछ।
– स्पेयर पार्टसहरूमा ५० प्रतिशतसम्मको छुट सुविधा हुनेछ।
– फ्रि–सर्भिस क्याम्पमा आउने ग्राहकहरू तथा चालकहरूको लागि विशेष उपहारहरू प्रदान गरिनेछ।
सर्भिस क्याम्प कै अवधिमा कम्पनीले चालकहरूको लागि विशेष किसिमको तालिमको समेत व्यवस्था गरेको छ। गाडीहरूमा भएको परिवर्तन र सञ्चालन विधिसम्बन्धी तालिम सञ्चालन गरिने भएको हो।
यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरू लिएर आएर विभिन्न छुट तथा तालिम प्राप्त इन्जिनियरहरूबाट चेकजाँच गराई सुविधा लिन आफना ग्राहकहरूलाई लक्ष्मी कमर्सियल भेहिकलस्ले अनुरोध गरको छ।
लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक वितरकका रूपमा कार्य गर्दै आएको छ।
यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरू नेपालमा आयात गरी बजारमा बिक्री–वितरण गर्ने र उक्त गाडीहरूलाई बिक्री पछिको सेवा पनि दिँदै आएको हो।
एसएमएल इसुजुले १४ सिट क्षमतादेखि ५५ सिट क्षमतासम्मका स्कुल बस, स्टाफ बस तथा ३ टनदेखि ९ टन क्षमताका ट्रकहरूदेखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरू उत्पादन गर्दैछ। मजबुत बनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरू नेपालमा ग्राहकहरूको रोजाइमा पर्ने गरेको कम्पनी भनाइ छ।
लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो। लक्ष्मी ग्रुप हुण्डाइका प्यासेन्जर कारहरू, बिएमडब्लूका कारहरूको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो। लक्ष्मी ग्रुपले नै हिरोका विद्युतीय दुईपांग्रे स्कुटर पनि बिक्री गर्दैछ।