काठमाडौं। ब्रान्डेड सामान र लक्जरियस रेस्टुरेन्ट तथा क्लबहरुका उत्कृष्ट गन्तव्य हो दरबारमार्ग। यहाँ अहिले अर्को आकर्षण थपिएको छ– पेन्टहाउस रुफटप बार एन्ड लाउन्ज।
दरबारमार्ग मुख्य चोकमा रहेको ‘वान दरबारमल’ को पाँचौं तला अर्थात सबैभन्दा माथिल्लो भागको रुफटपमा आकर्षक एवं लक्जरियस रेस्टुरेन्ट तयार भएको छ। जहाँबाट नारायणहिटी दरबार नजिकबाट नियाल्न सकिन्छ।
रेस्टुरेन्टका भीडमा पृथक सुविधा दिने उद्देश्यसाथ शेर्पा हस्पिटालिटीले सुरु गरेको पेन्ट हाउसमा आकर्षक ‘इलामेन्ट’ र ‘डिजाइन’ ले समेत सबैलाई मन्त्रमुग्ध बनाउँछ।
रुफटपमा भएकाले दिउँसोको घामसँगै राति जुनतारा नियाल्दै मदिरामा लठ्ठिन चाहनेका लागि उपयुक्त गन्तव्यका रूपमा पेन्टहाउस विकसित हुँदै गएको छ।
थरिथरीका मदिरा, अनि साथमा मास्टर सेफ सन्तोष साहले तयार पारेको रेसिपिमा बनेका विभिन्न परिकारले सबैको जिब्रो ट्वाक्क अवश्य नै बज्छ।
दरबारमार्गको व्यस्त र भिआइपी क्षेत्रमा रहेको वान दरबारमलको पाचौं तलामा सञ्चालित पेन्टहाउसले छोटो समयमा सबैको मनजितिरहेको म्यानेजर रमेश लामा बताउँछन्।
महानगर (मेट्रोपोलोटिन सिटी) जहाँ धेरै जग्गा हुँदैन, तर त्यहाँ भएका अपार्टमेन्ट वा कम्प्लेक्सको माथिल्लो भागमा बनाइएको लक्जरियस जंक्सनलाई ’पेन्टहाउस’ भनिन्छ। यसलाई पनि त्यहीखालको आभाष दिलाउन खोजिएको लामाको भनाइ छ।
पेन्टहाउस नामभन्दा पनि मानिसका सफलतालाई उत्सवका रूपमा मनाउने गतिलो गन्तव्य हो। जुन नेपालमा रहेका रेस्टुरेन्टभन्दा भिन्न छ। नाममात्र होइन, त्यहाँ सजावट गरिएका हरेक सामानसमेत निकै लक्जरियस बनाइएको छ।
नारायणहिटी दरबारसहित काठमाडौं उपत्यका नियाल्दै मदिरामा लठ्ठ भएर खुसी ‘सेलिब्रेसन’ गर्न पेन्टहाउस उत्कृष्ट गन्तव्य बनेको म्यानेजर लामा बताउँछन्।
पेन्टहाउसको डिजाइन, इलामेन्ट पनि भिन्न छ। डिजाइनमा पनि नयाँ रूप दिइएको छ। डिजाइनमा रेस्टुरेन्ट सञ्चालकले धेरै खर्चिएका छन्। लिफ्टबाट निस्किने बित्तिकै करिब ५ सय बर्गफिटको रिसेप्सन (फ्रन्ट डेस्क) राखिएको छ।
दरबारमार्गजस्तो महँगो ठाउँमा त्यति ठूलो रिसेप्सन, त्यसमाथि पनि भव्य सजिसजावटमा राखिनु नै त्यहाँबाट भित्र प्रवेश गरेपछि केही त फरक छ भन्ने हरेकको मानसपटलमा परिहाल्छ।
रिसेप्सन रुमको भित्तामा गोल्डेन पेपर राख्नुका साथै इटालियन मार्बल राखिएको छ। डिजाइनको चर्चा गर्दा लेजरकट बुट्टा बनाउनेदेखि ‘अनेक्स मार्बल‘ को टेबुल राखिएको छ।
जब पेन्टहाउसभित्र प्रवेश हुन्छ, तब संसारको छुट्टै ठाउँमा पुगेको जस्तो आभास हुन्छ। काठमाडौंमै ‘वल्र्ड क्लास लेभल’ को सुविधा दिने उद्देश्यले निर्माण गरिएको पेन्टहाउस ६ हजार ९ सय बर्गफिट क्षेत्रफलमा फैलिएको छ। १ सय ६० जना एकसाथ बसेर खान मिल्ने ठाउँ छ भने उभिएर ४ सयभन्दा बढी अट्न सक्छन्।
रेस्टुरेन्टको आकर्षण डिजाइनमात्र होइन, त्यहाँ उपलब्ध खानाका परिकारलाई समेत पृथक स्वाद दिन ‘युके मास्टर सेफ’ सन्तोष साहलाई झिकाएर मेनु डिजाइन गरिएको छ। पेन्टहाउसमा रहेका किचन टिमलाई पनि सेफ साहले नै तालिम दिएका छन्। त्यहाँ पाउने हरेक खानाको रेसिपी उनै मास्टर सेफ साहले बनाएका हुन्।
मदिरा पारखीलाई नयाँ स्वाद दिलाउन विदेशका धेरै परामर्शदाता ल्याइएका छन्। नयाँ ‘ड्रिंक मेनु’ बनाउन एक महिनाभित्र अर्को विदेशी परामर्शदाता आउने निधो लागिसकेको छ। पेन्टहाउसले ग्राहकलाई नयाँ स्वाद र नयाँपन दिलाउन कुनै कसर बाँकी राखेको छैन।
यो रेस्टुरेन्टलाई विश्वबजारमा रहेकामध्ये उत्कृष्ट ५० ‘पेन्टहाउस आउटडोर रेस्टुरेन्ट’ भित्र पार्ने योजना बनाइएको म्यानेजर लामाको भनाइ छ। यहाँ दुईवटा बार छन्। त्यहाँ छिर्ने बित्तिकै आकर्षक डिजाइन हेर्दा सबैका आँखा टक्क अडिन्छन्।
रेस्टुरेन्टमा राखिएका फर्निचर, जडान गरिएका लाइट सबै भारतीय बजारबाट ल्याइएका हुन्। त्योमात्र नभई, बारमा राखिएको पिलरमा समेत फाइबर जडान गरेर आकर्षक बनाइएको छ।
बारको मेन सेन्ट्रल पिलरमा राखिएको मार्बल भने अफ्रिकाबाट ल्याइएको हो। त्यो मार्बल नभई ‘सेमिप्रोसेस स्टोन’ हो। महिलाले कानमा लगाउने इयररिङ, घाँटीमा लगाउने नेकलेस बनाउने एमोथिस भन्ने क्रिस्टल स्टोन हो त्यो। जसलाई अफ्रिकाबाट मगाएर भारत अहमदाबादमा स्लाबमा एसेम्बल गरिएको हो। जुन नेपालमा रहेका रेस्टुरेन्टमध्येकै नयाँ हो।
दरबार नजिकै रहेकाले रेस्टुरेन्टमा पनि ऐतिहासिकता झल्काउने उद्देश्यले बारको माथिल्लो भागमा ‘निओक्लासिकल थिम’ मा रोमन आर्टिटेक्चरमा पेन्टिङ राखिएको छ। जुन पेन्टिङ युरोप तथा अमेरिकामा रहेका चर्च, क्यासलमा हुन्छन्।
रेस्टुरेन्टमा नेपालका हिमालसम्बन्धी जानकारीसहितका तस्बिर छन् भने बौद्ध धर्म झल्काउन ‘ओम माने पेमे हुम’ को गन्ज राखिएको छ। यसको थिम निओक्लासिकल, आर्टडेको भनिन्छ। नेपालमा रहेका ४÷५ हजार रेस्टुरेन्टमध्ये अधिकाशंको डिजाइन उस्ताउस्तै हुन्छ। तर, पेन्टहाउसको डिजाइन पृथक छ।
रेस्टुरेन्टको डिजाइन थाइल्यान्डका मेपलले गरेका हुन्। उनै मेपलले मुस्ताङको मोक्ष रिसोर्ट पनि डिजाइन गरेका हुन्। रुफटपमा रहेकाले दिउँसो आउने ग्राहकका आँखा टल्किनबाट जोगाउन एउटा बारको भित्तामा अँध्यारो बनाइएको छ।
१८० भन्दा बढी ब्रान्डका मदिरा
विश्वमा पाइने अधिकांश ब्रान्डका मदिरा पेन्टहाउसमा पाइन्छन्। मदिरा पारखीको रोजाइमा रहेका जुनसुकै ब्रान्डका मदिनरा उपलब्ध गराउने सोचसाथ मेनु बनाइएको छ।
अहिले धेरै नेपाली सिंगल माल्टमा रमाउन थालिसकेका छन्। त्यसमा पनि १०÷१२ देखि २३ वर्ष उमेर अवधिका मदिरा आउन थालिसकेका छन्। पारखीलाई वर्षअनुसारको स्वाद मात्र लिने चाहना हुन्छ। त्यस्ता मदिरा पारखीलाई समेत ध्यानमा राखेर थरिथरी ब्रान्ड पेन्टहाउसमा छन्।
पाँचतारे होटलको बारस्तरको मदिरा त्यहाँ पाइन्छ। पेन्टहाउसमा बोतलको १ लाख रुपैयाँभन्दा बढी पर्ने मदिरासमेत छ। त्यतिमात्र नभई विश्वमै ३ देखि ४ हजार बोतलमात्र रहेको मदिरासमेत राखिएका छन्। जुन धेरै महँगो पर्छ।