काठमाडौं। सिजी इलेक्ट्रोनिक्सले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आरओ मोडेल नेपाली बजारमा ल्याएको छ।
केन्ट पर्ल स्टार
केन्ट पर्ल स्टार एक उत्कृस्ट आरओ वाटर प्युरिफायर हो जुन शुद्धताको डिजिटल डिस्प्लेको साथ आउँछ जसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ ।
यसले आरओ+युभी+युएप+टीडएस नियन्त्रणको शुद्धीकरण प्रक्रियाहरूद्वारा पानीलाई १०० प्रतिशत शुद्ध बनाउन प्रयोग गर्ने कम्पनीले जनाएको छ। यस प्रक्रियाले आर्सेनिक, रस्ट, किटनाशक, र फ्लोराइडजस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्छ । केन्ट पर्ल स्टारको बजारको मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।
केन्ट क्रिस्टल स्टार
क्रिस्टल सिरिजको स्टार, केन्ट क्रिस्टल स्टार एक प्राविधिक रूपमा उन्नत आरओ वाटर प्युरिफायर हो जसमा शुद्धताको डिजिटल डिस्प्ले सुविधा छ । जसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय दिन्छ।
साथै, यसको भण्डारण ट्याङ्कीमा रहेको युभी एलईडीले शुद्ध पानी ब्याक्टेरिया मुक्त र शुद्ध राख्छ । नेपाली घरहरू र कार्यालयहरूका लागि उपयुक्त, यो उपकरण सबै खालको पानीको शुद्धीकरणका लागि उपयुक्त छ। केन्ट क्रिस्टल स्टारको बजारको मूल्य ४८ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।
केन्ट क्रिस्टल प्लस
केन्ट क्रिस्टल प्लस आरओ+ युभी+ युएफ+ टीडीएस कन्ट्रोल+ ट्याङ्कीमा भएको युभी लाइटद्वारा शुद्धीकरण प्रक्रिया भएको नेक्स्ट जेन आरओ वाटर सतप्रतिशत प्युरिफायर गर्छ ।
मिनरल आरओटिएम टेक्नोलोजीले सुसज्जित, यो प्युरिफायरले इनबिल्ट टीडीएस कन्ट्रोलर प्रयोग गरी शुद्ध पानीमा आवश्यक प्राकृतिक खनिजहरू यथावत राख्छ। केन्ट क्रिस्टल प्लसको बजारको मूल्य ३५ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।
केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, किटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।