नेपालमा हाल ‘फाइभ–जी’ परीक्षण भइरहेको छ। दूरसञ्चार कम्पनी नेपाल टेलिकमले अहिले फाइभ–जी परीक्षण गरिरहेको छ। नेपालमा परीक्षण सुरु हुनुभन्दा अघि नै यसको औचित्यता, आवश्यकता र उपयोगिताबारे चौतर्फी बहस भइरहेका थिए। मुलुकको दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २६ सय ब्यान्डमा फाइभ–जी परीक्षण गर्न अनुमति दिएपछि नेपाल टेलिकमले गत माघ २२ देखि परीक्षण सुरु गरेको हो।
नेपालको अर्को दूरसञ्चार कम्पनी एनसेलले पनि फाइभ–जी परीक्षण गर्न पाउनुपर्ने माग गर्दै आएको छ। नेपाल टेलिकमलाई मात्र परीक्षण अनुमति दिएर आफूलाई भेदभाव गरेको एनसेलको आरोप छ। यसै सन्दर्भमा नेपालमा फाइभ–जीको औचित्य र आवश्यकता, फोर–जीको उपयोगिता र फाइभ–जीको तयारीलगायतका विषयमा केन्द्रित रहेर क्यापिटल नेपालका लागि पदम भुजेलले दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसँग गरेको कुराकानी:
नेपालमा फाइभ–जी परीक्षण सुरु भइसकेको छ। हाल यसबारे के कस्ता अध्ययन भइरहेका छन्?
विश्वमा फाइभ–जी प्रयोग दिनप्रतिदिन बढिरहेको छ। हाम्रो छिमेकी भारतमा पनि फाइभ–जी कार्यान्वयनमा आइसकेको छ। यस सन्दर्भमा नेपालले ढिलो गर्नुहुन्न भनेर हाल नेपाल टेलिकमले फाइभ–जी परीक्षण गरिरहेको छ। अहिले उपकरण परीक्षण तथा उपभोगीय परीक्षण जारी छ।
डिभाइसले सपोर्ट गर्ने÷नगर्ने कुराको परीक्षण, यसले दिने गति परीक्षण टेलिकमबाट भइरहेको छ भने प्राधिकरणका तर्फबाट यसको युज केसबारे अध्ययन भइरहेको छ। फाइभ–जी कहाँ–कहाँ प्रयोग ग¥यो भने सेवा प्रदायकले यसबाट फाइदा लिन सक्छन् र प्रयोगकर्ताले यसबाट लाभ लिन सक्छन् भन्ने विषयमा केन्द्रित भएर हाल प्राधिकरणले अध्ययन गरिरहेको छ।
नेपालका लागि फाइभ–जी नयाँ प्रविधि हो। फाइभ–जीको उपादेयता, यसबाट प्राप्त हुने सुविधा र लाभ के–के छन्?
फाइभ–जीको गति फोर–जीको तुलनामा निकै तीव्र छ। फाइभ–जी लो–लेटेन्सी, रियलटाइममा काम गर्न सकिन्छ। यहाँ बसेर जुम्लामा अपरेसन गर्नुपर्यो भने त्यहाँ रोबमेट राखेपछि यहाँबाट जतिबेला बटम थिच्यो, त्यतिनै बेला त्यो रोबोटले रियल टाइममा काम गर्न सक्छ। रियल टाइममा काम गर्न सक्ने भएकाले स्मार्ट भेहिकल, अटोमेटिक भेहिकल, ड्राइभरलेस भेहिकल, स्मार्ट सहर, रोबोटमा आधारित उद्योग फाइभ–जीबाट सञ्चालन गर्न सकिन्छ।
मेनुफ्याक्चरिङ उद्योग सञ्चालन गर्न सकिन्छ भने रियल टाइममा संसारमा भएका सूचना रियल टाइममा नै पुर् याउन सकिन्छ। यसको मतलब के हो भने हामीले मोबाइल प्रयोग गर्दा एकबाट अर्कोमा सूचना पुग्न केही समय लाग्छ। अर्थात, पाँच सेकेन्ड, १० सेकेन्ड समय लाग्छ भने फाइभ–जीले ठ्याक्कै रियल समयमा सो सूचना पुर् याउने काम गर्दछ। यसले दुरीको अर्थ राख्दैन।
हामीले मोबाइल प्रयोग गर्दा एकबाट अर्कोमा सूचना पुग्न केही समय लाग्छ। अर्थात, पाँच सेकेन्ड, १० सेकेन्ड समय लाग्छ भने फाइभ–जीले ठ्याक्कै रियल समयमा सो सूचना पुर् याउने काम गर्दछ। यसले दुरीको अर्थ राख्दैन।
फाइभ–जीमा जानुभन्दा अघि फोर–जीले प्रदान गर्न सक्ने विविध सेवा के–के हुन्? तीमध्ये हाल नेपालमा के–के सेवा प्रयोगमा आएका छन्?
फाइभ–जी यो फोर–जीभन्दा विशेष किसिमको र अलग किसिमको छ। फाइभ–जी प्रविधि फोर–जीको विकसित रूप होइन। फाइभ–जीलाई फोर–जीको विकसित रूपमा मानिँदैन र यो होइन पनि। फोर–जीले एउटा बिटिएसबाट १० हजार मान्छेलाई एकैपटक सञ्चार गर्न सक्थ्यो भने फाइभ–जीले एकपटक १ लाख मानिसलाई सञ्चार गर्न सक्छ।
यस्तो किसिमको विशेषता यसमा रहेको छ। फोर–जीको तुलनामा फाइभ–जी अत्याधुनिक र रोबोट किसिमको प्रविधि हो। फोर–जीबाट हाल हामीले युट्युब हेर्न सकेका छौं, मोबाइलबाट भिडियो तथा समाचार हेर्न सकेका छौं। डेटा ट्रान्समिट फास्ट हुने दुई एमबिपिएसदेखि एक जिबीसम्म डेटा ट्रान्समिट गर्ने क्षमता फोर–जीसँग छ। त्यसैले त्योभन्दा बढी डेटा ट्रान्समिट गर्नका लागि नै फोर–जीको विकल्पमा फाइभ–जी चाहिएको हो।
फोर–जीको प्रयोगको कुरा गर्दा उपयोग उपभोक्ताले गर्ने हो। तपाईंले वा मैले प्रयोग गरेनौं, गर्न सकेनौं भनेर फोर–जीकै प्रयोग भएको छैन भन्न पाइँदैन। फोर–जीका थुप्रै प्रयोगकर्ताले यसबाट लिन सकिने अधिकतम सुविधा लिएका छन् र यसको प्रयोग गरेका छन्। हामीले कार नै चढ्न पाएका छैनौं, बस किन ल्याउने भन्ने किसिमले फोर–जी नै प्रयोग गरेका छैनौं, फाइभ–जी किन ल्याउने भन्ने किसिमको कुरा गर्नुहुँदैन। बस चढ्नेले बस चढ्छन् र कार चढ्नेले कार चढछ्न्।
नेपालमा फोर–जीको प्रयोग भिडियो हेर्ने, युट्युब र फेसबुक चलाउनेमा मात्र सीमित भएको छ। योभन्दा बढी फोर–जीका थुप्रै फाइदा छन् जसको पूर्णउपयोग हुन नसकेको अवस्थामा नेपालमा यसैका लागि फाइभ–जी किन आवश्यक छ?
फाइभ–जीको अभावमा नेपालमा स्मार्ट सहर सम्भव छैन। स्मार्ट भेहिकल, ड्राइभरबिनाको सवारीजस्ता रियल समयमा हुनुपर्ने विषय सम्भव छैन। त्यस्तै धैरै मानिसलाई कभर गर्न फाइभ–जी आवश्यक छ। रियल समयमा गर्ने अपरेसन, ई–हेल्थ, टेलिमेडिसिनजस्ता कामका लागि फाइभ–जी आवश्यक छ। यदि हामीले नेपालमा फाइभ–जी ल्याउने समय भएको छैन भनेर ल्याएनौं भने यी सबै विषयमा हामी पछाडि पर्छांै। त्यसैले विश्व अगाडि पुग्दा हामी भने पछाडि नै रहन सक्छौं।
तपाईंले फोरजीको प्रयोग भिडियो, गेमिङ जस्ता विषयमा भएको भन्नुभयो तर पढाइमा भएको, रिसर्चमा भएको कुरा भने गर्नुभएन। फोर–जीबाट फेसबुकमात्र चलाउने एउटा समूह छ, युट्युब हेर्ने र गेम खेल्ने अर्को ग्रुप छ भने विद्यार्थीले पढाइमा पनि यसको प्रयोग गरिरहेका छन्। रिसर्चरले रिसर्चमा पनि प्रयोग गरिरहेका छन्।
भन्नाले धेरै ठाउँमा धेरै तरिकाबाट तपाईं र मैले देखेभन्दा धेरै प्रकारबाट नेपालमा फोर–जीको प्रयोग भइरहेको छ। हाम्रा आवश्यकता, रहर र इच्छा बेग्लै हुन्छ, सोहीअनुसार मानिसले आफ्नो आवश्यकता र उपलब्धताका आधारमा प्रयोग गर्छ।
फोर–जी र फाइभ–जीबीच के भिन्नता छ? फाइभ–जी आउँदा के हुन्छ? र, यसलाई अधिकतम प्रयोगमा ल्याउन नियामकको भूमिका के रहन्छ?
फाइभ–जीले जुन रियल टाइममा काम गर्न सक्छ, त्यो फोर–जीले गर्न सक्दैन। फोर–जीले दुई एमबिपिएसदेखि एक जिबीसम्म दिन्थ्यो भने यसले १० जिबीसम्मको पिक डेटारेट प्रयोग गर्न सक्छ। फोर–जीको दुई एमबिपिएसदेखि एक जिबीसम्मको कुरा गरेको थिएँ मैले तर फाइभ–जीले भने एक जिबीबाट सुरु भएर १ सय जिबीसम्म पुग्छ।
फाइभ–जीले भोलि हरेक कुरालाई अटोमेटिक परिकल्पना गर्छ। फाइभ–जीले मेसिन टु मेसिन कम्युनिकेट गर्ने क्षमता राख्दछ। स्मार्ट भेहिकलमा गाडीले आफ्नो गाडीलाई मात्र नियन्त्रण गरेर हुँदैन।, त्यसले अगाडिको गाडीलाई पनि कम्युनिकेट गर्ने क्षमता हुनुपर्छ। अगाडिको गाडीको गति कम भयो पछाडिको पनि कम हुनुपर् यो, बढी भए बढी हुनुपर्यो जसका लागि फाइभ–जी आवश्यक छ। यसरी हेर्दा फाइभ–जीले मेसिन टु मेसिन पनि सञ्चार गर्ने भएकाले फोर–जी र फाइभ–जी तुलना गर्न मिल्दैन।
फोर–जी सञ्चारसँग आधारित भएर आयो भने फाइभ–जी उद्योगसँग आधारित भएर आएको हो। यसैले यो दुईबीचमा उपयोगिता, यसबाट प्राप्त हुने सुविधा र यसबाट लिन सक्ने लाभलगायत कुरामा ठूलो भिन्नता छ।
फाइभ–जीले जुन रियल टाइममा काम गर्न सक्छ, त्यो फोर–जीले गर्न सक्दैन। फोर–जीले दुई एमबिपिएसदेखि एक जिबीसम्म दिन्थ्यो भने यसले १० जिबीसम्मको पिक डेटारेट प्रयोग गर्न सक्छ। फोर–जीको दुई एमबिपिएसदेखि एक जिबीसम्मको कुरा गरेको थिएँ मैले तर फाइभ–जीले भने एक जिबीबाट सुरु भएर १ सय जिबीसम्म पुग्छ।
भर्खर तपाईंले फाइभ–जीका फाइदा र यसबाट गर्न सकिने थुप्रै कुरा जति गुर्नभयो, यी कुरा प्रयोगमा ल्याउन नियामक निकायको हिसाबले तपाईंहरूको भूमिका के हुन्छ? कस्तो भूमिका खेल्नुहुन्छ?
फाइभ–जी ल्याएपछि प्रयोग गर्ने भनेको उद्योग, उपभोक्ताले हो। हामीले सडक बनायौं तर सडक प्रयोग कसले गर्छ भन्ने किसिमले कुरा गर्नुहुँदैन। त्यो सडक बनाएपछि त्यसमा विभिन्न सवारीका ड्राइभर तथा कम्पनीले त्यसको प्रयोग गर्न सक्छन्।
यसर्थ, हामीले एउटा प्लेटफर्म दिने हो, तर त्यसको प्रयोग गर्ने भनेको उपभोक्ताले हो। फाइभ–जी भनेको हामीले सञ्चारको एउटा प्लेटफर्म तयार गरेको हो। यसको उपभोग गर्ने भनेको स्वास्थ्य क्षेत्रका मानिसले स्वास्थ्य क्षेत्रमा, कृषि क्षेत्रकाले कृषिमा प्रयोग गर्ने हो।
तपाईं अमेरिका बस्नुभएको छ, तपाईंको माछोपोखरीको तापक्रम तपाईंले अमेरिका बसेर नै निर्धारण गर्न सक्नुहुन्छ। त्यहीँ बसेर माछाको खाना रेडिमेटरूपमा त्यहीँबाट खुवाउन सक्नुहुन्छ।
यी कुरा प्रविधिले गर्ने भयो। यसका लागि मैलेभन्दा पनि तपाईंहरूले नेपालमा फाइभ–जी आएको छ, तपाईंको उद्योगले कसरी प्रयोग गर्नसक्छ भनेर उद्योगीलाई सोध्नुपर्छ। नियामक निकायले एउटा प्लेटफर्म दिने हो। फाइभ–जी प्रयोगमा आइसक्यो, तपाईंहरू अहिलेसम्म अस्पतालमा अझै म्यानुअल हुनुहुन्छ भनेर हामीले प्र्रश्न गर्यो भने तपाईंको उत्तर हुन्छ?
नेपालको भौगोलिक विकटताका कारण सेवा गुणस्तरीय राख्न नियामकको भूमिका के रहन्छ?
नेपालको सबै स्थानीय तहमा पिच बाटो पुगेको छैन भने बत्ती पनि सबै ठाउँमा पुगेको छैन। यसलाई मैले कहाँ लगेर जोड्न खोजेको भने बत्ती नभइकन दूरसञ्चार पनि चल्दैन। टावरका लागि पनि बत्ती आवश्यक छ। यसर्थ, अन्य पूर्वाधारले सहयोग गरेको र फाइभ–जी कार्यान्वयन गर्न मिल्ने कुरा भएका ठाउँमा फाइभ–जी सञ्चालनमा चाँडै आउँछ।
ग्रामीण क्षेत्रमा विद्युत उपलब्धता, सडक र सुरक्षा उपलब्धता भएका ठाउँमा फाइभ–जी पनि प्रयोगमा हुँदै आउँछ। जान त फाइभ–जी नेपालभरि जानुपर्छ, तर यो अवस्था र आवश्यकताअनुसार सबै ठाउँमा जान्छ। हामी मोबाइल प्रयोगकर्ताले मोबाइल चलेन, फोन लागेन भन्छौं तर सडक खन्दा अप्टिकल फाइबर गएको हामी हेर्दैनौं, तार व्यवस्थापन गर्दा बत्ती गएको हामीले हेर्दैनौं।
त्यस्तै हामीले तपाईं सबैले सोचेको जस्तै सेवा उपलब्ध गराउन अन्य पूर्वाधार पनि त्यतिकै मात्रामा सबल हुनुपर्छ। यस्तै विषम भौगोलिक अवस्था, हिँउ पर्यो भने प्यानल छोपेर हप्तौंसम्म ब्याट्रीको चार्ज सकिने कुराजस्ता विषय पनि हामीले हेर्नुपर्छ। हाम्रो गाउँमा मानिस निकै पातलो मात्रामा बसेका छन्। जसका कारण गाउँमा सहरको तुलनामा नाफा नै आउँदैन।
सहरमा एउटा तार राख्यो भने त्यसले महिनामा १ लाख नाफा कमाउन सक्छ भने गाउँमा राखेको टावरले नाफा नै कमाउन सक्दैन। त्यस्तै निर्माणको कुरा गर्दा गाउँमा ५० लाग्छ भने गाउँमा ढुवानी, बत्तीलगायत विषयले १ लाख लाग्छ। यसरी हेर्दा १ करोड खर्च गरेको टावरले १ हजार पनि नाफा दिँदैन।
यी कारण पनि सेवा प्रदायक पूर्वाधार तयार भएको ठाउँमा जान रुचाउँछन्। ग्रामीण ठाउँमा यस कारणले पनि सेवा कमजोर भएको गुनासो आउने गरेको छ। गाउँ सहरीकरण हुँदै जानेक्रमसँग सोही क्रममा पनि दूरसञ्चार ग्रामीण भेगमा जान्छ र भरपर्दो जान्छ। एकैपटक नेपालमा सबै ठाउँमा फाटोकपी गरेर राखेजस्तो गर्न कठिन हुन्छ।
सहरमा एउटा तार राख्यो भने त्यसले महिनामा १ लाख नाफा कमाउन सक्छ भने गाउँमा राखेको टावरले नाफा नै कमाउन सक्दैन। त्यस्तै निर्माणको कुरा गर्दा गाउँमा ५० लाग्छ भने गाउँमा ढुवानी, बत्तीलगायत विषयले १ लाख लाग्छ। यसरी हेर्दा १ करोड खर्च गरेको टावरले १ हजार पनि नाफा दिँदैन।
नेपालमा फाइभ–जीलाई कुन ब्यान्डमा व्यापारिक हिसाबमा सुरुवात गर्ने सोच्नुभएको छ? प्राधिकरणले कस्तो सोच बनाएको छ?
हामीले यसको अध्ययन गरिरहेका छौं। हामीले २.६ गिगाहर्ज, ३.५ गिगाहर्ज र एक गिगाहर्जभन्दा कम आउँदा ७ सय मेगाहर्जमा फाइभ–जीको ठिक हुन्छ कि भन्ने हिसाबमा हामी गएका छौं। अहिलेसम्म कमर्सियलरूपमा नगएको भएर भोलि जाने बेलामा तय हुने कुरा भएकाले यसमा यकिन हामीले गरेका छैनौं। हामी योजनामा नै छौं र अध्ययन गरिरहेका छौं।
विगतमा फोर–जी÷थ्रि–जीका सन्दर्भमा भएका त्रुटि पहिचान भएका छन् वा छैनन्? फाइभ–जीमा यस्ता कुरा अब दोहोरिन्छन् कि दोहोरिँदैनन्?
नयाँ प्रविधिमा जाँदा र प्रयोगमा ल्याउँदा केही चुनौती देखिनु केही त्रुटि हुनु स्वाभाविक हो। ती कुराबाट नै हामीले सिक्दै जाने हो। फाइभ–जी ल्याउने विषयमा पनि नियामक निकायले अरू देशमा आयो भनेर हावाका भरमा ल्याउन सक्दैन र पाउँदैन। देश र नियमनकारी निकाय एउटा सिस्टमबाट चलेका हुन्छन्। विश्व दूरसञ्चार संगठन भन्ने संस्था छ, त्यसका केही सिद्धान्त छन्।
त्यसको केही मापदण्ड छन्। हाम्रोमा एउटा पनि केही उपकरण बन्दैन। ययकारण पनि हामी बजार अध्ययन तथा हरेक कुरा अध्ययनमा छौं। फाइभ–जी ल्याउँदै गर्दा यस्ता चुनौती आउँछन् भन्ने विषयलाई ध्यानमा राखेर हामीले अन्य देश प्रयोगमा जाँदा पनि हामी भने हाल परीक्षणमै छौं।
अझसम्म पनि हामी अध्ययनमा छौं। किनभने भोलि कमर्सियलरूपमा ल्याएपछि बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो भने के गर्ने? कमर्सियल हुनका लागि त अपरेटरले पनि कमाउनुपर्यो, प्रयोग गर्नेले पनि प्रयोग गर्नुपर् यो। यसकारण पनि हामी यसको अध्ययन एकदम गहनरूपमा भएपछि मात्र हामी यसलाई अगाडि बढाउने योजनामा छौं।
फाइभ–जीका लागि अहिले जुन ब्यान्डमा परीक्षण भइरहेको छ त्यही नै उपलब्ध हुन्छ कि के हुन्छ?
अहिले कुन ब्यान्डमा उपलब्ध हुन्छ भन्ने कुरा भन्न सकिन्न। कुन ब्यान्डमा ल्याउने भन्ने निर्णय पनि भएको छैन। अहिलेको पनि हुनसक्छ र अर्को ब्यान्ड पनि उपलब्ध हुनसक्छ।
फाइभ–जीका सन्दर्भमा विश्वमा भएका असल अभ्यास के–के हुन्? छिमेकी देशमा के कस्ता अभ्यास छन्?
अन्य देशको असल अभ्यासको कुरा गर्दा उनीहरूले सबै नागरिकलाई फाइभ–जीसँग जोड्नुपर्छ र सबैलाई फाइभ–जीको पहुँचमा पुर्याउनुपर्छ भनेर लागेको पाइन्छ। फाइभ–जीको अर्को विशेषता के छ भने यसलाई ताररहित फिक्स्ड ब्रोडब्यान्ड पनि भन्छन्।
एउटा विद्यार्थी एजनामात्र घरमा बसेको छ भने किन अप्टिकल फाइबर लिएर जानुपर् यो? फाइभ–जीको सिम हालेको छ भने त्यही गतिमा उसले चलाउन पाउँछ। त्यो भएर पनि एउटा तारमा हुने खर्च जोगिने र अर्को वायरलेसको रोलआउट सबैभन्दा छिटो हुने र ठूलो संख्या समेट्न सक्ने यसको मुख्य विशेषता हो।
यी कुरालाई फाइभ–जीको असल अभ्यासका रूपमा लिन सकिन्छ। मैले विश्वमा देखेको असल अभ्यासका विषय पनि यी नै हुन्। अरू देशमा स्मार्ट सिटीका लागि, स्मार्ट भेहिकलका लागि, रोबोटमा आधारित उद्योगका लागि यो प्रयोग भएको पाइन्छ। जुन असल र फाइदाजनक अभ्यास हो।
नेपाल फाइभ–जी र यी सबै कुराका लागि तयार भइसकेको हो? कि केही वर्षपछि तयार हुन्छ भनेर अहिले त्यसको तयारीमात्र गरेको हो?
प्रविधिमा पछि पर्ने भन्ने कुरा नै हुँदैन। नेपालका मानिसले गाडी किन्न सक्दैन भनेर गाडी नै ल्याएन भने गाडी हेर्न भारतमा पुग्नुपर्ने अवस्था हुन्थ्यो। प्रविधि भनेको हाम्रो जनता, अनुसन्धानकर्ता, हाम्रो विद्यार्थीलाई विश्वका विकसित देशका प्राविधिक र प्रयोगकर्तासरह बनाउन ल्याउने हो।
अरू प्रविधिमा गएर त्यसमा अभ्यस्त भइसक्दा पनि हामी भने म्यानुअल नै बसेर हुँदैन। हामीले टु–जी नै चलाइरहेका थियौं भने अहिले फोर–जीको विषय हामीले सोच्न सक्दैन थियौं। फेसबुक र अन्य कुरा पनि हामीकहाँ हुँदैन थियो। त्यसैले प्रविधिले ल्याएको विषयमा प्रयोग गर्न र अपडेट हुन आवश्यक हुन्छ।
त्यसैले कुनै पनि प्रविधि विश्वबजारले स्वीकार गरेको छ भने नेपालले पनि त्यसमा पछि पर्नुहुुँदैन। त्यसको आवश्यकता हुन्छ। त्यो प्रविधि भित्र्याउँदा विभिन्न वर्गले फाइदा लिन पाउनुपर्छ त्यो कुरालाई ध्यानमा राखेर हामीले अध्ययन प्रविधि भित्र्याउनुपर्ने हुन्छ।
फाइभ–जीको असल अभ्यासका रूपमा लिन सकिन्छ। मैले विश्वमा देखेको असल अभ्यासका विषय पनि यी नै हुन्। अरू देशमा स्मार्ट सिटीका लागि, स्मार्ट भेहिकलका लागि, रोबोटमा आधारित उद्योगका लागि यो प्रयोग भएको पाइन्छ। जुन असल र फाइदाजनक अभ्यास हो।
एनसेलले फाइभ–जीमा पहिलो हुन योजनबद्ध रूपमा रोकेको बताएको छ। साथै नेपाल टेलिकम र आफूलाई अलग–अलग व्यवहार गरेको प्रतिक्रिया दिएको छ। एनसेललाई चैं फाइभ–जी परिक्षण गर्न किन नदिएको?
दूरसञ्चार प्राधिकरणले एनसेललाई नदिने र नेपाल टेलिकमलाई दिने भनेर भनेको होइन। प्राधिकरणले परीक्षणका लागि सबैलाई एकैपटक एउटै र समान प्लेटफर्म दिनुपर्छ भनेर भनेको छ। दुइटैलाई दिन भनेर प्राधिकरणले सिफारिस गरेको छ। फ्रिक्वेन्सी नीतिको कुरा गर्दा प्रयोग गरेवापत फ्रिक्वेन्सी फ्रिमा दिने व्यवस्था छैन। त्यसले गर्दा राज्यको लगानीमा कम्पनीलाई मात्र दिउँ, प्रयोग गर्न दिनलाई फ्रिक्वेन्सी नीतिमा परिमार्जन गरौं भन्ने कारणले गर्दा एनसेलले नपाएको हो। प्राधिकरणले नदिएको होइन।
फाइभ–जी परीक्षणपछि यसलाई कमर्सियलरूपमा अघि बढाउन पूर्वाधार तथा अन्य कुरामा कति बजेट लाग्छ? कति खर्चमा तयार हुन्छ यसको केही अनुमान छ?
यसलाई विशेषगरी समयले निर्धारण गर्छ। हामीले पहिल्यै गरेको भए यसका लागि ५० अर्ब लाग्थ्यो होला, अहिले गर्दा २० देखि २५ अर्ब लाग्ला जस्तो छ। भोलि हामी यसमा जाँदा झन् कम रकम लाग्न सक्छ। भनेको प्रविधि भनेको कुरा जति अरूकोमा पुग्छ, त्यसमा लाग्ने खर्च कम हुँदै जान्छ।
योबीचमा अर्को प्रविधि पनि आउन सक्छ। त्यसैले प्रयोग नगरी यति खर्च लाग्छ भन्ने अवस्था छैन। यसमा पनि चाइनिज भेन्डर, भारतीय तथा अमेरिकी भेन्डर छन्, जसमा नेपालमा कुन प्रविधि आइपुग्छ सोहीअनुसार पनि यसमा लाग्ने बजेट निर्धारण हुन्छ।
कुन प्रविधि ल्याउने हो भन्ने कुराले त्यसमा लाग्ने बजेटले निर्धारण गर्छ। फाइभ–जीमा फोर–जीमा भएका प्रविधि प्रयोग हुन्छन् वा सबै नयाँ ल्याउनुपर्छ भन्ने विषय पनि हाल भन्न सक्ने अवस्था छैन। परीक्षण दिनहँु भएकाले यसमा के हुन्छ र कस्तो हुनसक्छ भन्ने कुरालाई आजै यकिन गरेर भन्न सक्ने अवस्था छैन।
चिनियाँ मोबाइल फोनमात्र चल्ने गरी फाइभ–जीको फ्रिक्वेन्सी दिएको र सोहीअनुसार ब्यान्ड उपलब्ध गराएको आरोप पनि छ, यसबारे के भन्नुहुन्छ?
आरोप लगाउनेले जे पनि लगाउन पाउँछ। प्रविधि भनेको जसले पनि जुन देशले पनि चलाउन पाउँछ। नेपालमा प्रविधि दिने भनेको ग्लोबल टेन्डर भएर जाने हो। जसले गर्दा कसले बढी पैसा दिन्छ त्यसलाई दिने हो। भन्नाले फ्रिक्वेन्सी ब्यान्डले कुनै देशमा मात्र चल्ने गरी दिने र कुनैमा नचल्ने गरी नदिने भन्ने कुरा उठ्छ जस्तो मलाई लाग्दैन।
अन्तिममा फाइभ–जीको सन्दर्भमा तपाईंको आफ्नै धारणा के हो? फाइभ–जी नेपालमा कहिले भित्र्याउँदा उपयुक्त हुन्छ होला?
नेपालको सन्दर्भमा फाइभ–जीलाई भित्र्याउन हतार गर्नुपर्ने अवस्था पनि छैन र अनावश्यकरूपमा ढिला गर्नुपर्ने आवश्यकता पनि छैन। प्रविधि हो, सबै तवरले परीक्षण हुनुपर्छ। परीक्षण भएपछि सबै तवरले नेपाल तयार भएपछि, ग्राहक तयार भएपछि, उद्योग तयार भएपछि र अपरेटर तयार भएपछि नेपालमा फाइभ–जी ल्याउनुपर्छ। यस्ता प्रविधि नेपालमा भित्र्याएपछि सबैभन्दा बढी फाइदा नेपाल र नेपालीलाई हुनुपर्छ।
कुनै कम्पनी कुनै देशलाई भनेर हुन्न। यसको हरेक हिसाबले फाइदा नेपाललाई हुनुपर्छ। नेपाल, नेपाली उद्योग र नेपालीलाई फाइदा हुनेगरी प्राधिकरणले फाइभ–जी भित्र्याउँछ। तसर्थ, कुनै पनि अनावश्यक भ्रममा नपर्दा राम्रो हुन्छ भनेर म भन्न चाहन्छु