काठमाडौं। नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्रान्ड सीजी तथा सिजीअन्तर्गतको सिजी मेरिडियाले गर्मी मौसमको समयमा आफ्ना ग्राहकहरूलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरू बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
यसरी सिजीका अत्याधुनिक सामग्रीहरूका साथ ग्राहकहरूलाई गर्मीको मौसमबाट जोगिन सजिलो हुने कम्पनीको विश्वास रहेको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटीका सामान सँगै नेपालको आफ्नै ब्रान्ड सिजीको विश्वास पाई ग्राहकवर्गहरू ढुक्कले यस गर्मीको किनमेल गर्न सकिने कम्पनीले जनाएको छ।
यस गर्मी मौसमलाई मध्यनजर गर्दै सिजीले विभिन्न उत्पादनहरू जस्तै स्ट्याण्ड फ्यानन, टेबल फ्यान, वाल फ्यान, एक्जस्ट फ्यान, भेन्टिलेसन फ्यान तथा सिलिङ्ग फ्यान, कुलर र कुलरमा पनि डेसर्ट, टावर, रुम, पर्सनल तथा विन्डो कुलर, एसी तथा रेफ्रिजरेटर र चेस्ट फ्रिजरका साथै अन्य थुप्रै सामग्रीहरूमा नयाँ लाइनअपहरू थप्दै उत्कृष्ट प्रोडक्टहरूमा ग्राहकको पहुँच अझै बढाएको कम्छपनीले जनाएकाे छ।
गर्मी र तातो हावाबाट जोगिन सिजीका विभिन्न प्रकारका स्ट्याण्ड फ्यान, सिलिङ्ग फ्यानन, वाल फ्यान तथा टेबल फ्यानको प्रयोगसँगै विभिन्न रेन्जका सिजी एयर कन्डिसनरबाट पनि आनन्द लिन सकिन्छ ।
यसैगरी विभिन्न रेन्जका सिजी कुलरहरू जस्तै पर्सनल कुलर, डेजर्ट कुलर, विन्डो कुलर तथा टावर कुलरका साथ गर्मीको मौसममा पनि चिन्तारहित बस्न सकिन्छ।
गर्मीमा पनि खानेकुरा ताजा राख्नदेखि चिसो पानी वा अन्य पेयको आनन्द लिन सिजीका विभिन्न रेन्जका रेफ्रिजरेटरहरू उपलब्ध छन् भने व्यवसायहरूका लागि विषेग गुणस्तरीय चेस्ट फ्रिजर तथा शोकेसहरू पनि उपलब्ध रहेका छन् ।