एजेन्सी। मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर बढाइरहेको छ। ब्याजदर बढेपछि अमेरिकी डलर झनै मजबुत हुँदै आएको छ। तर, यसले विश्वबजारमा बिस्तारै समस्या ल्याउन थालेको छ।
फेडेरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर वृद्धिमा गरेको पछिल्लो टिप्पणीले विश्वबजारमा झनै अस्थिरता बढाएको छ। सबै प्रमुख अमेरिकी ‘बेन्चमार्क’ हरू एक प्रतिशतभन्दा बढी झरेका छन्। जबकि, अस्ट्रेलिया, जापान र हङकङका लागि ‘इक्विटी फ्युचर’ पनि घटेका छन्।
पावेलले मंगलबार आर्थिक ‘डेटा’ ले बढ्दो मूल्य नियन्त्रण गर्न कडा उपाय आवश्यक भएको र फेडेरलले विभिन्न चरणमा ब्याजदर बढाउने तयारी गरेको बताए।
जनवरीमा मुद्रास्फीति अप्रत्याशितरूपमा बढेको तथ्यांकले देखाएको र अमेरिकी सरकारले महिनाका लागि ‘पेरोल’ कार्यमा असामान्य हिसाबमा ठूलो वृद्धि भएको ‘रिपोर्ट’ गरेपछि उनको यो टिप्पणी आएकोे थियो।
पावेलको टिप्पणीपछि संसारको प्रतिक्रिया कस्तो छ?
पहिलो वालस्ट्रिट स्टक मंगलबार घट्यो। डाउ जोन्स इन्डस्ट्रियल एभरेज लगभग ५ सय ७५ अंक वा १.७ प्रतिशतले घटेर ३२ हजार ८ सय ५६.४६ बिन्दुमा समाप्त भयो।
युरोपेली सेयर बजार पनि रातो भयो। जापान बाहिर एसिया प्यासिफिक सेयरको व्यापक सूचकांक पनि घटेर बन्द भयो।
अस्ट्रेलियाको सेयर बुधबार १५ अंकले घट्यो, कमोडिटी स्टक पनि घटेको छ। न्युजिल्यान्डको बेन्चमार्क सूचकांक घटेर न्यून बिन्दुमा पुग्यो।
क्यानडाको टोरन्टो स्टक एक्सचेन्जको सूचक पनि घट्योे। अमेरिकी कच्चा तेल ३.५८ प्रतिशत घटेर प्रतिब्यारेल ७७.५८ डलरमा सीमित भयो। डलरको भाउ बढेपछि सुनको भाउ घटेको हो। स्पट सुन १.८ प्रतिशतले घटेर १ हजार ८ सय १४.४८ डलर प्रतिऔंसमा झरेको छ। पावेलले मुद्रास्फीतिमा लगाम लगाउन फेड वृद्धिलाई संकेत गरेपछि ‘ग्रिनब्याक’ बढ्यो।
युएस फेड ठूलो वृद्धि
अमेरिकी केन्द्रीय बैंकले गत वर्ष सुरुदेखि नै आफ्नो बेन्चमार्क उधारो दर आठपटक बढाइसकेको छ। किनभने, यसले मुद्रास्फीतिसँग संघर्ष गरेको छ, जुन यसको दीर्घकालीन लक्ष्य दुई प्रतिशतभन्दा माथि छ।
यसले गत महिना एक चौथाइ प्रतिशत बिन्दु ४.५० देखि ४.७५ प्रतिशतमा दर बढाएको छ। यो विश्वव्यापी वित्तीय संकटपछिको उच्चतम स्तर हो।
जनवरीमा अमेरिकी रोजगार बढेको छ। रोजगारदाताले आधा लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना गरेका छन्। र, बेरोजगारी दर सन् १९६० पछिको सबैभन्दा न्यून स्तरमा पुर्याएका छन्।
अमेरिकाको ऋण सीमा दबाब
मंगलबारको सुनुवाइमा पावेलले ऋण सीमा बढाउने विषयमा कांग्रेसमा जो बाइडेन प्रशासन र रिपब्लिकनहरूबीच चलिरहेको वार्ताबारे पनि प्रश्न उठाए।
जनवरीमा ३ सय १४ खर्ब (३१.४ ट्रिलियन) डलर उधारो ‘क्याप’ माथि पुग्यो। कांग्रेस र ह्वाइट हाउसबीच सीमा बढाउन र अमेरिकालाई पहिलेको खर्च प्रतिबद्धता पूरा गर्न अनुमति दिन वार्ता सुरु गरेको थियो।