काठमाडौं। नेपाल धितोपत्र बोर्डले ११ धितोपत्र दलाललाई शाखा विस्तार गर्न स्वीकृति दिएको छ। बोर्डले बुधबार विभिन्न ११ धितोपत्र दलाल व्यवसायीलाई २० शाखा विस्तारको अनुमति दिएको हो।
बोर्डले भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई सबैभन्दा बढी ६ वटा शाखा विस्तारको अनुमति दिएको छ। जसअनुसार भृकुटी स्टकले पर्सा वीरगन्ज, काभ्रे धुलिखेल, सुर्खेत, महोत्तरी बर्दिवास, म्याग्दी बेनी र दोलखा चरिकोटमा शाखा विस्तार गर्न पाउने छ।
त्यस्तै दोस्रोमा भिजन सेक्युरिटिज प्रालिले तीन शाखा विस्तार अनुमति पाएको छ। जसअनुसार कपिलवस्तु चन्द्रौटा, ईलाम ईलाम बजार र कैलाली टिकापुरमा शाखा विस्तार गर्न पाउने छ।
निभ सेक्युरिटिज प्रालिले भने सर्लाही हरिवन र कैलाली अत्तरिया गरी दुई ठाउँमा शाखा विस्तार अनुमति पाएको छ।
त्यसैगरी कालिका सेक्युुरिटिज प्रालिले महोत्तरी बर्दिवास, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेडले कञ्चनपुर महेन्द्रनगर, इम्पेरियल सेक्युरिटिजले धादिङ धादिङवेंसी, थ्राइभ ब्रोकरेज हाउसले तनहुँ दमौलीमा शाखा विस्तार गर्न सक्नेछन्।
क्रिएटिभ सेक्युरिटिज प्रालिले पाल्पा तानसेन, आशुतोष सेक्युरिटिज प्रालिले सिरहा मिर्चैया र मिडास स्टक ब्रोकिङले गोरखा गोरखा बजारमा पनि शाखा विस्तार गरी सेवा सञ्चालन गर्न सक्नेछन्।