ग्लोबल ब्रान्ड ‘बिल्ड योर ड्रिम’ (बिवाइडी) को नेपालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रूपमा काम गरिरहँदा यमुना श्रेष्ठलाई लागेको थिएन, एक दिन यसको सञ्चालक बन्छु।
जुन कम्पनीमा काम गर् यो, त्यही कम्पनीको सबै सेयर लिएर मालिक बन्ने कर्मचारी कमैमात्र हुन्छन्। तर, यमुना तिनै भाग्यमानी कर्मचारीमध्ये पर्छिन्, जसले आफ्ना दुई सञ्चालकको सेयर लिन सफल भइन्।
उनी बिवाइडीमा काम गरिरहँदा पनि आफ्नै स्वामित्वमा केही न केही नयाँ उद्यम गर्नुपर्छ भन्ने सोचमा हुन्थिन्। जागिरे जीवन सुरु गर्नु अघिदेखि नै उनले आफ्नै स्वामित्वमा कम्पनी खडा गरेर विभिन्न कार्यालयमा कम्प्युटर, ल्यापटप बिक्री–वितरणको काम गर्न थालिसकेकी थिइन्।
हुन त उनको पारिवारिक पृष्ठभूमि पनि व्यापारिक नै हो। काभ्रे जिल्लाको काभ्रेपलान्चोकमा जन्मिएकी यमुनाका दाजु अनिल श्रेष्ठले लामो समयदेखि जलविद्युत आयोजना, वित्तीय संस्थामा लगानी विस्तार गरिरहेका थिए। जसका कारण यमुनालाई पनि जागिरभन्दा आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटीले तानिरहन्थ्यो।
जुन कम्पनीमा काम गर् यो, त्यही कम्पनीको सबै सेयर लिएर मालिक बन्ने कर्मचारी कमैमात्र हुन्छन्। तर, यमुना तिनै भाग्यमानी कर्मचारीमध्ये पर्छिन्, जसले आफ्ना दुई सञ्चालकको सेयर लिन सफल भइन्।
दाइले सञ्चालन गरेको सहकारीमा केही समय काम गरेपछि उनी थप अध्ययन गर्न केही समय जापान गइन्। त्यहाँबाट फर्किएपछि भने परिवारले गर्दै आएको व्यापारभन्दा पृथक गर्नुपर्छ भन्ने अठोट उनले लिइन्। त्यहीबेला उनलाई बिवाइडीमा सिइओका रूपमा काम गर्ने प्रस्ताव आयो। बिवाइडीले चीनबाट विद्युतीय सामग्री आयात गरेर बिक्री गरिरहेको थियो।
आफूलाई केही नयाँ व्यापार गर्ने सोच आए पनि के गरिहाल्ने भन्ने निर्णयमा नपुगिरहेका बेला नयाँ ठाउँबाट आएको प्रस्ताव सहर्ष स्वीकारिन्। केही सिक्ने र पछि आफ्नै व्यापार गर्ने उद्देश्यसाथ कम्पनीमा प्रवेश गरेकी यमुना अन्ततः सञ्चालक नै बन्न सफल भइन्। यमुना हाल बिवाइडी नेपालका प्रवन्ध निर्देशक(एमडी) हुन्।
बिवाइडीका तत्कालीन सञ्चालकहरू गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष भवन भट्ट र व्यवसायी प्रसिद्धराज पाण्डे थिए। भट्ट र पाण्डेबीचको सहकार्य लामो समय टिक्न सकेन। बीचमै भट्टले आफ्नो सेयर यमुनालाई किन्न प्रस्ताव गरे।
यमुनालाई भट्टको प्रस्ताव फुत्काउन मन लागेन र तुरुन्तै दाजु अनिलसँग भट्टले राखेको प्रस्ताव सुनाएपछि सेयर खरिदको टुंगोमा पुगिन्। त्यसको केही समयलगत्तै पाण्डेले पनि सेयर बिक्री गर्ने र किन्न यमुनालाई प्रस्ताव गरे।
परिवार नै व्यापारमा आबद्ध भएकाले पनि ठूलो व्यावसायिक घरानाको सेयर किन्न उनले कुनै हिचकिचाहट राखिनन् र तत्कालै ‘डिल’ मन्जुर गरेर दुवैको सेयर खरिद गरिन्।
‘कम्पनीमा रहँदा सबै काम आफूले नै गरेकाले पनि उहाँहरूले सुरु गर्नुभएको काम पूरा गर्न सक्छु भन्ने आँट मलाई आएको थियो,’ यमुनाले भनिन्, ‘त्यो बेलासम्म बिवाइडीको सानो गाडी थिएन। तर, बिस्तारै साना गाडी पनि उत्पादन हुन्छ भन्ने अपेक्षासाथ काम सुरु गरेँ।’
उनले बिवाइडीलाई पूर्णस्वामित्वमा लिएको तीन वर्ष भयो। यसबीचमा देशभरिका नौवटा डिलर स्थापना गरिरसकेको छ। अधिकाशं प्रदेशमा सोरुम स्थापना भइसकेको र सर्भिस सेन्टर समेत तयार भइरहेको छ। केहिमा सञ्चालनमा समेत आइसकेको छ। अहिलेसम्म १५ वटा चार्जिङ स्टेसन सरकारी कार्यालयहरुमा निःशुल्क राखिसकेको छ।
सरकारी निकायदेखि सर्वसाधारणलाई समेत विद्युतीय गाडीप्रति चासो बढाउने उद्धेश्यसाथ सहज र सरल तरिकाले सबै किसिमका सुविधा उपलब्ध होस् भन्ने चाहना कम्पनीको रहेको उनी बताउँछिन्। ‘हामीले आजको भोलि नै नाफा कमाउन सकिन्छ भन्दा पनि भविष्य नै यसमा छ भन्ने सोच राखेर अगाडि बढेका छौं,’ यमुना भन्छिन्।
आफूलाई केही नयाँ व्यापार गर्ने सोच आए पनि के गरिहाल्ने भन्ने निर्णयमा नपुगिरहेका बेला नयाँ ठाउँबाट आएको प्रस्ताव सहर्ष स्वीकारिन्। केही सिक्ने र पछि आफ्नै व्यापार गर्ने उद्देश्यसाथ कम्पनीमा प्रवेश गरेकी यमुना अन्ततः सञ्चालक नै बन्न सफल भइन्।
जापान रहँदा पनि यमुनाले प्रविधि व्यापारसम्बन्धी नै अध्ययन गरेकी थिइन्। जसका कारण उनी नेपाल फर्किएपछि पनि आफ्नो पारिवारिक बिजनेस रूपान्तरण गर्नतिर लागिन्। हुन त उनका दाजुले पहिलादेखि नै जलविद्युत क्षेत्रमा पनि लगानी विस्तार गरिसकेका थिए।
ठूला व्यावसायिक घराना बाहिरिएपछि यमुनालाई बिवाइडी सञ्चालनका लागि कम्ती चुनौती भने थिएन। साइमेक्स इंक नेपालमार्फत बिवाइडीका विभिन्न विद्युतीय सामग्री आयात गर्दै आइरहेका बेला सन् २०१७ मार्च उनीहरूका लागि ‘टर्निङ प्वाइन्ट’ हुन पुग्यो।
किनकि, २०१६ मा गाडी खरिद सम्झौता गरेर २०१७ मार्चमा पहिलो गाडी ई–सिक्स (ई६) सार्वजनिक गरे। त्यो बेलासम्म नेपालमा विद्युतीय गाडी सञ्चालनमा आएको थिएन। तर, उनीहरूले भने अबको आठदेखि १० वर्षपछि भने नेपालमा विद्युतीय गाडीको बहार आउनसक्छ भन्ने अनुमानसाथ व्यवसाय विस्तार गरिन्, जुन अहिले ठ्याक्कै मिलेको छ।
अहिले नेपालमा विद्युतीय गाडी किन्नेको लहर नै चलेको छ। सरकारले पनि विद्युतीय गाडीलाई प्राथमिकता दिँदै आएको छ। त्यो बेला मुलुक भर्खरै ‘लोडसेडिङ’ मुक्त भएको थियो। भर्खरै बिजुली पूर्णरूपमा बाल्न पाइरहेका बेला ‘कहाँ विद्युतीय गाडी चल्छ?’ भन्नेहरू पनि थिए।
अझै ‘मोबाइल फोन त राम्रोसँग चार्ज गर्न नपाउने मुलुकमा गाडी चार्ज गरेर चलाउन सम्भावना छैन’ भन्नेहरू पनि धेरै थिए। तै पनि यमुनाको परिवारले त्यसलाई बेवास्त गर्दै नेपालमा अबको सम्भावना र भविष्य भनेकै विद्युतीय गाडी हो भनेर अगाडि बढ्यो।
गाडी ल्याए पनि बिक्री गर्न निकै नै चुनौती सामना गर्नुपरेको यमुनाको अनुभव छ। डिजेल र पेट्रोल गाडीभन्दा महँगो पर्ने भएकाले पनि सर्वसाधारणले एकैचोटि विद्युतीय गाडी खरिद गर्न सक्ने अवस्था थिएन। नेपालका सडकमै पहिलो भएकाले धेरैको विश्वास पनि नपाएकै कारण उनीहरूले सरकारीस्तरमा गाडी प्रयोगका लागि ‘लबिङ’ गर्न थाले।
फलस्वरूप बिवाइडीको पहिलो विक्रेता एनई इन्जिनियरिङ हुन पुग्यो। त्योसँगै बिस्तारै तनहुँ हाइड्रोपावर हुँदै योजना आयोगले समेत लिएपछि भने सरकारी कार्यालयमा ‘फोकस’ बढाउँदै गए। सरकारले किनेको पहिलो विद्युतीय गाडी नै बिवाइडी हो।
सरकारी कार्यालयमा विश्वास जित्दै गएपछि भने उनीहरूले विद्युतीय गाडीमा लाग्ने भन्सारबारे पनि लबिङ बढाए। सर्वसाधारणलाई सहज हुने भन्सार शुल्क निर्धारण नभएकै कारण जति धेरैमात्रामा प्रयोग हुनुपर्ने हो, त्यो नभएको यमुनाको अनुभव छ।
अहिले यति धेरै विद्युतीय गाडी नेपाल आइसक्दा त सरकारी निकायले बेलाबेला बखेडा निकालिरहेका छन् भने त्यो बेला त झनै समस्या थियो। नीतिगतदेखि सर्वसाधारणलाई विद्युतीय गाडीबारे बुझाउनै समय लागेको उनको अनुभव छ।
सरकारको अस्थिर नीतिकै कारण व्यवसायी र प्रयोगकर्ताले २०/२५ लाख रुपैयाँसम्म मूल्य तलमाथि हुने गरेको छ। जसका कारण सर्वसाधारणमा विद्युतीय गाडीप्रतिको चासो घटेको निष्कर्ष उनको छ।
विद्युतीय गाडी व्यापार गरिरहँदा उनीहरूलाई सहज भने पटक्कै थिएन।अहिले यति धेरै विद्युतीय गाडी नेपाल आइसक्दा त सरकारी निकायले बेलाबेला बखेडा निकालिरहेका छन् भने त्यो बेला त झनै समस्या थियो। नीतिगतदेखि सर्वसाधारणलाई विद्युतीय गाडीबारे बुझाउनै समय लागेको उनको अनुभव छ।
उनको अनुभवमा अहिले पनि सरकारी स्तरबाट विद्युतीय गाडीमा हेर्र्ने दृष्टिकोण बेलाबेला फरक हुने भएकाले भन्सार शुल्क फेरबदल भइरहेको हुन्छ। जसले ग्राहकलाई कुन बेला गाडीको भन्सार कति परिवर्तन हुन्छ भन्ने यकिन नै हुन सकेको छैन।
र, निर्धक्कसाथ गाडी खरिद गर्न सकेका छैनन्। त्यसैले एउटा सरकारले गरेको निर्णय अर्को सरकारले परिवर्तन होइन, निश्चित वर्षसम्म स्थिर गर्ने प्रतिबद्धता आउन आवश्यक रहेको उनको सुझाव दिन्छिन्।
हुन त गाडी व्यापार गर्नकै लागि डिजेल र पेट्रोल गाडी प्रशस्त थिए।
तर, नेपालमा मात्र नभई विश्वभरि नै विद्युतीय गाडीको राम्रो सम्भावना रहेको निष्कर्ष निकाल्दै जोखिम मोलेर लगानी विस्तार गरेको यमुना सुनाउँछिन्। सुरुदेखि नै सोलार बत्तीसँगै विद्युतीय ब्याट्रीको समेत व्यापार गरिरहेकाले उनको चासो पनि वैकल्पिक ऊर्जाप्रति नै बढेको थियो। बिवाइडीको पनि पहिलो व्यापार भने ब्याट्रीकै थियो।
यमुनाको परिवार नेपालमा लोडसेडिङ मुक्त भएपछि विद्युतीय सवारीसाधन प्रयोग हुन्छ भन्ने निष्कर्षमा पुगेको थियो। त्यो बेलासम्म चीनले विद्युतीय गाडी उत्पादन गरेर विश्वका अधिकांश मुलुकमा बिक्री सुरु गरिसकेको थियो। चीनमा त धेरै लामो समयदेखि विद्युतीय गाडी प्रयोग हुँदै आएको थियो।
विद्युतीय गाडी चलाउनमात्र होइन, लिथियम ब्याट्री सञ्चालनका लागि समेत आवश्यक नीति बनाउन धेरै संघर्ष गर्नुपरेको अनुभव उनीसगँ छ। सरकारी निकायसँग आवश्यक नीति नियम बनाउन पनि धेरै पहलसमेत त्यसबीचमा गरेपछि अहिले विद्युतीय गाडी र ब्याट्री सहज प्रयोग गर्न मिल्ने अवस्थामा आइपुगेको यमुना सुनाउँछिन्।
बिवाइडीसँग हाल न्यूनतम ३८ लाखदेखि ८९ लाख रुपैयाँसम्मका गाडी उपलब्ध छन्। अहिले बिवाइडीको मात्र कार्गो, साना र ठूला गरी ४ सय ५० भन्दा बढी गाडी नेपाली सडकमा गुडिरहेका छन्। अबको केही समयभित्रै जनकपुर र वीरगन्जमा पनि शोरुम राख्ने तयारी भइरहेको उनको भनाइ छ।
मुलुकमा अहिले विद्युतीय सवारीसाधन प्रयोगको लहर नै आएको छ भन्दा फरक नपर्ला। इन्धनको विकल्पमा वैकल्पिक ऊर्जालाई प्राथमिकता दिने भन्दै विद्युतीय सवारीसाधन प्रयोगलाई प्रमुख चासोसाथ लिँदै आइएको पाइन्छ।
नेपालमा त्यस अघिदेखि नै विद्युतीय सवारीसाधन प्रयोग हुने क्रम बढे पनि लहरै भने आइसकेको थिएन। पछिल्लो समय नेपाली बजारमा इन्धनभन्दा विद्युतीय गाडीको माग बढेको देखिन्छ।
बिवाइडीसँग हाल न्यूनतम ३८ लाखदेखि ८९ लाख रुपैयाँसम्मका गाडी उपलब्ध छन्। अहिले बिवाइडीको मात्र कार्गो, साना र ठूला गरी ४ सय ५० भन्दा बढी गाडी नेपाली सडकमा गुडिरहेका छन्। अबको केही समयभित्रै जनकपुर र वीरगन्जमा पनि शोरुम राख्ने तयारी भइरहेको उनको भनाइ छ।
उपभोक्ताले बुकिङ गरेको १५ देखि २० दिनभित्रै गाडी उपलब्ध गराउने योजनासमेत बनाइएको छ। गाडी किन्न नबिल, एभरेस्ट र कुमारी बैंकसँग सहकार्य गरिएको छ। योसँगै अन्य केही बैंकसँग पनि कर्जा सम्झौता अगाडि बढाइएको छ।
श्रेष्ठ आफ्नो बिजनेशमा मात्र सिमित नभएर विभिन्न राष्ट्रिय एवंम अन्तर्राष्ट्रिय सामाजिक संस्थामा समेत क्रियाशिल छिन्। उनि हाल नेपाल रसिया चेम्बर अफ कर्मशको कोषाध्यक्ष,अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) र नेपाल चाइना चेम्बर अफ कर्मशको बोर्ड सदस्य हुन्।
बिजनेश मार्फत मुलुकलाई टेवा पुर्याउन सफल भएको भन्दै उनलाई राष्ट्रपतिबाट विभुषित गर्ने घोषणा समेत भइसकेको छ।