काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीसहित ५२ म्यानपावर कम्पनीलाई एक वर्ष अघिनै ६ महिना कैद र १ लाख जरिवानाको निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन।
संघका अध्यक्ष भण्डारीलाई वैदेशिक रोजगार कसूरमा वैदेशिक रोजगार न्यायाधिकरणले दुबईस्थित रोजगारदाता कम्पनी 'टिम फर्निचर' को लट नं.९२३३३ बाट ११ जना कामदार पठाउन वैदेशिक रोजगार विभागबाट स्वीकृति प्राप्त गर्दा नक्कली कागजात पेश गरेको कसुरमा मुद्दा परेको थियो ।
भण्डारीसहित अन्य ५२ म्यानपावरलाई पनि एउटै प्रकृतिको सजाय सुनाएको थियो ।
सो मुद्दामा न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री र सदस्यहरु निशा बानियाँ र गोपीचन्द्र भट्टराईको इजलासले उनिहरुलाई दोषी ठहर गरेको हो। भण्डारी आबद्ध रहेको औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका भण्डारीलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो।
उक्त कागजात खडा गर्नका लागि प्रेस सञ्चालक महर्जनको समेत संलग्नता भएको ठहर गर्दै न्यायाधिकरणले उनीहरुलाई दोषी किटान गरेको हो । यही मुद्दामा प्रेस सञ्चालक सञ्चालक शेरबहादुर महर्जनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने न्यायाधिकरणको फैसला गरेको छ।
भण्डारीले सो मुद्धाको फैसलामा पुनरावेदन गरेको हुनाले मुद्धा विचारधिन अवस्थामा रहेकाले मुद्धा निस्कर्षमा नपुगेको दाबी गरेका छन् ।
'यहि फैसला अन्तिम होइन यसका लागि मसहित अन्य पुनरावेदनका लागि गएका छौं, त्यसमा बहस र फैसला हुन बाँकी छ,' उनले भने ।
यस्तो छ फैसलाको पूर्णपाठः