काठमाडौं। एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्नो छैटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न अफरहरु ल्याएको छ।
स्थापनाको छैटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको अवसरमा क्यापिटलले विभिन्न सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको हो। क्यापिटलले छैटौं वार्षिकोत्सवको अवसरमा क्यापिटलबाट प्रदान गर्ने लगानी व्यवस्थापन सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, निक्षेप सदस्य सेवा, सेयर रजिष्ट्रार सेवा र निष्कासन तथा बिक्री प्रबन्ध सेवामा छुट योजना ल्याएको छ।
लगानी व्यवस्थापन सेवाअन्तर्गत क्यापिटलले मात्र ६ रुपैयाँ लिई एक वर्षका लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त अफर योजना २०७९ साल चैत मसान्तसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ। क्यापिटलले वार्षिक उत्सवको अवसरमा निम्न अफर योजना सार्वजनिक गरेको छः
एनआईसी एसिया म्युचुअल फन्ड सेवा
क्यापिटले एनआइसी एसिया डाइनामिक डेप्ट फन्डुको सिस्टम्याटिक इन्भेस्टमेन्ट प्लानमा फागुन २२ देखि चैत मसान्तसम्म सहभागी हुने एकाइधनीहरुमध्ये ६ जनालाई ५ सय रुपैयाँ बराबरको क्यापिटलको तर्फबाट एसआइपी रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका एकाइधनीलाई एसआइपी बुस्टरको सुविधा उपलब्ध गराउने बताएको छ।
संस्थागत परामर्श
यस योजनामा क्यापिटलले संस्थागत परामर्श सेवा शुल्कमा ६ वटा व्यक्ति तथा संस्थालाई सेवा शुल्कमा ५० प्रतिशत छुट योजना ल्याएको छ ।
निक्षेप सदस्य सेवा
क्यापिटलले फागुन २२ देखि चैत मसान्तसम्म ९९९ लाइफटाइम डिम्याट योजनमा सहभागी हुने ग्राहकलाई ९ सय ९९ रुपैयाँ क्यासब्याक, १००० लाइफटाइम मेरो सेयर योजनामा सहभागीलाई १ हजार रुपैयाँ क्यासब्याक उपलब्ध गराउनेछ । यस्तै, बिओ टु बिओमार्फत एनआइसी एसिया क्यापिटलमा डिम्याट खाता ट्रान्सफर गर्दा निःशुल्क गरिदिने व्यवस्थासमेत मिलाइएको कम्पनीले जानकारी दिएको छ ।
सेयर रजिष्ट्रार सेवा
यस योजनमा क्यापिटलले चैत मसान्तभित्र सहभागी हुने कम्पनीहरुमध्ये एउटा कम्पनीलाई मात्र ६ रुपैयाँमा सेयर रजिष्ट्रारसम्बन्धी सेवा उपलब्ध गराउने छ ।
निष्कासन तथा बिक्री प्रबन्ध सेवा
क्यापिटलले चैत मसान्तभित्र आइपीओ तथा हकप्रद सेयर निष्कासनसम्बन्धी सेवा लिन चाहने कम्पनीहरुमध्ये ६ वटा कम्पनीलाई निष्कासन तथा बिक्री प्रबन्ध सेवा शुल्कमा विशेष छुट उपलब्ध गराउने जानकारी दिएको छ ।