काठमाडौं। होन्डा कार इन्डियाले आफ्नो लोकप्रिय सिटी कम्प्याक्ट सेडानको नयाँ भर्सन भारतमा सार्वजनिक गरेको छ।
२०२० पछि जापानी अटोमेकरले पहिलो प्रमुख फेसलिफ्टको प्रतिनिधित्व गर्दै कारको डिजाइन, फिचर र पावरट्रेनमा परिवर्तन गरेको छ। अब होन्डा सिटी २०२३ विभिन्न एसभी, भी, भीएक्स र जेडएक्स ट्रिमहरू सहित चार भेरियन्टहरूमा उपलब्ध हुनेछ।
होन्डा सिटीले मारुती, सुजुकी र सियाज जस्ता लोकप्रिय मोडलहरूका साथै २०२३ हुण्डाई भेर्नाको उच्च प्रत्याशित रिलिजसँगको प्रतिस्पर्धालाई मार्च २१ मा पुनः स्थापित गर्ने तयारी गरेको छ। यी प्रतिद्वन्द्वीहरूसँगै, सुधारिएको सिटीले प्रतिस्पर्धात्मक कम्प्याक्ट सेडान खण्डमा फक्सवान भर्ट्स र स्कोडा स्लाभियासँग पनि भिड्नेछ।
नयाँ जेनेरेसन होन्डा सिटी कारमा हाल बिक्री वितरण हुँदै आएको ५औं जेनेरेसन मोडलको तुलनामा धेरै बाहिरी परिवर्तन भएको छ। यसमा गाडीको अगाडि र पछाडिका बम्परमा पनि ट्विक गरिएको छ। यो कार यस अघि बिक्री वितरण हुँदै आएका मोडलको तुलनामा बोल्ड र आकर्षक डिजाइनको छ।
होन्डाले यसमा पाचौँ जेनेरेसन मोडलमा प्रयोग गरेको एलइडी हेडलाइट यूनिट यथावत राखेको छ। यो सेडान कारको प्रोफाइल केही हदसम्म अगाडिको मोडल कै समान देखिन्छ। त्यसैगरी, यसको इन्टेरियरमा भने हल्का परिवर्तन भएको छ।
यसको क्याबिनमा डुअल टोन थिम, ८ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पानारोमिक सनरुफ लगायतका फिचर्स पाउन सकिन्छ। होण्डाले यो कारमा भेन्टिलेटेड सिट, वायरलेस फोन चार्जर लगायतका सुविधा पनि प्रदान गरेका छन्।
नयाँ जेनेरेसन होण्डा सिटी अब भारतमा इमिसन स्ट्याण्डर्डका कारण डिजेल इन्जिन अप्सनमा नआउने भएको छ। अप्रिलदेखि लागू हुने भनिएको रियर ड्राइभिङ इमिसन स्ट्याण्डर्डका कारण यो गाडी अब पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुने बताइएको छ।
यसमा पुरानै मोडलमा प्रयोग भइरहेको १.५ लिटर पेट्रोल इन्जिनका साथ लन्च गर्ने सम्भावना छ । यो इन्जिनले १२१ हर्स पावर र १४५ पिक टर्क प्रदान गर्छ। यो इन्जिन ६ स्पीड म्यानुअलका साथै सीभीटी अटोमेटिक गियरबक्स युनिटसँग जोडिने छ।