काठमाडौं। स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोस्रो मोडल ‘रियलमी १०’ नेपाली बजारमा सार्वजनिक गरेको छ। बजारमा अहिले यो मूल्यमा उपलब्ध फोनहरूमध्ये यो मात्र यस्तो फोन हो जसमा मेडियाटेक हेलियो जी९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ। त्यसैले यसलाई कम्पनीले पावर किङको रुपमा प्रस्तुत गरेको छ।
रियलमी १० मा ९० हर्जको एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेट प्रयोग गरिएको छ। कर्निङ गोरिल्ला ग्लास ५ डिस्प्ले भएको यस रियलमी १० मा १००० निट्सको ब्राइट्नेस भएकाले दिउँसो पनि राम्रोसँग स्क्रिन देखिन्छ ।
योभन्दा अगाडिको मोडल रियलमी ९ मा भन्दा रियलमी १० मा रहेको प्रोसेसर (एसओसि) को पावर पर्फर्मेन्स ४० प्रतिशतले बढी छ जसले गर्दा फोन चलाउँदा ल्यागिङ कम र सिस्टम पर्फर्मेन्स स्मुथ हुन्छ ।
त्यस्तै यसमा रहेको सिक्स एनएम टेक्नोलोजीले गर्दा सिपियु पर्फर्मेन्स २५ प्रतिशतले, जिपियु पर्फर्मेन्स ७८ प्रतिशतले बढाउनुको साथै समग्र पावर खपत चाँही २० प्रतिशतले घटाएको छ। त्यस्तै यसको एनटुटु बेन्चमार्क स्कोर ४०००८४ रहेको छ जुन अहिले बजारमा उपलब्ध जी९९ पावर्ड स्मार्टफोनहरूमध्ये सबैभन्दा धेरै हो।
बजेट फोनमा उत्कृष्ट गेमिङ एक्स्पिरियन्स लिन चाहने उपभोक्ताहरूका लागि त यो फोन अत्यन्तै उपयुक्त रहेको कम्पनीको दाबी छ। यसमा ब्यालेन्स्ड मोडमा ४० एफपिएसमा पबजी खेल्न मिल्छ।
यसमा सिस्टम एक्स्पिरियन्सलाई अझै स्मुथ बनाउन यसमा ८ जिबीको र्याम र १२८ जिबीको रोम प्रदान गरिएको छ, जसमा ३२००० सम्म फोटोहरू स्टोर गर्न मिल्छ भने यसको स्टोरज अझै १ टिबीसम्म बढाउन मिल्छ ।
रियलमी १० मा ८ जिबी सम्मको भर्चुअल र्याम राखिएको छ, जसले गर्दा ¥यामको स्टोरेज १६ जिबीसम्म बढाउन मिल्छ। यसले गर्दा १८ वटासम्म एपहरू स्ट्यान्ड बाइ मोडमा चलाउन सकिन्छ जसले गर्दा प्रयोगकर्ताहरूले आफ्नो फेभरेट एपहरू स्मुथ तरिकाले न्याभिगेट गर्न सक्छन्। प्रयोगकर्ताहरूले सकेसम्म स्मुथ तरिकाले फोन चलाउन पाउन् भनेर यो फोनमा एजिङ प्रोसेस, रिपिटेड एप लन्च र फाइल लोडिङ टेस्ट जस्ता अन्य धेरै टेस्टहरू गरिएको छ ।
रियलमी १० मा ५००० एमएएचको शक्तिशाली ब्याट्री भएकाले गर्दा दिनभरी नै आरामसँग फोन चलाउन सकिन्छ भने ३३ वाटको फास्ट चार्जिङ रहेकोले २८ मिनेटमै ब्याट्री शून्य प्रतिशतबाट पचास प्रतिशतसम्म चार्ज हुन्छ । यो मोडल अहिलेसम्म रियलमीले निकालेको सबैभन्दा स्लिम सेट हो। त्यस्तै यसको वजन रहेको छ १७८ ग्राम छ। यस्तो हलुका भएकोले गर्दा दिनभरि गेम खेल्दा अथवा अन्य कुनै कामको लागि फोन प्रयोग गर्दा पनि हातमा दबाव महसुस नहुने कम्पनीले जनाएको छ। ।
रियलमी १० मा ५० एमपिको मुख्य क्यामरा र १६ एमपिको सेल्फी क्यामरा राखिएको छ। त्यस्तै यसको मुख्य क्यामरामा भएको ५० मिलियन पिक्सेलको सामसँग जेएन१ सेन्सरले गर्दा फोटोहरू असाध्यै उत्कृष्ट आउँछन्। त्यस्तै प्रो–लाइट टेक्नोलोजी युक्त नाइट मोडबाट धेरै नोइज हटाएर फोटो खिच्न सकिन्छ भने प्रोसेसर पर्फर्मेन्सले गर्दा सटर स्पिड पनि १२१ प्रतिशतले सुधारिएको छ ।
हाइ रेजोल्युसन सेल्फी क्यामरा र इन्ह्यान्स्ड नाइट शट युक्त यस रियलमीमा भएको स्ट्रिट फोटोग्राफी मोड २.० मा म्यानुअल्ली नै फोकस जोन कन्ट्रोल गर्न मिल्छ भने जुम इन र जुम आउट पनि आरामसँग गर्न मिल्छ ।
यो भन्दा अगाडिका मोडलहरूमा ३.५ एमएमको हेडफोन ज्याक र २०० प्रतिशत अल्ट्रा बुम स्पिकर राखिएको थियो जुन उपभोक्ताहरूले एकदमै मन पराएका थिए। त्यही कारणले रियलमी १० मा पनि यी दुईवटै फिचर समावेश गरिएका छन्।
अल्ट्रा बुम स्पिकर मार्फत उपभोक्ताहरूले पार्टी अथवा अन्य कुनै रमाइला पलहरूमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मजा लिन सक्नेछन्।
आकर्षक क्ल्यास ह्वाइट र रस ब्ल्याक रंगमा नेपाली बजारमा अहिले रियलमी १० को स्टोरेज ८ जिबी र्याम र १२८ जिबि रोम रहेको छ भने मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।