काठमाडौं। होलीको अवसरमा सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा कमर्सियल (व्यावसायिक) गाडीहरूका लागि मेगा होली क्याम्पको आयोजना गरेको छ।
बुधबार सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठले एक विशेष समारोहबीच उक्त कार्यक्रमको सुरु गरेका हुन्।
उनले ग्राहकवर्गको चाहना, आवश्यकता र हालको परिस्थितिलाई मध्यनजर गर्दै टाटा कमर्सियल गाडीहरूको सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने उद्देश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथमा टाटा जेन्युन पार्ट्स तथा टाटा जेन्युन आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गर्ने बताए। उक्त सुविधाको फाइदा उठाउन ग्राहकवर्गमा उनले अनुरोधसमेत गरेका छन्।
उक्त क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरूको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्युन पार्ट्समा १५ प्रतिशतदेखि २२ प्रतिशतसम्म छुट, टाटा जेन्युन आयलमा २५ प्रतिशत छुट, सर्भिस बुकिङ गरेर आउने गाडीहरूलाई लेवर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क वासिङ सुविधाको व्यवस्था गरिएको छ।
साथै कम्पनीले सहभागीहरूलाई अर्को पटकका लागि पनि सोही छुट सुविधा हुने सर्भिस छुट कुपन दिने र त्यसमध्ये तीन जना ग्राहकले स्मार्टफोन जित्ने अवसर प्रदान गर्ने भएको छ।
सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरूमा फागुन १७ गतेदेखि २१ गतेसम्म उक्त क्याम्प सञ्चालनमा रहनेछ । सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरूलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।