काठमाडौं। अपाचे ओनरस् ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको बिहीबारबाट सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले भने, ‘यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। पर्यटन प्रवद्र्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले यो कार्यक्रमलाई सहयोग गर्नेछ।’
परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सधैं सक्रिय रूपमा संलग्न रहने ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्याएको छ। २१ दिने लामो माक्र्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरू सहभागी छन्। पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गरेको यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।
मोटोसोल भारतकाबारे बोल्दै टिभिएस भारतका व्यापार प्रमुख विमल सुम्बलीले भने, ‘हामी विश्व भरिका लाखौं मोटरसाइकल पारखीहरूलाई एउटै साझा प्लेटफर्ममा देख्दा निकै हर्षित छौं । यो एउटा समुदाय मात्र होइन, लाखाैं युवाको प्रेरणाको स्राेतको जसले बाइकिङ, रेसिङ र यात्रा सुरक्षाकाकुराहरूद्वारा उनीहरू जोड्ने काम गर्छ ।’ उनले थपे, ‘म नेपालको सहभागिता देखेर खुसी छु।यो नेपाल र बंगलादेशको पहिलो अन्तर्राष्ट्रिय राइड हो र हामी मोटरसाइकलका परखीहरूलाई मोटोसोलमा स्वागत गर्न निकै उत्साहित छौं।’
काठमाडौंबाट रक्सौल हुँदै यो राइड गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसुर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट फेरि रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ।
राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जाने छन्। राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरूको पनि भ्रमण गर्ने छन् ।
यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरूका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरूको प्रदर्शनी गरिनेछ ।
अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरू सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ ।