काठमाडाैं। सिजी हाेल्डिङसले आफूले बिक्री गर्दै आएका सुजुकी ब्रान्डका विभिन्न मोडलमध्ये प्रिमियम सेगमेन्टका सवारीसाधनको बिक्री व्यवस्थापन गर्न सिजी नेक्स जेनको अवधारणा ल्याइएको छ।
सोही अवधारणाअन्तर्गत ग्राहकलाई विश्वस्तरिया सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ काठमाडौं नक्सालमा कम्पनीको आधिकारिक डिलरको रुपमा 'स्मार्ट सिरोजेनिक्स' लाई नियुक्त गरेकाे छ। सवारीसाधन खरिदकर्ता ग्राहकलाई सवारीसाधनको खरिदप्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै सिजी नेक्सजेन च्यानलको बेन्चमार्क पनि हो।
ग्राहकहरुलाई सहज र झन्झट मुक्त अनुभव प्रदान गर्न नयाँ शाेरुम डिजाइन गरिएको हो। सिजी नेक्सजेनमार्फत सुजुकी ब्रान्डका प्रिमियम गाडीहरु उपलब्ध हुनेछन् भने ग्राहकले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय पाउनेछन्।
नक्सालस्थित इस्टेट अफ द आर्ट शोरुमबाट ग्राहकले सुजुकीको ग्रान्ड भिटारा, एसक्रस, अर्टिगा, एक्सएल ६, डिजायर, इगनिस बलेनो जस्ता प्रिमियम गाडीहरू खरिद गर्न सक्ने कम्पनीले बताएको छ। शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सकाे सुविधा एउटै छानाबाट उपलब्ध गराइनेछ।
नक्सालस्थित स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सिजी हाेल्डिङसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरी र शिरोहिया ग्रुपका अध्यक्ष गोपालप्रसाद शिरोहियाले संयुक्त रुपमा गरे।
स्मार्ट सिरोजेनिक्सका निर्देशक, बिनोद शिरोहिया भने, 'सुजुकी नेपालकै सर्वाधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड हो। सुजुकीका कारहरू विश्वसनीय, दक्ष र उच्च परफोरमेन्स लागि परिचित छन्। हामीले आफ्नो यो शोरुम बाट सुजुकीका ग्राहकहरु लाई उत्कृष्ट सेवा प्रदान गर्नेछौं।'