काठमाडौं। नेपालको प्रतिष्ठित व्यावसायिक घरना आरएमसी ग्रुपले खाद्य उद्योग सञ्चालनमा ल्याएको छ। ग्रुपले सञ्चालनमा ल्याएको आरएमसी फुडले गत भदौदेखि खाद्य तेल उत्पादन थालेको हो।
उद्योगको स्थापना सन् २०२१ म स्थापना भएको हो। तीन दशकभन्दा बढी समयदेखि निर्माण व्यवसायमा संलग्न रहँदै आएकोमा ग्रुप पछिल्लो समय लगानी विविधीकरण गरेर खाद्य तेल उत्पादन थालेको हो ।
सञ्चालनमा आएको ५ महिनामा आरएमसी फुडले खाद्य तेल बेचेर ९४ करोड रुपैयाँ कारोबार गरेको छ। उद्योगको मार्जिन ४.२२ प्रतिशत मात्र छ। कच्चा वस्तुको भाउ वृद्धिले नाफामा असर गरेको उद्योगले जनाएको छ।
उद्योगले ३ अर्ब ४० करोड रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ। जसअनुसार ७१ करोड रुपैयाँ संस्थापकहरुले स्वपुँजी (इक्विटी) लगानी गरेका छन्।
सञ्चालनमा आएको ८० दिनको अवधिमा आरएमसी फुड ३२ प्रतिशत क्षमतामा सञ्चालन भएको छ। प्रारम्भिक चरणमा उद्योगले अत्याधुनिक पिएलसी प्रविधिबाट सोयाविन, सनफ्वालर र पाम आयलको प्रशोधन गरेको छ।
उद्योगको तेल प्रशोधन क्षमता वार्षिक ९० हजार टन छ। उद्योगले न्युट्रीप्लस ब्रान्डमा खाने तेलको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
उद्योग बाराको जितपुरमा रहेको छ। वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाहनजिक भएकाले भारतबाट कच्चा वस्तु आयातमा लागत बचत हुने देखिएको छ। सीमानजिक भएकाले निर्यात गर्न उद्योगलाई थप सहज भएको छ।
उद्योगले स्टिल पाइप, सिट र सिमेन्टलगायत निर्माण सामग्रीजन्य वस्तुको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ।
ग्रुपले राजेश मेटल क्राफ्ट, आरएमसी सिमेन्ट, पाल्पा सिमेन्टपछि आरएमसी फुड उद्योग सञ्चालनमा ल्याएको हो। आरएमसी फुडको सञ्चालकमा श्रवणकुमार अग्रवाल, राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवाल छन्।