काठमाडाैं। एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोषकुमार राठी तथा सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन्।
एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाकाे संस्थापक एनआइसी एसिया बैंककाे फागुन ५ गते शुक्रबार बसेको सञ्चालक समितिको ५९० औं बैठकले ५ गतेदेखि लागू हुने गरी राठी र भारीलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएको थियाे।
लघुवित्त वित्तीय संस्थाको फागुन ८ गते बसेको १६६औं सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मका लागि उनीहरूलाई नियुक्त गरेको हाे।
साथै, उक्त सञ्चालक समिति बैठकले संस्थाको व्यवस्थाबमोजिम सबै सञ्चालकहरूको सर्वसम्मतिमा सञ्चालक सन्तोष कुमार राठीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेकाे हाे। उक्त पदमा यस अघि सञ्चालकहरू कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एनआइसी एसिया बैंकबाट प्रतिनिधित्व गर्दै आइरहेकाे थिए।
नवनियुक्त सञ्चालक अध्यक्ष राठीले साेमबारदेखि प्रचलित कानून तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन्।
यस्तै सञ्चालक भारीले संस्थाका अध्यक्ष सन्तोषकुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन्। राठी र भारी हाल एनआइसी एसिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानुन अधिकृतमा कार्यरत छन्।
राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव छ भने भारीकाे कानुन तथा बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव छ। यस संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले १६६औं सञ्चालक समितिको बैठकमा उच्चतम बैंकिङ अनुभव प्राप्त व्यक्तिहरुलाई संस्थाको सञ्चालकका रूपमा स्वागत गरेका थिए।
उनले भने 'उनीहरुकाे अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्तीय संस्थाहरू माझमा अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाका रूपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाले विश्वास गरेकाे छ।'
विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोही अनुरूप कार्य गर्नेछ ।