एजेन्सी। प्रफुल्ल बिल्लोर अर्थात् एमबीए चियावालाले ९० लाख भारतीय रुपैयाँको नयाँ लग्जरी कार मर्सिडिज बेन्ज जिएलई ३००डी किनेका छन्।
भारतभर एमबिए चियावालाको नामबाट चिनिने प्रफुल्ल बिल्लरले ९० लाख भारुको कार किनेपछि हाल उनी निकै चर्चामा छन्। देशव्यापी चिया बेच्ने उनको एमबिए चियावालाको नामबाट देशभर १ सयभन्दा बढी आउटलेट छन्।
एमबिए गरेपछि चिया बेचबिखनसँग सम्बन्धित स्टार्टअप सुरु गरेका उनले हाल यति महँगो गाडी किन्न सफल भएका हुन्। प्रफुल्ल बिल्लरले हालै इन्स्टाग्राममा एक पोस्ट गरेका छन्, जसमा उनी आफ्नो परिवार र नयाँ कार मर्सिडिज बेन्ज जीएई ३००डीसँग देखिएका छन्।
उनले फोटोमा क्याप्सन लेखेका छन्, ‘भगवानको आशीर्वाद, परिवारको सहयोग, सबैको कडा परिश्रम र विश्वभरका मानिसहरूको माया र आशीर्वाद। आज मर्सिडिज बेन्ज जिएलई ३००डी नयाँ पाहुनाका रूपमा घरमा आयो। भगवानले सबैको कल्याण गरून्।’
प्रफुल्ल बिल्लरले सन् २०१७ मा मात्र ८ हजार रुपैयाँको लगानीमा एमबिए चियावाला भेन्चर सुरु गरे र ३ वर्षको संघर्षपछि २०२० मा भाइरल भए, जसले उनको जीवन नै परिवर्तन भयो। कडा परिश्रम र प्रसिद्धिले गर्दा आज उनको देशभर १ सयभन्दा बढी आउटलेट छन् र छिट्टै अमेरिकामा पनि आउटलेट खोल्ने योजनामा छन्।
प्रफुल्ल बिल्लरले किनेको नयाँ मर्सिडीज बेन्ज जीएलई ३००डी कारमा ३.० लिटर ६–सिलिन्डर इन्जिन अटाउँछ, जसले ४३५ पावर र ५२० न्यूटन मिटर पिकअप टर्न गर्छ।
यो कारमा ९ स्पिड अटोमेटिक ट्रान्समिसन छ र यसले ५.३ सेकेन्डमा ०–१०० किमी प्रतिघण्टाको गति दिन सक्छ। मर्सिडिज बेन्ज मर्सिडीज बेन्ज जीएलई ३००डीको टप स्पीड २५० किलोमिटर प्रतिघण्टा छ।