नेपाल इलेक्ट्रोनिक उपकरणमा परनिर्भर छ। सानो परिमाणमा इलेक्ट्रोनिक्स सामग्री उत्पादन गरिने भए पनि यसले नेपालमा व्यावसायिकता पाउन सकेको छैन। यहाँ केही कम्पनीले उत्पादनसँगै ‘एसेम्बल’ (जडान) गर्ने काम पनि गर्दै आएका छन्। तर, यो निकै न्यून हो। डिजिटल होम इन्टरनेसनल प्रालिले विभिन्न घरेलु इलेक्ट्रोनिक सामग्री एसेम्बल, उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारीमा चार वर्षदेखि केशवकान्त पौडेल छन्। उनी चार्टर्ड एकाउन्टेन्ट हुन्। भारत नयाँदिल्लीबाट चार्टर्ड एकाउटेन्सी अध्ययन गरेका उनले यसअघि अर्को कम्पनी डिसहोममा नौ वर्ष ‘चिफ अपरेटिङ अफिसर’ (सिओओ) भएर काम गरेका थिए।
त्यसपछि डिसहोमकै ग्रुपअन्तर्गत नयाँ अवधारणाका रूपमा डिजिटल होम इन्टरनेसनल सुरु गरे जसले हाल राम्रो ब्रान्डको उपमा पाइसकेको छ। यसैबीच नेपालमा इलेक्ट्रोनिक सामग्री प्रयोग, उत्पादन र एसेम्बलको अवस्था, डिजिटल कम्पनीको अवस्था र चुनौतीमा केन्द्रित रहेर सिइओ पौडेलसँग क्यापिटल नेपालका पदम भुजेलले गरेको कुराकानी:
डिजिटल होम इन्टरनेसनल कस्तो प्रकृतिको कम्पनी हो? यसले के–के काम गरिरहेको छ?
डिजिटल होम इन्टरनेसन कम्पनी विशेषगरी होम अप्लायन्स (घरेलु उपकरण) उत्पादन, बिक्री वितरण र एसेम्बलिङको काम गर्दैै आएको कम्पनी हो। हामी केही समय अघिसम्म सेटलबक्स मात्रै एसेम्बल गथ्र्यौं। यो टिभीको सेटलबक्स हो, जुन पहिले एनालग फर्मममा आउँथ्यो भने त्यसलाई डिजिटलमा परिवर्तन गर्न एउटा उपकरण चाहिन्छ, जसलाई सेटलबक्स भनिन्छ।
हामीले एक वर्षसम्म सेटलबक्सलाई मात्र एसेम्बल गर्ने काम गथ्र्याैं। त्यसपछि हामी सेटलबक्ससँगै इलेक्ट्रोनिक ब्रान्चमा पनि जान सक्छौं भन्ने हिसाबमा इलेक्ट्रोनिक अप्लायन्स सुरु गरेका हौं। इलेक्ट्रोनिक अप्लायन्समा टिभी, वासिङ मेसिन, रेफ्रिजिरेटर र कुलरलगायत पर्छन्।
लगभग एउटा घरमा आवश्यक सामग्री सबै हामीकहाँ छन्। अब हामीले आफ्ना फिचरमा केही थप गर्दैछौं, जसमा एसी (एयर कन्डिसनर), साना रेफ्रिजिरेटर थप्दैछौं। एउटा सानो पसल छ, जसलाई आइसक्रिम पनि बेच्नु छ र कोक पनि बेच्नु छ। आइसक्रिमलाई बढी रेफ्रिजिरेसन चाहिन्छ, तर कोकलाई भने त्यस्तो चाहिँदैन।
यसरी भिन्न किसिमका सामग्रीका लागि आवश्यकताअनुसार भिन्न किसिमका रेफ्रिजिरेटर पनि बेच्ने योजना छ। यी हाम्रा तत्काल आउने उपकरण हुन्। आगामी चार महिनाभित्र हाम्रोमा २५ देखि २६ वटासम्म वस्तुका उत्पादन हुनेछन्। हाल हामीसँग १९ वटा प्रडक्ट छन्।
लगभग एउटा घरमा आवश्यक सामग्री सबै हामीकहाँ छन्। अब हामीले आफ्ना फिचरमा केही थप गर्दैछौं, जसमा एसी (एयर कन्डिसनर), साना रेफ्रिजिरेटर थप्दैछौं। एउटा सानो पसल छ, जसलाई आइसक्रिम पनि बेच्नु छ र कोक पनि बेच्नु छ। आइसक्रिमलाई बढी रेफ्रिजिरेसन चाहिन्छ, तर कोकलाई भने त्यस्तो चाहिँदैन।
यो ग्रुपमा आबद्ध भएको कति भयो? यो कम्पनीको सुरुवाती अवधारणा के थियो?
म यस ग्रुपमा आबद्ध भएको चार वर्ष भयो। पहिला म डिसहोममा चिफ अपरेटिङ अफिसरका रूपमा काम गरिरहेको थिएँ। त्यहाँ मैले नौ वर्षसम्म काम गरेँ। त्यसपछि यो कम्पनी स्थापना भयो, जुन डिसहोमअन्तर्गतकै हिस्सा हो। डिसहोमका प्रमोटर र हाम्रा प्रमोटर एउटै छन्।
त्यहाँका स्टेक होल्डर र यहाँका स्टेक होल्डर एउटै हुन्। पहिला डिसहोम ग्राहकका घर–घरमा पुग्थ्यो। त्यो इन्टरनेटलगायत कुरामा ग्राहककोमा पुग्थ्यो। त्यसपछि हामीले इन्टरनेट तथा सञ्चारका साथ ग्राहकको घरघर पनि पुगौं भनेर यो कम्पनी सुरु गरेका हौं।
हाल तपाईंहरूसँग रहेका १९ वटा प्रडक्टमध्ये हाल कतिवटा एसेम्बल गर्नुहुन्छ र कतिवटा बाहिरबाट ल्याउनहुन्छ?
हाम्रो अल्टिमेट उद्देश्य भनेको नेपालमा उत्पादन गर्नसक्ने प्रडक्ट नेपालमा उत्पादन गर्ने हो। तर, सबै प्रडक्टमा त्यो सम्भव छैन। हाल हामीले गर्नसक्ने उत्पादनमा चिम्नी (बत्ति), कुलरलगायत छन्, जुन हामीले गरिरहेका छौं। त्यसपछि हामीले पंखा (फ्यान) को काम छिट्टै सुरु गर्दैछौं। यी उत्पादन हामीले हाम्रो उपलब्धतामा एसेम्बल र उत्पादनको काम गरिरहेका छौं। भविष्यमा हामीले अन्य प्रडक्ट पनि यसमा जोड्ने काम गर्दैछौं।
कम्पनीले कतिवटा वेयरहाउसबाट आपूर्तिको काम गरिरहेका छ? कम्पनीका आउटलेट काठमाडौं उपत्यकाभित्र कतिवटा छन्? उपत्यका बाहिर जाँदै हुनुहुन्छ?
हाम्रो कम्पनीको प्रडक्टमात्र छैन। हामीले सेवालाई पनि पहिलो प्राथमिकतामा राखेका छौं। हाम्रो प्रडक्टमा जति फोकस रहेको छ, त्यति नै फोकस सेवामा पनि छ। बिक्रीपछिको सेवा हाम्रो पहिलो प्राथमिकता हो।
हामीले हाम्रा सामग्री उत्पादन हुनुभन्दा पहिले त्यसको सेवा कसरी दिने भन्ने विषय अध्ययन गरेर सोहीअनुसार काम गरिरहेका छौं। अहिले हाम्रो काठमाडौंमा स्टोर छ। हाम्रो मुख्य वितरण काठमाडौंबाटै हुन्छ। यहाँ हामीले मुख्य दुई ठाउँमा स्टोर राखेका छौं। काठमाडौंबाहेक हामीले विभिन्न २४ स्थानबाट सर्भिस प्रोभाइड गर्ने काम गर्छौं।
हाम्रो मुख्य सर्भिस सेन्टर काठमाडौंमा छ। त्यस्तै हाल बिक्रीका लागि बजारमा ३ सयजति आउटलेट जोडिएका छन्। तर, यी हाम्रा आफ्नै आउलेट होइनन्, डिलरका हुन्। जसबाट हामीले बजारमा आफ्ना सामग्री बिक्री गर्ने काम गर्छौं। समग्रमा नेपालभरि हाम्रा २ सय ५० देखि ३ सयजति आउटलेट छन्।
हाल आफ्नै आउटलेटको योजना हामीसँग छैन, तर भविष्यमा उत्पादनको रेन्ज बढ्दै जाँदा र हाम्रो प्रतिबद्धता पुगेपछि काठमाडौंमा पनि आउटलेट स्थापना गर्ने छौं। तर, यसबारे हाल काम गरिसकेका छैनौं।
हामीले हाम्रा सामग्री उत्पादन हुनुभन्दा पहिले त्यसको सेवा कसरी दिने भन्ने विषय अध्ययन गरेर सोहीअनुसार काम गरिरहेका छौं। अहिले हाम्रो काठमाडौंमा स्टोर छ। हाम्रो मुख्य वितरण काठमाडौंबाटै हुन्छ। यहाँ हामीले मुख्य दुई ठाउँमा स्टोर राखेका छौं। काठमाडौंबाहेक हामीले विभिन्न २४ स्थानबाट सर्भिस प्रोभाइड गर्ने काम गर्छौं।
बजारमा तपाईंहरू पछिल्लो चरणमा प्रवेश गर्नुभएको छ। यहीसम्बन्धी काम गर्ने पुराना र स्थापित कम्पनीसँग प्रतिस्पर्धा गर्दै कसरी अगाडि बढ्नुहुन्छ?
घरायसी प्रयोगका लागि आवश्यक इलेक्ट्रोनिक उत्पादन हामीले लामो समय टिकोस् भनेर किन्ने गरेका छौं। यसको ढाँचा हेर्दा पनि लगभग १० देखि १२ वर्षसम्म प्रयोग गर्छु भनेर ग्राहकले किनेको देखिन्छ। त्यस्ता वस्तुमा गुणस्तर भएन भने ग्राहकले सोचेअनुरूप टिकाउ हुँदैन।
त्यस्तै विभिन्न समयमा इलेक्ट्रोनिक सामानमा समस्या आउने गरेका छन्। सबैमा नआए पनि कुनै–कुनैमा प्रयोग गर्ने बित्तिकै समस्या आउनसक्छ। त्यसैले यस्ता किसिमका वस्तुलाई हामीले समयमै ठिक बनाउन देशभरि सर्भिस सेन्टर र सर्भिस नेटवर्क स्थापना गर्दैछौं।
हो बजारमा पुराना कम्पनी र व्यवसायी पनि छन् भने हामी जस्ता नयाँ पनि छौं। तर, पुराना र अन्य कम्पनीको तुलनामा हाम्रोमा के फरक छ भने हामीले गुणस्तरमा कहिले कन्जुस्याइँ गर्दैनौं। त्यस्तै बिक्री गरेपछि सेवा दिने कुरालाई हामीले सबैभन्दा बढी प्राथमिकतामा राखेका छौं। हाम्रा सामग्री एकपटक लिएपछि ढुक्क भएर प्रयोग गर्न सकिने गुणस्तरका छन्। हाल बजारमा हेर्ने हो भने सीमितमात्र उपकरण बेच्ने र त्यसपछि बिर्सिने गरेको पाइन्छ।
तर हाम्रोमा सामग्री किनेपछि एउटा अवधिसम्म ढुक्क भएर चलाउन सकिन्छ र त्यसको एक अवधि नसकिएसम्म हामीले त्यो सामग्रीमा सर्भ गर्न सक्छौं भन्ने मनसायले यो काम सुरु गरेका हौं। हाल यो व्यवहारमा पनि देखिरहेकै छ।
हाल हामीले जुन किसिमले सेवा प्रदान गरिरहेका छौं, जसरी हामीले आफ्नो प्रतिबद्धतालाई प्राथमिकतामा राखेका छौं, जुन हिसाबले डिलरले हामीलाई विश्वास गरेका छन्, ग्राहकले जसरी विश्वास गरिरहेका छन्, यसले हामी र अन्यबीचमा फरकपन भएको कुरा देखाउँछ।
हामीले चालू आर्थिक वर्षको आधा समय बिताइसकेका छौं। बैंकहरूबाट ठूलो परिमाणमा ऋण गइराखेको छैन। हालको आर्थिक अवस्थाले बजार परिवर्तन भएको छ। अहिले आफ्ना सामग्री बजार लगेर बिक्री वितरण गर्न र बजारीकरण गर्न के कस्ता चुनौती छन्?
विश्वका अन्य देशसँग तुलना गर्ने हो भने नेपाल होम अप्लायन्स प्रयोग, इलेक्ट्रोनिक सामग्री प्रयोगमा निकै पछाडि छ। विद्युतीय उपकरण प्रयोग गर्ने, त्यसलाई उपयोगमा ल्याउने अवधारणा हाम्रोमा अझै सुरु भएको छैन। अझै पनि हेर्ने हो भने हाम्रा गाउँघरमा दाउराबाट नै खाना पकाउने चलन छ।
गाउँमा बिजुली पुगेको छ, जसले विद्युतीय सामग्री प्रयोगलाई थप बढाउँछ। आर्थिक गतिविधि बढ्दै जाँदा हामीले वासिङ मेसिनबाट कपडा धोयौं भने त्यो समयमा आर्थिक उपार्जनका अन्य काम गर्न सक्छौं। राइस कुकरमा खाना बनाएको खण्डमा बसिरहनुपरेन, हिटरको प्रयोग गर्दा हामीले दाउरा खोज्न जानुपर्दैन।
यसरी हेर्दा हाल बिजुलीको उपलब्धता बढ्दैछ। अहिले ९० प्रतिशतभन्दा बढी घरमा बिजुली पुगेको छ। केही समय अघिसम्म विद्युतीय सामग्री प्रयोग गर्न हाम्रोमा बिजुली थिएन। तर, आज बिजुली पर्याप्त छ। यसरी हेर्दा देशको अर्थतन्त्रको अवस्था बढ्दै जाँदा मानिसको आवश्यकता पनि बढ्दै जान्छ।
त्यसकारण यसको प्रयोग पछि गएर पक्कै बढ्छ। विकसित देशमा हेर्दा हाम्रोभन्दा कैयौं गुणा बढी प्रयोग गरिसकेका छन्।
यसको अर्थ नेपालमा विद्युतीय सामग्री प्रयोग गर्ने कार्य निरन्तर बढ्दै जान्छ भन्ने हो। साथै, बैंकिङ र अर्थतन्त्रको अवस्थाको कुरा गर्दा हाल तरलताको कमी छ। तर, यो भनेको क्षणिक हो। केही समयपछि यो स्वतः हटेर जान्छ।
यो बढ्ने र घट्ने क्रम जारी रहन्छ। बिस्तारै बैंकको ब्याजदरमा सुधार आयो भने त्यसले यस्ता वस्तु प्रयोगमा सकारात्मक प्रभाव नपार्ने भन्ने कुरा हुँदैन। अहिले बैंकको तरलतामा सुधार आएको छ भने रेमिट्यान्सको दर पनि बढिरहेको छ। यसरी लामो समयसम्म चल्ने भएकाले ठूलो र दीर्घकालीन असर गर्दैन तर क्षणिक असर भने यी कुराले गर्छ।
यसको प्रयोग पछि गएर पक्कै बढ्छ। विकसित देशमा हेर्दा हाम्रोभन्दा कैयौं गुणा बढी प्रयोग गरिसकेका छन्। यसको अर्थ नेपालमा विद्युतीय सामग्री प्रयोग गर्ने कार्य निरन्तर बढ्दै जान्छ भन्ने हो। साथै, बैंकिङ र अर्थतन्त्रको अवस्थाको कुरा गर्दा हाल तरलताको कमी छ। तर, यो भनेको क्षणिक हो। केही समयपछि यो स्वतः हटेर जान्छ।
तत्कालका नयाँ योजना के छन्? तपाईंका कम्पनीका सामान ग्राहकले प्रत्यक्ष खरिद गर्न चाहे के कस्तो सुविधाको व्यवस्था छ?
हाल हामीले अनलाइनबाट बिक्री गर्ने काम गर्छौं। त्यस्तै हाम्रा डिलर आउटलेटबाट पनि बेचिरहेका छौं। अन्य आधुनिक कुरामा भने हामी गएका छैनौं। बिस्तारै त्यतातर्फ जाने योजना छ। एसेम्बलको विषयमा कुरा गर्दा पाँचदेखि ६ वटा वस्तु एसेम्बल गर्छौं।
यीबाहेक नेपालमा भविष्यमा कमर्सियल हिसाबले अघि बढ्ने योजना बनाइरहेका छौं। हामीले ताइवानको एक कम्पनीसँग हाल प्राविधिक सहकार्य गरिरहेका छौं। हाम्रो देशको अवस्था हेर्दा हामी प्रविधिमा निकै पछाडि छौं। हामीसँग त्यो खालको प्राविधिक ज्ञान भएको जनशक्ति पाउन गाह्रो छ।
त्यसो भएपछि हामीले आफूसँग नभए पनि काम गर्न पर्छ भनेर १४/१५ देशका आइटी, अप्लायन्ससम्बन्धी धेरै कुरामा काम गर्ने कम्पनीसँग सहकार्य गरेका हौं। उताको ज्ञान हाम्रोमा ट्रान्सफर गर्ने हिसाबमा सहकार्य गरेका छौं। सहकार्यको मुख्य उद्देश्य भनेको नेपालमा प्रविधि भित्र्याउने हो।
प्रविधिको विकास बढाउँदै इलेक्ट्रोनिक गाडीका चार्जर बनाउने काम गर्ने योजना बनाएका छौं। होम अलाजयन्सका काम यहीँ गर्ने उद्देश्यले काम गरिरहेका छौं। हामी नेपालमा उच्च गुणस्तरका वस्तु बनाएर बिक्री वितरण गर्ने योजना र उद्देश्यसाथ काम गरिरहेका छौं।
नेपालमा हाल तपाईंहरूले जुनस्तरको बजार बनाउनुभएको छ, यो अवस्थामा आउन कति र कस्ता चुनौती सामना गर्नुभयो? जुन सोचसाथ काम गर्ने योजना थियो, त्यहीअनुसार सहज भयो?
केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले यसको थालनी गरेका हौं, तर नेपालमा त्यति सजिलो छैन। यस क्षेत्रमा काम गर्न हामीलाई आवश्यक पर्ने जनशक्ति जुटाउन कठिन छ। अन्य विषयमा खासै समस्या नदेखिए पनि प्राविधिक ज्ञान भएका मानिस नेपालमा पाइँदैनन्।
किनभने, हामीले कहिल्यै यो आवश्यकता महसुस नै गरेनौं। नेपालका संघसंस्था, प्राविधिक विद्यालय, विश्वविद्यालयहरूले त्यो हिसाबले पढाएको जस्तो मलाई लाग्दैन। मेरो अनुभवले पनि यही भन्छ। त्यस्तै नेपाल भूपरिवेष्ठित राष्ट्र हो। कतिपय सामग्री ताइवान, कोरिया वा चीनमा हुन्छ। ती सामग्री ल्याएर हाम्रो स्थानीयस्तरमा के गर्न सकिन्छ भनेर हामीले काम गुर्नुपर्ने हुन्छ।
यसरी प्राविधिक बाहिरबाट मगाउनुपर्ने, प्रविधि उपलब्धता नहुने र यहाँ बनाउन नसकिने मुख्य सामग्री ल्याउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ। यसरी भुपरिवेष्ठितताका कारण सामग्री ल्याउँदा विकसित देशभन्दा महँगो पर्ने र बढी मिहिनेत गर्नुपर्ने हुन्छ। महँगो र अप्ठेराबीच हामीले चिनियाँ, कोरियालीसँग बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। अझै पनि नेपालमा उपयुक्त वातावरण निर्माण गर्न सकेनौं भने प्रविधिको क्षेत्रमा हामीले फड्को मार्न सक्दैनौं।
अब पनि काम गर्न नसकेको खण्डमा हामीले सधैं हालको जस्तो परनिर्भतामा बस्नुपर्ने हुन्छ। हाम्रो अन्तर्राष्ट्रिय टे«डमा ९४ प्रतिशत आयातर ६ प्रतिशत निर्यातको हिस्सा छ। यसरी हेर्दा हामी अरूले दियो भने खाने, नभए केही पनि नहुने वातावरण रहिरहन्छ।
हाम्रो परनिर्भताको खाडल झन् ठूलो बन्दै जान्छ। यस कारणले पनि हामीले नेपालमै उद्योगको विकास गर्न आवश्यक छ। आवश्यक रहेको कुरा सबैले बुझेका पनि छन् तर कार्यान्वयन गर्न भने बाँकी छ।
प्राविधिक बाहिरबाट मगाउनुपर्ने, प्रविधि उपलब्धता नहुने र यहाँ बनाउन नसकिने मुख्य सामग्री ल्याउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ। यसरी भुपरिवेष्ठितताका कारण सामग्री ल्याउँदा विकसित देशभन्दा महँगो पर्ने र बढी मिहिनेत गर्नुपर्ने हुन्छ। महँगो र अप्ठेराबीच हामीले चिनियाँ, कोरियालीसँग बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। अझै पनि नेपालमा उपयुक्त वातावरण निर्माण गर्न सकेनौं भने प्रविधिको क्षेत्रमा हामीले फड्को मार्न सक्दैनौं।
नेपाली प्रयोगकर्तासम्म इलेक्ट्रोनिक सामग्री पु¥याउन र उनीहरूलाई प्रयोगका लागि उत्प्रेरित गर्न कत्तिको सहज वा कठिनाइ छ?
यस्ता सामग्री प्रयोग सबैलाई गर्न मन लाग्छ। हातले भन्दा वासिङ मेसिनले कपडा धुन्छु भन्न सबैलाई मन लाग्छ र सजिलो छ। नेपाली समाजलाई हेर्दा प्रविधि प्रयोगमा यो निकै खुला रहेको जस्तो मलाई लाग्छ। तर, हामीसँग प्रयोग गर्न मन लाग्ने मानिस बढी भए पनि खरिद गर्न सक्ने क्षमता भने कमजोर छ। एउटा मुख्य समस्याका रूपमा नागरिकको आर्थिक अवस्था रहेको मलाई लाग्छ।
हाम्रो प्रयोग गर्ने उत्साहमा समस्या देखिँदैन तर प्रयोग गर्न सक्ने आर्थिक अवस्थामा भने म समस्या देख्छु। यदि नेपालको आर्थिक अवस्था राम्रो भएको भए हाल प्रयोग गर्ने विद्युतीय सामग्रीको तुलनामा झन् धेरै मानिसले प्रयोग गर्थे। यसमा कुनै शंका छैन। तर, नेपालका अधिकांशको आर्थिक अवस्था निकै कमजोर छ, जसका कारण विद्युतीय उपकरण खरिद गर्न नसक्ने अवस्था छ।
प्रविधि र विद्युतीय सामग्री उत्पादन गर्न सरकारले कस्तो सहयोग गर्नुपर्छ जस्तो लाग्छ?
पाँच वर्षअघिसम्म दिनमा १६ घन्टासम्म लोडसेडिङ बेहोर्नुपर्ने बाध्यता थियो। तर, हाल बिजुलीमा निकै विकास भएको छ। विद्युतीय सामग्रीका लागि आवश्यक पर्ने पहिलो विषय बिजुलीको नेपालमा राम्रो व्यवस्था हुँदै गएको छ। बिजुलीको व्यवस्था भएपछि यसका लागि आवश्यक महत्वपूर्ण पूर्वाधार तयार भएको छ। विद्युतीय सामग्री उपलब्धता, प्रयोग गर्ने इच्छामा पनि समस्या छैन। अब यसका लागि हाम्रो आर्थिक अवस्था सुधार हुँदै जानुपर्छ।
हामी विद्युतीय प्रविधिमा हालसम्म परनिर्भर छौं। हामीले बाहिरी देशबाट आयात गरेको सामान ल्याउँछौं। त्यसपछि चलेसम्म चलाउँछौं, समस्या आए फ्याँक्छौं र पुनः अर्को ल्याउने काम गर्छौं।
यसलाई सुधार गर्न हाम्रो देशमा उत्पादन हुने तुलनात्मक लाभका वस्तु स्थानीयरूपमा उत्पादन गर्नुपर्छ। त्यस्ता खालका वस्तु पहिचान गरेर हामीले यहाँ उद्योग स्थापना गर्ने, उद्योगका समस्या कम गर्ने, सरकारी क्षेत्रमा रहेका झन्झट कम गर्नेलगायत काम गर्नु आवश्यक छ। यी विषयमा सरकारले तत्काल सोच्न आवश्यक छ।
नेपालमै यस्ता प्रविधि उत्पादन गर्न सरकारी नीतिमा नै यस्तो किसिमको व्यवस्था हुनुपर्छ वा यस्तो गर्नुपर्छ भन्ने केही सुझाव छन्?
नेपालको सरकारी संयन्त्र भनेको एकदमै झन्झटिलो र कसरी काममा बाधा पु¥याउने भन्ने किसिमको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी अनुदान दिनेभन्दा सहज वातावरण बनाउन आवश्यक छ। स्थानीय उत्पादनमा प्रयोग हुने सामग्री आयातमा हुने भन्सारमा अन्य वस्तुको तुलनामा छुट हुनुपर्छ।
ब्याजदर बढी हुनुभएन। यस्तो भएको खण्डमा ग्राहकले पनि यस्ता सामग्री प्रयोग सस्तो दरमा गर्न पाउँछन्। सामग्री ल्याएर भन्सारमा तीन दिन राख्नुपर्ने, चर्को शुल्क तिर्नुपर्ने लगायत विषयहरु सुधार गर्न आवश्यक छ। यसको विकासका लागि हाम्रो सोचाइ नै परिवर्तन हुन जरुरी छ।
ब्याजदर बढी हुनुभएन। यस्तो भएको खण्डमा ग्राहकले पनि यस्ता सामग्री प्रयोग सस्तो दरमा गर्न पाउँछन्। सामग्री ल्याएर भन्सारमा तीन दिन राख्नुपर्ने, चर्को शुल्क तिर्नुपर्ने लगायत विषयहरु सुधार गर्न आवश्यक छ। यसको विकासका लागि हाम्रो सोचाइ नै परिवर्तन हुन जरुरी छ।
आफ्नो स्टार्टअप गर्छु भनेर सोच्ने युवा देशमा ठूलो मात्रामा छन्। ती युवालाई के सुझाव दिन चाहनुहुन्छ?
नेपालमा अन्य देशको तुलनामा उद्योग स्थापना गरेर उत्पादन गर्न दुई किसिमका चुनौती छन्। भारतमा वा चीनमा भएका कम्पनीले एउटा नयाँ केही काम ग¥यो भने १ अर्ब ३० करोडभन्दा बढी मानिसमा पुग्न सक्छ।
तर, नेपालमा भने यो ३ करोडमा मात्र पुग्दछ। भनेपछि यो कुरा पनि हाम्रो चुनौतीको विषय हो। अर्को कुरा, हाम्रोमा प्रविधिको चुनौती कायम छ। यदि तपाईं कुनै टेक्नोलोजी प्रयोग गर्दै हुनुहन्छ भने त्यसको सहायक सामग्री पाउन कठिन छ।
हाम्रोमा उद्योग, प्रविधि, कलकारखानाको काम भएको छैन। इनोभेटिभ प्रडक्ट ल्याएको खण्डमा र समस्या समाधान गर्ने प्रविधिको विकास भएको खण्डमा त्यो त्यति नै मात्रामा सफल हुने देखिन्छ।
यसले गर्दा नेपालमा यस्ता सामग्री उत्पादन गर्न कठिन छ, तर त्यो कठिनालाई चुनौती दिएर अगाडि बढ्न सकेको खण्डमा त्यसले दिने प्रतिफलमा भने कम्पनी र व्यक्तिलाई फाइदा पुग्न सक्छ। अहिले हामीले यो क्षेत्रमा लगानी गर्न सकेको खण्डमा राम्रो सम्भावना छ। नयाँ मानिस यो क्षेत्रमा आउँदा, नयाँ–नयाँ कम्पनी स्थापना हुँदा यो क्षेत्रको विकासमा झनै राम्रो हुन्छ।
सूचना प्रविधि उत्पादन र विकासमा नेपालको वास्ताविक अवस्था कस्तो छ? हामीले यस क्षेत्रमा के गर्न आवश्यक छ?
हाम्रो देश प्रविधि प्रयोगमा निकै पछाडि रहेको कुरा अघि पनि उल्लेख गरिसकेको छु। यसका विभिन्न कारण छन्। भूपरिवेष्ठित भएका कारण तुलनात्मकरूपमा पाउनुपर्ने लाभ हामीले कम पाउँछौं। हाम्रोमा प्रविधि छैन र सक्षम जनशक्ति अभाव पनि छ। यसरी हामीले हाम्रो संरचनागत समस्या सुधार गर्ने, हाम्रो स्थानीय जनशक्ति प्रयोग गर्ने काम गरेको खण्डमा बाहिरका सामग्रीमात्र प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुने देखिन्छ।
हामीले यस क्षेत्रको विकासका लागि उद्योगको विकास गर्न आवश्यक छ। २०५०/५१ मा हाम्रोमा उद्योगको योगदान कूल गार्हस्थ उत्पादन (जिडिपी) मा १३ देखि १४ प्रतिशत थियो। अहिले उद्योगको योगदान पाँच प्रतिशतमा झरेको छ। यसरी हेर्दा हाम्रोमा उद्योगको योगदान घट्दै गएको छ।
यही कारण हामीले सम्पूर्ण कुरा आयात गरेर खाइरहेका छौं। हामी कृषिप्रधान देश भएर धान, गहुँसमेत ठूलो मात्रामा बाहिरबाट ल्याउँछौं। यसको अन्त्य हुनुप¥यो। अन्य चुनौती धेरै छन् तर हामीजस्ता अन्य हजारौं कम्पनी यस क्षेत्रमा आउन आवश्यक छ। तबमात्र उद्योगको योगदान बढेर जान्छ।
हाल हामी मानिस विदेश पठाउँछौं, उनीहरूबाट रेमिट्यान्स ल्याउँछौं र त्यो रेमिट्यान्सले अन्य देशले उत्पादन गरेका सामग्री किन्छौं। त्यही किन्दा आउने राजस्वमा सरकार दंग परेको छ। यसर्थ यो सिंगो प्रणाली नै परिवर्तन गर्न आवश्यक छ। हामीले हाम्रातर्फबाट प्रयास गरिरहेका छौं, सरकारले पनि सोही हिसाबमा काम गर्न आवश्यक छ।