काठमाडौ। भारतको वरेबल ब्रान्ड बोटले नेपाल पोर्ट्फोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरीअन्तर्गत केही उत्पादनहरु थपेकाे छ।
नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै कम्पनीले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ। बाेट एक्सटेन्ड प्राे बलियो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको एएमाेएलइडी डिस्प्ले र ३० मिनेटको एसएप फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीका साथ आउँछ।
एक्सटेन्ड प्राे ब्लुटुथ कलिङलाई इन-बिल्ट स्पिकर साथ आउँछ। यसमा एक डायल प्याड छ। यस स्मार्टवाचबाट १० वटा सम्पर्कलाई सेभ गर्न र कल गर्न सकिन्छ।
यो स्मार्टवाच उच्चस्तारिय जीवनशैलीका लागि बनाइएको छ र यसमा ७००+ एक्टिभ मोडहरू छन्। वास्तविक-समयमा हृदय गति ट्र्याकिङ, सटिक एसपिओ२ अनगुमन, र धेरै वाच फेसहरू र थिमहरूलाई समर्थन गर्दछ। आइपी६८ डस्ट र वाटर रेसिस्टेन्सका साथ एक्सटेन्ड प्राे धुलो र पानीको छर्राप्रति अत्यधिक प्रतिरोधी छ।
१.६९ इन्चको एचडि कर्भ डिस्प्ले भएको यस बाेट वभ कलमा ब्लुटुथ कल गर्न सकिन्छ। १० दिनसम्मको ब्याट्री ब्याकअप भएको यस स्मार्टवाचमा एसपिओ२ र मुटुको धड्कन पनि ट्रयाक गर्न सकिनुको साथै हाइड्रेसन अलर्ट पनि छ।
त्यस्तै यसमा १० जनासम्मको कन्ट्याक्तहरु पनि सेभ गर्न मिल्छ। हरेक पहिरनसँग मिल्ने बाेट वभ कल १००+ वाच फेसका साथ आएको छ।
एक्टिभ नोइज क्यान्सलेसन युक्त एयरडाेप्स ४११ एएनसीले २५ डिबीसम्मको बाहिरको वातावरणीय हल्लाहरुलाई शान्त गर्न सक्छ। २ इएनएक्स इनेबल्ड माइकहरु भएका एयरडाेप्स ४११ एएनसीले क्रिस्टल क्लियर कलिङ एक्स्पिरियन्स प्रदान गर्छ।
१७.५ घण्टासम्मको प्लेब्याक टाइम भएको यस डिभाइसमा बोट सिग्नेचरयुक्त १० एमएमको ड्राइभरहरु पनि राखिएको छ।
त्यस्तै बोट एक साप चार्जमार्फत १० मिनेट मात्र चार्ज गर्दा पनि एक घण्टासम्म चलाऊन सकिन्छ। यी नयाँ स्मार्टवाचहरू बाहेक, नेपालका लागि बोटको नयाँ लाइनअपमा रकर्ज २३५ भी२ (नेकब्यान्ड), एयरडाेप्स १३८, १४१, १६१ र एयरडाेप्स १८१ पनि समावेश छन।
बोट सिग्नेचर साउन्डसहित उपलब्ध यी उत्पादनहरुको बिल्ड क्वालिटी पनि अत्यन्त उत्कृष्ट त छन नै साथै यीनीहरुको मूल्य पनि सुपथ रहेको छ।
टेलिटकका कार्यकारी निर्देशक प्रतिक जलानले भने, 'हामीले नेपाली बजारमा बोटका उत्पादनहरुको लागि उच्च माग देखेका छौं। त्यसैले हामीले एक्टिभ नोइज क्यान्सलेसनयुक्त हियरेबल एक्सेसरिज र ब्लुटथ कलिङयुक्त बोट स्मार्टवाचहरु नेपालमा ल्याएका छौं। अहिले बजारमा सबै भन्दा लोकप्रिय ब्रान्ड नै बोट रहेको छ र हामीलाई आसा छ यी नयाँँ उत्पादनहरुले पक्कै पनि बजारमा एउटा नयाँँ माइल्स्टोनहरु सेट गर्नेछन्।'
बोटको नयाँ उत्पादन हियरेबल र वेरेबलहरु नेपालभरका सबै रिटेल स्टोरहरूमा उपलब्ध छन् जसकाे मूल्य यस्ताे छ।
1. BoAt Xtend Pro: MRP 7,499/-
2. BoAt Wave कल: MRP 4,999/-
3. Airdopes 411 ANC: MRP 5,299/-
4. Rockerz 235 V2 (Neckband): MRP 2,599/-
5. Airdopes 138: MRP 2,999/-
6. Airdopes 141: MRP 2,999/-
7. Airdopes 161: MRP 2,899/-
8. Airdopes 181: MRP 3,099/-__