काठमाडौं। नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनबिसिसिआई)द्वारा यस संस्थाका का अध्यक्ष अखिलकुमार चापागाईंको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल फागुन ४ गते बिहीबारदेखि १२ गते शुक्रबारसम्म ब्राजिल भ्रमणमा रहने घोषणा गरेको छ ।
१९ सदस्यको टोली, नेपाल र ब्राजिलबिचको व्यापारिक सम्बन्ध अझै थप उचाइमा पुर्याउनका लागी ब्राजिलका सहर साओ पाउलो र रियो दि जेनेरियोको भ्रमणमा रहनेछन् । साथै उक्त अवसरमा एक विशेष समारोहको आयोजना गरी ब्राजिलियन राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले सम्पूर्ण टोलीलाई बिदाइ गरेका थिए।
उमेश रायमाझी र संयोजक नीरज तिमिल्सिनाको अगुवाइले भ्रमणलाई थप फलदायी बनाउने विश्वास गरिएको छ । प्रतिनिधिमण्डलमा नेपालका व्यापारी प्रतिनिधिहरू; विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईं, लवराम दाहाल, माधव गिरी, प्रभु शमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दंगााल, सुधीरकुमार शर्मा, सुशील कडरिया, विजयकुमार चौधरी, निर्मल राज पौडेलको सहभागिता रहेको छ ।
भ्रमणको क्रममा, ब्राजिलका व्यापारी प्रतिनिधिहरू तथा फेकमर्सियाे र ब्राजिलियन एसोसिएसन अफ होटेल इन्डस्ट्रिज– एबिआइएचका उद्यमीहरूसँग भेटका साथै नेपाल र ब्राजिलबीचको व्यापार अवसरहरू खोज्न नेपाली टोली ब्राजिलका प्रमुख कम्पनीहरूको भ्रमण गर्नेछन् ।
एन बिसिसिआई नेपाल र ब्राजिलबिचको व्यापार, लगानी र सहकार्यलाई प्रवर्द्धन गर्न स्थापना गरिएको गैरलाभकारी संस्था हो । प्रतिनिधिमण्डल नेपालबाट ब्राजिलको तेस्रो भ्रमण हुने र यसले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।