काठमाडौं। थ्री–जी र फोर–जी प्रविधिको उपभोगलाई लिएर सामान्य अध्ययनसमेत नगरी नेपाल दूरसञ्चार प्राधिकरणले सरकार स्वामित्वको नेपाल टेलिकमलाई फाइभ–जी परीक्षण गराउन बाध्य बनाएको छ।
थ्री–जीले नेपालमा कसरी काम गर्यो? फोर–जीको युटिलाइजेसन कति भयो? हुनुपर्ने कति थियो? भन्ने विषयमा अध्ययन र समीक्षा नगरी टेलिकमलाई फाइभ–जी परीक्षण गर्न दिँदा टेलिकममाथि आर्थिक तथा प्राविधिक बोझ मात्रै थप्ने सम्बद्ध विज्ञहरूको भनाइ छ।
नेपालमा थ्री–जी प्रविधि आएपछि टेलिकम क्षेत्रमा परिवर्तन कति भयो? फोर–जी ल्याइसकेपछि कस्ता–कस्ता नयाँ एप्लिकेसनहरू सार्वजनिक भए? फोर–जीबाट अहिले इन्टरनेटमार्फत भइरहेका गतिविधि गर्न सकिन्छ कि सकिँदैन? फाइभ–जी आइसकेपछि के–के हुन्छ? भन्ने प्रष्ट नभइकन प्राधिकरणले दबाब दिएर परीक्षण गर्न लगाएको छ।
थ्री–जी र फोर–जी नै जति उपभोग हुनुपर्ने हो, त्यो नभइरहेको र अहिले नै फाइभ–जी परीक्षण गर्न नहुने पक्षमा नेपाल टेलिकम थियो। एकातिर नेपालमा अहिले नै फाइभ–जीको आवश्यकता नै भएको, फाइभ–जी चल्ने फोनहरू पनि सीमित भएको, फाइभ–जीमार्फत गरिने क्रियाकलापका लागि चाहिने पूर्वाधार नै नभएका बेला परीक्षण गर्नु उचित नहुने टेलिकमको बुझाइ थियो ।
नेपालभित्र २६ सय ब्यान्डमा फाइभ–जी चल्ने मोबाइल सेटहरू धेरै कम देखियो’ टेलिकमका एक उच्च अधिकारीले क्यापिटल नेपालसँग भने, ‘ओप्पो, भिभोलगायत सेटमा फाइभ–जी मात्रै चल्ने देखिएपछि विभिन्न ब्रान्डका मोबाइल उत्पादकसँग मोबाइल उपलब्ध गराउन आग्रह गर्ने र त्यसपछि मात्रै फाइभ–जी परीक्षण गर्ने सोच थियो।’
तर, नियामक निकाय प्राधिकरणको निरन्तर दबाबपछि माघ २२ गते एक महिनाका लागि फाइभ–जी परीक्षण सुरु गरिएको छ। टेलिमकले परीक्षण गरेको फाइभ–जी प्रविधि चिनियाँ ब्रान्डका फोनमा मात्रै चल्छन्।
टेलिकमले जनवरी १ बाट फाइभ–जी परीक्षण गर्ने मिति अघि सारेको थियो। फाइभ–जीका लागि प्राधिकरणले २६ सय ब्यान्ड उपलब्ध गराएको थियो । ‘तर नेपालभित्र २६ सय ब्यान्डमा फाइभ–जी चल्ने मोबाइल सेटहरू धेरै कम देखियो’ टेलिकमका एक उच्च स्राेतले क्यापिटल नेपालसँग भने, ‘ओप्पो, भिभोलगायत सेटमा फाइभ–जी मात्रै चल्ने देखिएपछि विभिन्न ब्रान्डका मोबाइल उत्पादकसँग मोबाइल उपलब्ध गराउन आग्रह गर्ने र त्यसपछि मात्रै फाइभ–जी परीक्षण गर्ने सोच थियो।’
फाइभ–जी विभिन्न देशमा विभिन्न ब्यान्डमा चल्छ। नेपाल आउने सेटहरू विभिन्न देशबाट आउँछन्। ७ सय, २३ सय, २६ सय, ३३ सयमा फाइभ–जी ब्यान्डमा चल्छन्। भारतमा ३३ सय ब्यान्डमा चलिरहेको छ। भारतमा भर्खरै कार्यान्वयनको चरणमा छ।
तर, प्राधिकरणको निरन्तर दबाबपछि बाध्य भएर केही चिनियाँ फोनमा मात्रै चल्ने गरी फाइभ–जी परीक्षण गर्नुपरेको टेलिकमले बताएको छ। ‘सीमित फोनमा मात्रै फाइभ–जी चल्ने र त्यसले विवाद हुने भएकाले जनवरी १ मा फाइभ–जी परीक्षण सुरु गरेनौं’, टेलिकम स्रोतले भन्यो।
‘तर, प्राधिकरणको निरन्तर दबाबपछि अनावश्यक हुँदाहुँदै फाइभ–जी परीक्षण गर्न बाध्य भयौं,’ ती अधिकारीले भने, ‘टेलिकमले फाइभ–जी चल्ने ह्यान्डसेटको उपलब्धता भए वा नभए पनि सो काम सुरु गर्नुपर्ने भयो र २२ गते सुरु गर्यौं।’
फाइभ–जी विभिन्न देशमा विभिन्न ब्यान्डमा चल्छ। नेपाल आउने सेटहरू विभिन्न देशबाट आउँछन्। ७ सय, २३ सय, २६ सय, ३३ सयमा फाइभ–जी ब्यान्डमा चल्छन्। भारतमा ३३ सय ब्यान्डमा चलिरहेको छ। भारतमा भर्खरै कार्यान्वयनको चरणमा छ। चीनमा २६ सय ब्यान्डमा चलिरहेको छ। नेपालमा पनि प्राधिकरणले २६०० ब्यान्ड दिएकाले चिनियाँ ब्रान्डका फोनमा मात्रै फाइभ–जी एक्सेस भएको हो ।
फोर–जीको तुलनामा फाइभ–जीमा फरक–फरक प्रविधिमा आधारित छ। नेपालका थ्री–जी र फोर–जी प्रविधिको प्रयोगकर्ताले फेसबुक, टिकटक, ट्विटर, युट्युब चलाउने हो । नेपाल टेलिकम आफैंले गरेको सर्वेअनुसार थ्री–जी र फोर–जी सबैभन्दा बढी त्यतिमै प्रयोग भएको छ।
नेपालको सन्दर्भमा अहिले फाइभ–जीबाट पाउने स्पिडको अनुभव उपभोक्ताले गर्न सक्दैनन्। फाइभ–जीको परीक्षण हुवावेले निःशुल्क गरिदिएको हो। तर, पछि त्यसका लागि चाहिने प्रविधिमा टेलिकमको ठूलो धनराशी खर्च हुने अधिकारीहरू बताउँछन्।
टेलिकम स्रोतका अनुसार, नेपाली प्रयोगकर्ताले हाल जे चलाइरहेका छन्, त्यही कुरा चलाउन फाइभ–जी चाहिँदैन। थ्री–जी वा फोर–जी नै प्रयाप्त रहेको ती उनीहरूको भनाइ छ।
ठुल्ठूला उद्योग मिनिसेकेन्डमा अटोमेसन गर्न वा रियलटाइम अटोमेसन गर्न फाइभ–जी आवश्यक पर्छ । ‘नेपालमा त्यो तहको औद्योगिक विस्तार भएको छैन। रोबोटिकमार्फत अपरेसन गर्न फाइभ–जी आवश्यकता पर्छ’, स्राेतले भन्याे, ‘अब आफैं बुझ्नुस्, नेपालमा फाइभ–जी आवश्यकता हो वा होइन।’
त्यसका अलवा फाइभ–जी प्रयोगका लागि हालसम्म नयाँ–नयाँ एप्लिकसेन उपलब्ध छैन। औद्योगिक विस्तार तीव्र गतिमा भइरहेको भारतमा त भर्खरै फाइभ–जी ल्याउने तरखर छ। नेपालमा न औद्योगिक विस्तारले गति लिएको छ, नत रोबोटिकमार्फत अपरेसन सम्भव छ ।
फाइभ–जीको अनुभव औद्योगिक अटोमेसनबाहेक अरुबाट महशुस गर्न सकिँदैन । रिमोट मेडिसिन वा टेलिमेडिसिन भन्ने नेपालमा अहिल्यै सम्भव छ, जुन भिडियोबाटै हुँदै आएको छ।
टेलिकम स्रोतका अनुसार फर्टिलाइजर छर्किन फोर–जी नै पर्याप्त हुन्छ । फोरजीकै जुन एप्लिकेसन छन्, त्यसबाट नेपालमा धेरै काम गर्न सकिन्छ । नेपालमा फोर–जी र फाइभ–जी भनेको खाली युट्युब र फेसबुक चलाउन तथा भिडियो हेर्न मात्र प्रयोग हुन्छ ।
‘रिमोट सर्जरी भनेको म यहाँ बसेको छु। कुनै एक ठाउँमा रोबोट छ, त्यो रोबोटले त्यहाँको मानिसलाई सर्जरी गर्नुपर्ने र म यहाँ बसेर त्यहाँ कमान्ड पठाउने हो’ ती उच्च अधिकारीले भने, ‘त्यसका लागि फाइभ–जी चाहिन्छ।’
टेलिकम स्रोतका अनुसार फर्टिलाइजर छर्किन फोर–जी नै पर्याप्त हुन्छ । फोरजीकै जुन एप्लिकेसन छन्, त्यसबाट नेपालमा धेरै काम गर्न सकिन्छ । नेपालमा फोर–जी र फाइभ–जी भनेको खाली युट्युब र फेसबुक चलाउन तथा भिडियो हेर्न मात्र प्रयोग हुन्छ । फोरजीले नै यी सबै एप्लिकेसन चलाउन सकिन्छ भने फाइभ–जी किन चाहियो ?
‘फोर–जी प्लेटफर्ममा जस्तो इकोसिस्टम छ, हाल ८०० ब्यान्डमा फोर–जी उपलब्ध छ।
फाइभ–जीको चाहिएको छ, तर त्यसको प्रयोगबारे सबै अनविज्ञ छन्, अनुभूति कसरी गर्ने केही थाहा छैन। थ्री–जी र फोर–जीमाथि समीक्षा गरेर मात्रै फाइभ–जीमा जानुपर्ने ती अधिकारीको भनाइ छ।
टेलिकम स्रोतकाअनुसार हचुवाको भरमा फाइभ–जी चाहियो भनिरहेका छौं। फोरजीको यो इकोसिस्टममा दुइटा कुरा आइसक्यो बाँकी कुरा पनि आइरहेको छ। फोर–जीमार्फत नै अहिलेको भन्दा धेरै काम गर्न सकिन्छ, त्यो सम्भावना हामीले देखेका छैनौं।
फाइभ–जीको चाहिएको छ, तर त्यसको प्रयोगबारे सबै अनविज्ञ छन्, अनुभूति कसरी गर्ने केही थाहा छैन। थ्री–जी र फोर–जीमाथि समीक्षा गरेर मात्रै फाइभ–जीमा जानुपर्ने ती अधिकारीको भनाइ छ। ‘हाम्रो हातमा भएको कुरामा हामीले समीक्षा गरेका छैनौं’, ती अधिकारीले भने, ‘हाम्रो हातमा भएको कुरालाई प्रयोग गरेर बाँकी कुराहरू के–के ल्याउने भन्नेतर्फ लाग्नुपर्छ।’
टेलिकमलाई फोर–जीको सम्झौता गर्दा नै फाइभ–जी आइलागेको हो । ‘आइलागे पनि फ्री भनेपछि छोड्दैनौं, हामीले ल्यायौं। यसको तत्काल प्रयोग होस् वा नहोस् तर यसको अनुभव हामीलाई हुन्छ’, स्राेतले भन्याे।