एजेन्सी। एयर इन्डियाको स्वामित्व खरिद गरेपछि भारतको ठूलो व्यावसायिक घरना टाटा सन्सले ८ सय ४० वटा जहाज खरिद गर्ने भएकाे छ। टाटाको स्वामित्वमा रहेको एयर इन्डियाले एयरबस र बोइङसँग ती जहाज खरिद गर्ने सम्झौता गरेको हो।
एयर इन्डियाले साताको सुरुमा ४ सय ७० नयाँ जहाज खरिद अर्डर गरेको जानकारी दिएको छ। एयर इन्डियासँग अर्को ३ सय ७० थान जेट जहाज किन्ने विकल्प पनि छ। अर्डरमा ४ सय ७० खरिद र ३ सय ७० खरिद विकल्पका साथै अर्को दशकमा एयरबस र बोइङबाट ठूलो संख्यामा जहाज खरिद गर्ने अधिकार समावेश छन्।
एयरबस अर्डरमा ए३२०, ए३२१, निओ एक्सएलआर ए३५० जहाज खरिद समावेश छ। बोइङको अर्डरमा १ सय ९० थान ७३७ म्याक्स, २० वटा ७८७ र १० वटा ७७७ जहाज किन्ने एयर इन्डियाका प्रमुख कमर्सियल अधिकृत निपुन अग्रवालले बताएका छन्।
टाटा समूहले सरकारबाट लिएको एयरलाइन्सले सिएफए इन्टरनेसनल (सिएफएम), रोल्स रोयस र जिई एरोस्पेससँग इन्जिनको दिर्घकालीन मर्मतसम्भारका लागि सम्झौता गरेको छ।
अग्रवालले एयर इन्डिया निजीकरण प्रक्रियाबाट सुरु भएको दुई वर्ष अवधिमा ठूला सम्झौता भएको बताएका छन्। ८ सय ४० जहाज यो अर्डर लगभग दुई वर्ष पहिले एयर इन्डिया निजीकरण प्रक्रियाबाट सुरु भएको एक आकर्षक यात्राको परिणति भएको उनले बताएका छन्।
यसअघि सबैभन्दा ठूलो अर्डर २०११ मा अमेरिकन एयरलाइन्सले ४ सय ६० जहाज खरिद सम्झौता गरेको थियो। ८ सय ४० जहाजकाे यो अर्डर लगभग दुई वर्ष पहिले एयर इन्डियाको निजीकरण प्रक्रियाबाट सुरु भएको आकर्षक यात्राको परिणति भएको बताइएको छ।
कम्पनीले सिएफए इन्टरनेसनल, रोल्स रोयस र जिई एरोस्पेससँग इन्जिनको दिर्घकालीन मर्मतसम्भारका लागि पनि हस्ताक्षर गरेको छ। यो आदेशले टाटा समूहको एयर इन्डियालाई विश्वस्तरको एयरलाइन्समा रूपान्तरण गर्ने र भारतलाई विश्वका हरेक प्रमुख सहरमा जोड्ने छ।