काठमाडाैं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद सकिएर खान नमिल्ने टुबाेर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, सानमिगेल र गोर्खा प्रिमियम बियरका दुइटा गाेदाम सिल गरेकाे छ।
विभागले अनुगमनका क्रममा म्याद गुज्रेका बियर भण्डारमा राखेकाे अवस्थामा फेला पारेपछि सिनामंगलमा रहेका संस्कार ट्रेडर्स प्रालिको गैरीगाँउस्थित गोदाम र सिके ट्रेडिङ प्रालिको गोदाम सिल गरेकाे हाे।
विभागबाट खटिएकाे बजार अनुगमन टोलीले बजार निरीक्षणका क्रममा सिनामंलगमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैरीगाँउस्थित गोदामबाट म्याद गुज्रेकाे तीन सय ५५ कार्टुन नियन्त्रणमा लिएकाे हाे।
उक्त ब्रान्डका बियर फेला पारी आवश्यक कारबाहीका लागि सिल गरिएको निरीक्षण अधिकृत तथा सहायक सूचना अधिकारी कमलप्रसाद भुसालले जानकारी दिए। उक्त बियरको बजार मूल्य करिब १३ लाख ९० हजार रुपैयाँ पर्ने देखिएको छ।
त्यसैगरी टाेलीले म्याद गुज्रेका टुबाेर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्ग ब्रान्डका तीन सय दुई कार्टुन बियर सिनामंगलकाे सिके ट्रेडिङ प्रालिको गोदाममा भण्डारमा राखेकाे अवस्थामा फेला पारेकाे हाे। बरामद गरिएका उक्त बियरको बजार मूल्य करिब आठ लाख ७५ हजार पर्ने देखिएको छ।
टाेलीले दुइटा गोदामबाट बरामद गरेकाे बियरको मूल्य करिब २२ लाख ६५ हजार रुपैयाँ पर्ने देखिएकाे छ।
विशेष गरी भोजभतेर तथा कतिपय रात्रिकालीन रेस्टुरेन्ट व्यवसायमा उक्त गुणस्तरहीन बियरलगायत अन्य हल्का पेयपदार्थको कारोबार हुनसक्ने सूचनाका आधारमा विभागले गोदाममा छापा मारेकाे हाे।
यस्तै टाेलीले मंगलबार पनि बाह्रसिंगेको बिक्रेता क्लाइमेक्स ट्रेडिङ प्रालिको गोदाम सिल गरेकाे छ। टाेलीले उक्त गाेदामबाट म्याद गुज्रेका २१ सय बाह्रसिंगे बियर कार्टुन बरामद गरेकाे थियाे।