काठमाडौं। अल अन्सारी एक्सचेन्ज र ई–सेवा मनी ट्रान्सफरको निम्तोमा अभिनेत्री स्वस्तिमा खड्का फागुन ६ गते शनिबार युएई जान लागेकी हुन् । ई–सेवा मनी ट्रान्सफरको ब्रान्ड फेससमेत रहेकी खड्का ‘मेरो डिजिटल देश’ योजनाअन्तर्गत डिजिटल रेमिट्यान्सलाई प्रवर्द्धन गर्ने उद्देश्यले उनी युएई जान लागेकी हुन्।
उनी शनिबार अल खाइल मल शाखामा साँझ ५ बजेदेखि ६ः३० बजेसम्म, फागुन ७ गते आइतबार सेन्ट्रल मल शाखामा दिउँसो २ बजेदेखि ३ बजेसम्म सो कार्यक्रममा बस्ने छिन् । यस्तै खड्काले दुबईस्थित अल घुराइर मलमा आइतबार नै एक विशेष कार्यक्रममा समेत सहभागी हुने बताइन् ।
सो कार्यक्रममा उनाले त्यहाँ सहभागी सबैसँग साँझ ४ बजेदेखि साँझ ७ बजेसम डिजिटल रेमिट्यान्सका बारेमा छलफल र नेपालीहरूसँग अन्तरक्रिया गर्ने छिन् । त्यसैगरी सोमबार आबुधावीस्थित हमदान शाखामा दिउँसो ४ बजेदेखि ५ बजेसम्म रहन कम्पनीले जनाएको छ।
अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्स युएईको सबैभन्दा ठूलो रेमिट्यान्स् कारोबार गर्ने एक्सचेन्ज कम्पनी हो। अहिले ई–सेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ योजना सञ्चालन गरेको कम्पनीले जनाएको छ।
‘मेरो डिजिटल देश’ योजनाले विश्वभर बाट नेपालमा बैंक खाता वा वालेटमार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीलाई विभिन्न उपहार समेत दिइरहेको छ ।
‘मेरो डिजिटल देश’ योजनाअन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने एक जनालाई काठमाडौंमा घरसमेत दिने योजना ई–सेवा मनी ट्रान्सफरले अघि सारेको छ ।
अभिनेत्री खड्काले यो योजनाअन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका नेपाली भेट्न आफू निकै उत्साहित रहेको बताइन् ।