काठमाडौं। नेपालको एक अग्रणी पेय पदार्थ कम्पनी कोका-कोला नेपालले चार्ज्ड नामको नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ।
कम्पनीले सोमबार एलओडिमा (लर्ड अफ द ड्रिंक्स) कम्पनीका प्रतिनिधि, संचारकर्मी र इन्फ्लुएन्सर्सहरुको उपस्थितिमा नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेकाे हो।
यो नयाँ पेय पदार्थले उपभोक्तालाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्छ। चार्ज्डको लन्चसँगै कोका-कोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँ स्वाद थपिएको छ-बेरी बोल्ट्र।आफ्ना उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्प उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चार्ज्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नेपाली युवाका आफ्नै महत्तवाकांक्षा भएकाले उनीहरुलाई आफ्नो आकांक्षा पूरा गर्नका लागि जिम्मेवारी लिन र सोहीअनुसार कदम चाल्न प्रेरित गर्ने सन्देशसहित यो नयाँ पेय पदार्थ चार्ज्ड बजारमा ल्याएकाे बताए।
उनले भने 'यसमा भएको बेरी बोल्टको स्वादले युवाहरुलाई नयाँ स्वाद दिनुका साथै जीवनमा आइपर्ने अनिश्चिततालाई लिएर चिन्ता गर्नुको साटो चुनौती डटेर सामना गर्ने प्रोत्साहन गर्छ।'
त्यस्तै बोतलर्स नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिलनाथले आफ्ना उपभोक्तालाई नयाँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका-कोला नेपाल एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको बताए।
चार्ज्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तार मात्र गरेको छैन नेपाली युवाको रोजाइ र तिनीहरुको गो-गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका-कोलाको प्रयासलाई पनि देखाएको छ,' उनले भने।
चार्ज्डको लन्च क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटिटीलगायत अन्य डिजिटल माध्यममा पनि टिभिसी देखाउनुका साथै विभिन्न कलेजमा कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन्।
युवालाई सक्रिय रहन र आफ्नो उद्देश्य प्राप्ति गर्नका लागि सक्रिय रहनुपर्छ भन्ने सन्देश बोकेको यस कमर्सियलमा बिएमएक्स बाइक स्टन्ट र ग्राफिटी पनि देखाइएको छ।
चार्ज्ड नेपालभरका किराना पसल लगायत डिपार्टमेन्ट स्टोरहरुमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध छ। चार्ज्ड टेलिभिजन विज्ञापन।