कञ्चनपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन् ।
आज यहाँ आयोजित कार्यक्रममा उनले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
'सुक्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ', उनले भने, 'हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौं, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्याउने विश्वास छ।' उनले सुक्खा बन्दरगाहले नेपाल, भारत र चीन तीनवटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे।
(इआईए)को काम सकिएकाले समयमै निर्माण पूरा हुनेमा विश्वास व्यक्त गरे । 'एमओयूमै भारत सरकारले तीन वर्षमा बन्दरगाह निर्माण गर्ने भनिसकेकाले मलाई निकै खुसी लागेको छ”, उनले भने, 'यसबाट सुदूरपश्चिमका साथै मुलुकको विकासमा ठूलो योगदान पुग्नेछ ।'
दोधारा–चाँदनी नगरपालिका-१, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको इआईएमा सुझाव माग गरेको छ ।
प्रस्तावित आयोजनाले वन क्षेत्रको एक सय ८९ हेक्टर जग्गा भू–उपयोग परिवर्तन हुने भनि प्रस्ताव गरेको छ । सुक्खा बन्दरगाहमा सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी/खाद्य जाँच केन्द्र प्रयोगशाला, बैंक, प्रहरी केन्द्र तथा प्रशासनिक भवन निर्माण हुनेछन् । जसमा गोदामको क्षेत्रफल आयाततर्फ सात हजार वर्गमिटर, निर्यातका लागि दुई हजार पाँच सय वर्गमिटर, रेल्वे वेयर हाउस १७ हजार ५ सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ ।
उक्त अवसरमा प्रधानमन्त्री दाहालले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको समेत निरीक्षण गरेका थिए ।रासस