काठमाडाैं। शिवम् सिमेन्टले 'शिवम्सँग उपहार टन्न' उपहार योजनाको मासिक 'लक्की ड्र'अन्तर्गत दोस्रो महिनाको भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरेकाे छ।
शिवम्ले उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४० जना विजेताहरुको नाम 'लक्की–ड्र' मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हाे।
साेमबार सम्पन्न 'लक्की ड्र' कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत २ भाग्यशाली जोडी बागमती–पोखरा क्षेत्रबाट विकास कोइराला र उपत्यका बाहिरबाट रामप्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन्।
त्यसैगरी दोस्रो पुरस्कारअन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनककुमार झासहित चार जोडी विजेताले हेलिटुर पुरस्कार जितेका छन् भने तेस्रो पुरस्कारअन्तर्गत फेवा कन्ष्ट्रक्सन, दिपेन्द्रकुमार झा, केशवकुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एकजनासहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् ।
त्यसैगरी चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरूप जितेका छन्।
'लक्की–ड्र' कार्यक्रममा पहिलो 'लक्की–ड्र'मार्फत उपहार जित्न सफल मेची–कोसी क्षेत्रका उपभोक्ता तथा वितरकहरूलाई पुरस्कारसमेत वितरण गरिएको छ।
छोटो समयमा उत्साह जनक रूपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्ट्स परिवारले सम्पूर्ण उपभोक्ता, ग्राहक वर्ग र वितरकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेकाे छ।
शिवम्ले अझै यस योजनाअन्तर्गत सेयाेर डट सर्ट पुरस्कारमा करोडौंको नगद उपहार, सयौं केजी चाँदी तथा सयौं तोला सुनका साथै मासिक तथा मेघा लक्की ड्र मार्फत धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ।
यो उपहार योजना मंसिर १८ देखि नेपाल भरि लागू गरिएको छ। स्क्रयाच कुपनमार्फत हात खाली नजाने पक्का उपहारअन्तर्गत नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीका लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरी शिवम् सिमेन्टको बिक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ।
एकपटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरुलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीकाे छ।
यसअघि पुस २६ गते 'लक्की–ड्र' मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको छनौट गरिसकेको थियो।
हालसम्म 'लक्की–ड्र'बाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यसाली विजेता बनि सकेका छन् भने सेयाेर डट सर्ट पुरस्कारमार्फत १ लाख ५० हजार भन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन्।
शिवम् सिमेन्टले गएकाे मंसिर १८ गतेदेखि 'शिवम्सँग उपहार टन्न' नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो। जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्रयाच कुपन प्राप्त गरी २ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो।
यस्तै सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक 'लक्की ड्र' तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाएको थियो। यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेको कम्पनीले जनाएकाे छ।