काठमाडौं। नेपाली ई-कमर्स ग्यापु मार्केटप्लेसले 'टिकटक हिरोज् सिजन टु'का टिकटक क्रिएटरहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ ।
कार्यक्रममा टिकटकर नम्रता शर्मा विजेता बनिन् । १ हजार ८ सयभन्दा बढी टिकटकबाट नम्रता उत्कृष्ट बनेकी हुन् । उनले २ लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । यस्तै सोबर्स घिमिरे दोस्रो र सीमा शर्मा तेस्रो विजेता बने । उनीहरूले क्रमशः १ लाख र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै जेरी क्षेत्रीलाई द स्टार पफर्मर अवार्ड दिइएको थियो । कार्यक्रममा बिनु अधिकारीलाई इन्टरटेइनिङ पफर्मर, पूजा काफ्लेलाई प्यासनेट पफर्मर, रामु भक्त सिग्देललाई इनर्जेटिक पफर्मर, मुना चौलागाईंलाई डेडिकेटेड पफर्मर, मीनबहादुर बुढालाई गोज एक्स्ट्रा माइल पफर्मर अवार्ड प्रदान गरियो ।
यस्तै सरस्वती सुवेदीलाई जोभिअल पफर्मर, दीपक जिसीलाई इन्पाइरिङ टिकटक अवार्ड, सपना गिरीलाई चार्मिङ टिकटकर, प्रकाश गैरेलाई इन्नोभेटिभ कन्टेन अवार्ड प्रदान गरिएको थियो ।
यस्तै रमन सिवाकोटीलाई प्रोमिसिङ प्रपर्मर, सुप्रिया क्षेत्रीलाई योङ एचिभर अवार्ड, प्रवेश आचार्यलाई बेस्ट कन्टेन्ट क्रिएटर, ध्रुव प्रकाश मल्ललाई फन्निएस्ट पफर्मर, केशव सिवाकोटीलाई क्रियटिभ पफर्मर, श्रीशम श्रेष्ठलाई ब्रिलियन्ट पफर्मर, सुस्मिता चौलागाईंलाई आउटस्ट्यान्डिङ पफर्मर, पूजा पान्डेयलाई मोटिभेटिङ टिकटकर, सुदीप भट्टराईलाई ट्यालेन्टेड पफर्मर र निलस शर्मालाई इम्प्रसिभ इफोर्ट अवार्ड प्रदान गरिएको थियो ।
यस्तै अन्य ७ अतिथि टिकटकरहरूलाई पनि विभिन्न विधामा अवार्ड दिइएको छ । ग्यापुले गोमा ज्ञवालीलाई लवेवल अवार्ड, विष्णु पाण्डेलाई स्पोटलाइट अवार्ड, अन्जना अर्याललाई एलिगेन्ट अवार्ड, ममता मण्डललाई स्टोरी टेलर अवार्ड, सन्तोष पौडेललाई क्रियटिभ अवार्ड र पूजा एन्जललाई वमेन अफ वन्डर्ड अवार्ड, तथा करिश्मा श्रेष्ठलाई इन्फ्लुएन्सर अवार्ड दिइएको छ ।
कार्यक्रममा ग्यापु तथा जाम्न नेपालका फाउण्डर विज्ञान श्रेष्ठ, ग्यापु मार्केटप्लेसका अपरेशन म्यानेजर अशोक कार्की र क्यानभास वाइनका फाउण्डर कमल खड्काले ३० टिकटकरलाई अवार्ड वितरण गरेका थिए ।
टिकटक अवार्ड दोस्रो हो । टिकटकरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको संस्थापक श्रेष्ठले बताए । उनले भने,'टिकटकहरूमा एक्टिभ मेम्बरलाई मोटिभेट हुने गरी यो कार्यक्रम गर्ने गर्छौं ।'
क्यानभास वाइनको मुख्य प्रायोजन गरेको कार्यक्रममा ३ सय जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।