काठमाडौं। सूचना प्रविधि क्षेत्र जुन हिसाबले विकास भइरहेको छ, त्यसअनुसार आमउपभोक्तालाई सन्तुष्ट पार्ने गरी सेवा प्रदान गर्न हाल चुनौतीका रूपमा रहेको पाएको छु।
विशेषतः सेवा महँगो भयो, गुणस्तरीय भएन, सेवाको उपलब्धता छैन भन्नेजस्ता आमगुनासा रहेका छन्। उपभोक्ताको चाहनाअनुसार गुणस्तरीय एवं भरपर्दो सेवा उपलब्ध गराउन सक्रिय रहन सेवा प्रदायकलाई अनुरोध गर्न चाहन्छु।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का हकमा सर्वसुलभ सेवा उपलब्ध गराउने कार्यबाहेक सरकारले महत्व दिएर अगाडि बढाएको डिजिटल नेपाल निर्माण अवधारणा पूरा गर्ने चुनौतीसमेत थपिएको छ।
सूचना प्रविधि महामार्ग विस्तार गरी डिजिटल नेपालको परिकल्पना साकार गर्न ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी सरकारले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत सूचना महामार्ग ‘अप्टिकल फाइबर नेटवर्क’ निर्माण गर्ने जिम्मा दिएको भए पनि उक्त परियोजनामा संस्थाले पूर्णध्यान केन्द्रित गर्न चुकेको जस्तो मलाई लागेको छ। परियोजना गर्न ढिलाइ भएकाले यस कुरालाई थप पुष्टि गर्छ।
यसलाई गम्भीररूपमा हेरी समयमा परियोजना निर्माण गर्न नेपाल टेलिकम व्यवस्थापनलाई अनुरोध गर्दछु। विशेषतः नेपाल दूरसञ्चार प्राधिकरणले यो परियोजनाले एक, दुई, तीन गरी कूल तीन प्याकेजमा गर्यो। यसलाई तीन प्याकेजमा विभाजन गरेको भए पनि प्याकेज तीन अर्थात बागमतीअन्तर्गतको काम सुरु हुन सकेको छैन।
विशेषतः सेवा महँगो भयो, गुणस्तरीय भएन, सेवाको उपलब्धता छैन भन्नेजस्ता आमगुनासा रहेका छन्। उपभोक्ताको चाहनाअनुसार गुणस्तरीय एवं भरपर्दो सेवा उपलब्ध गराउन सक्रिय रहन सेवा प्रदायकलाई अनुरोध गर्न चाहन्छु।
किन हुन सकेन? दुई वर्षसम्म काम सुरु हुन सक्दैन? के हामी ठेकेदारहरूलाई कारबाही गर्न सक्दैनौं? प्राधिकरणले नेपाल टेलिकमलाई लेखेर पठाएको छ, म्याद थप गरिदिनुपर्ने कारण के हो? त्यसको जवाफ दिन तपाईंहरूले उचित ठान्नुभएको छैन।
यसको जवाफ दिनुपर्दैैन? कि हामी दुई वर्षसम्म काम नै सुरु नगराइ डिजिटल नेपालको अवधारणा पूरा गर्ने काम नै नगरी ठेकेदारलाई बस्न दिने हो? यसमा साथीहरू गम्भीर हुन आवश्यक छ। अझ हामीले सुदूरपश्चिमको काम दिएका छौं। प्रत्येक जिल्ला सदरमुकामसम्म हामीले फाइबर सञ्जाल विस्तार गर्नुपर्ने छ। त्यतातर्फ कम्पनी व्यवस्थापनको ध्यानाकर्षण गराउन चाहन्छु।
राज्यबाट फोरजी नेटवर्क विस्तारको जुन कार्ययोजना तयार गरिएको थियो, हाल ७ सय ३९ स्थानीय तहमा फोरजी सेवा पुग्यो भनेर उल्लेख गरिएको छ। तर, बाहिरको कुरा नगरौं, काठमाडौं रिङरोडभित्र सबै ठाउँमा फोरजी सेवा छ भनेर टेलिकमले भन्न सक्छ? हाम्रो रिङरोडभित्रै अलिकति डाइभर्ट हुँदा नेट नचल्ने समस्या छ। भनेपछि हामी कता चुकिरहेका छौं? यदि हामीले गुणस्तरीय सेवा दिन सकेनौं भने यही सेवा सबैले लिनैपर्छ भनेर हामीले भन्न सक्ने अवस्था रहन्छ?
यसर्थ वैज्ञानिक ढंगले अनुसन्धान गरेर के गर्न आवश्यक छ भनेर हामीले सोच्नुपर्ने अवस्था आएको छ। कम्पनीले गर्वका साथ यो क्षेत्रमा फोरजी सेवा चलेन भने हामी एक दिनमा नै ठिक गर्छौं भनेर भन्न सकोस् भनेर मैले अघिल्लो वर्ष नै कुरा गरेको थिएँ। यो कुरालाई काठमाडौं उपत्यका, अन्य प्रमुख सहरलगायत ठाउँमा गर्न सक्छु भनेर कम्पनीले भन्न आवश्यक छ।
नेपाल टेलिकमले सम्झौताका प्रावधान कहिल्यै खोलेर हेरेको छ? नेपाल टेलिकमले नेपालमा कति घन्टासम्म सेवा अवरुद्ध हुन पाउँछ भनेर सोचेको छ? कति दिनसम्म पाउँछ भनेर सोचेको छ? यस्ता प्रावधानबारे म कम्पनीको तत्काल ध्यानाकर्षण गराउन चाहन्छु।
त्यस्तै फाइभजीको पनि टेलिकमले औपचारिक उद्घाटन गर्ला भन्ने मलाई लागेको थियो। यस विषयमा प्राधिकरणले पटक–पटक सोधेको छ। सरकारले पनि यसको प्रयोग फ्रिमा गर्न दिएको छ। तर, प्रयोगकर्ताले यसको प्रयोग गरेर अनुभव गर्न पाउँछन् भन्ने लागेको थियो। तर, यो हुन सकेन। यो कताकता टेक्निकल परीक्षण हो कि भन्ने आइरहेको छ। के हामी टेक्निकल परीक्षण दुइटा पिटिएस राखेर गर्न लागेका हौं? दूरसञ्चार प्राधिकरणले यो सोचेको होइन। कम्तीमा रिङरोडभित्रका मानिसले प्रयोग गरेर परीक्षण गर्न पाउँछ कि भन्ने हामीलाई लागेको थियो।
फाइभजी प्रयोग गरेर नागरिकले यसको फिडब्याक दिन पाउँछन् भन्ने हामीलाई लागेको थियो। के फाइभजी टेक्निकल परीक्षणमात्रै हो र? यसका लागि उद्योग तयार छ कि छैन? हामी उपभोक्ताले यसको अनुभव कसरी गर्छौं, यतातिर पनि म गम्भीर हुन अनुरोध गर्न चाहन्छु।
पछिल्लो समय पटक–पटक सेवा अवरुद्ध भएको छ। आमउपभोक्ता र जनताले यही कारण सेवामा ह्रास आएको महसुस गरेका छन्। नियामक निकायको प्रमुखका रूपमा मैले पनि यो महसुस गरेको छु। विशेषतः हेन्डरसँग गर्ने सम्झौताका प्रावधान मैले हेरेँ। जब नेपाल टेलिकमको सेवा अवरोध हुन्छ, टेलिकमकै टिममा बसेर हेरेँ, प्रतिनिधि पुर्याएर हेरेँ तर नेपाल टेलिकमले सम्झौताका प्रावधान कहिल्यै खोलेर हेरेको छ? नेपाल टेलिकमले नेपालमा कति घन्टासम्म सेवा अवरुद्ध हुन पाउँछ भनेर सोचेको छ? कति दिनसम्म पाउँछ भनेर सोचेको छ? यस्ता प्रावधानबारे म कम्पनीको तत्काल ध्यानाकर्षण गराउन चाहन्छु।
पछिल्लोपटकको सेवाको पूर्णक्षमता चल्ने हुनका लागि घन्टौंसम्मलाई समय दिइएको छ। कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने होइन? जसले सेवा दियो उसलाई जरिवाना क्षतिपूर्तिको व्यवस्था पर्ने होइन? यतातिर कम्पनी चुकेको जस्तो मैले महसुस गरेको छु। तसर्थ, उपभोक्ताले गरेको विश्वसनियता, नियामक निकायले गरेको भरोसा, सरकारले गरेको विश्वास कायम गर्न सकेमात्र आगामी दिनमा नेपाल टेलिकम संस्थाको भविष्य उज्वल हुनेछ। यसो भएको खण्डमा कम्पनीले आफ्नो भविष्य उज्वल गर्न सक्नुका साथै नाफा पनि वृद्धि गर्न सक्ने छ। यसर्थ, निर्वाध यस्ता विषयमा कम्पनी व्यवस्थापनले ध्यान पुर्याउनुपर्ने मैले जरुरी देखेको छु।
फाइभजीको पनि टेलिकमले औपचारिक उद्घाटन गर्ला भन्ने मलाई लागेको थियो। यस विषयमा प्राधिकरणले पटक–पटक सोधेको छ। सरकारले पनि यसको प्रयोग फ्रिमा गर्न दिएको छ। तर, प्रयोगकर्ताले यसको प्रयोग गरेर अनुभव गर्न पाउँछन् भन्ने लागेको थियो। तर, यो हुन सकेन। यो कताकता टेक्निकल परीक्षण हो कि भन्ने आइरहेको छ।
पूर्वाधार प्रयोगसम्बन्धी कार्यमा नेपाल टेलिकमले ध्यान पुर्याएको देखिँदैन। अब कम्पनीको रेभिन्यु सिफ्ट भएर गइरहेको छ। तीन वर्षको रेभिन्यु सबैको घटेको छ। तर, कहाँ घटिरहेको छ?, प्रयोगकर्ता बढिरहेका छन्, मोबाइलका ग्राहक बढिरहेका छन्। योभन्दा हामीले फोरजी सेवा ७ सयको हाराहारीमा थियो होला तर अहिले ७ सय ३९ पुर्यायौं होला। ग्राहक बढिरहेका छन्, डेटा प्रयोगकर्ता बढिरहेका छन्, हामीले गर्ने क्षमता बढिरहेको छ, हाम्रो प्रविधिमा निर्भरता बढिरहेको छ। तर, रेभिन्यु भने घटिरहेको छ। यो खोजीको विषय रहेको छ। अन्य रेभिन्युका स्रोतहरू के हुनसक्छ, सबैले खोज्न आवश्यक छ।
हाल भ्वाइस मार्केट डिक्लाइनिङ हुँदै गइरहेको छ। ब्यागबोन्ड नेटवर्क नियामकले र सरकारले टेलिकमलाई जिम्मा लगाएको छ। यो जिम्मा नेटवर्क बनाएर सेयर नगर्ने सर्तमा जिम्मा लगाएको होइन। आजका दिनसम्म हामीले पटक–पटक अनुरोध गरेका छौं, टेलिकमले कुन क्षेत्रमा सेयरिङ गर्न सक्षम भएको छ? यसमा हामीले अफर प्रकाशन गरेका छौं। रेभिन्यु यहाँबाट उत्पादन हुन्छ नि हुँदैन र? यी रेभिन्यु बढ्ने ठाउँतर्फ नेटवर्क अब अरूलाई बनाउन दिनुहुँदैन। अब फेरि अर्को नेटवर्क बनाउने अवस्था आयो भने यो पनि सेतो हात्तीका रूपमा परिणत हुनेछ।
सहरमा अव्यवस्थित तार रहेको छ। यो तारले कसैलाई पनि सहज भएको छैन। दुई वर्ष अगाडि १५ सहरमा पाइलटिङका रूपमा तार व्यवस्थापन गर्न नेपाल टेलिकमलाई जिम्मा दिने भनेर मन्त्रिपरिषदबाट निर्णय भयो। प्राधिकरणले फन्ड एलोकेट गर्यो। तर, यो मेकानिज्ममा हामी डराउँदा रहेछौं। यसमा फेल भयौं हामी। हामीमा सेयरिङ गर्ने बानी नै छैन। हामी यस्तो पृष्ठभूमिबाट आएका छैनौं। यसकारण हामी सेयरिङमा जान सकेनौं। यतापट्टि टन्न रेभिन्यु छ, हामी यतातर्फ पूर्वाधार कम्पनी स्थापना गरेर सेयरिङमा जानलाई हतार भइसकेको छ। म नेपाल टेलिकमको व्यवस्थापकलगायत कर्मचारी साथीहरूलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु।
प्रविधिका हिसाबले विकसित नेपाल टेलिकमले प्रविधि प्रयोग तथा आफ्नो स्रोत, साधनको अधिकत प्रयोगद्वारा भोलिका दिनमा अन्य प्रतिस्पर्धी सेवा प्रदायकसँग प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि गर्न आवश्यक छ। पूर्वाधार विकास र अन्य जुनसुकै कामका लागि नियामक निकाय सधंै नेपाल टेलिकमको साथमा रहने छ। अन्य प्रतिस्पर्धी सेवा प्रदायकका तुलनामा स्रोत, पूर्वाधार सबै कुरा टेलिकमको बढी छ, रेभिन्युमात्र घटी छ। यसका लागि म ध्यानाकर्षण गराउन चाहन्छु।
(खनाल नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष हुन्।)