काठमाडाैं। टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टेज जेनेरेटरको छोटो समयमा नै उपभोक्ताकाे मन जित्न सफल भइरहेको छ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिअनुसार सन् २०२२ को बीचमा बिक्री वितरण सुरु गरेको टाटा जेनभोल्टेज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारमा उल्लेखनीय अंश ओगट्न सफल भएको छ।
कम्पनीअनुसार टाटा जेनभोल्टेज जेनेरेटरको बिक्रीमा उत्साहजनक ढंगले वृद्धि भइरहेको छ। विभिन्न प्रयोजनका लागि उपयुक्त जेनभोल्टेज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो पनि छ। त्यसैले बढीभन्दा बढी उपभोक्ताहरुमा यसप्रति आकर्षण देखिरहेको छ।
टाटा मोटर्सको अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ। सिपिसिबी २ सम्बन्धि उत्सर्जन मापदण्डअन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाँउछ।
यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तराष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ। सिप्रदी ट्रेडिङ प्रालिका ब्याट्री डिभिजनका प्रमुख सुरेशकुमार तिवारीले टाटाको जेनभोल्टेजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नँया उर्जा प्रदान गरिरहेको बताए।
उनले नेपालको पूर्वाधार एवं औद्योगिक विकासका लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल भइरहेको दाबी गरे।
निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई उपयुक्त यो उत्पादन २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित दुवै किसिममा उपलब्ध छ।