काठमाडाैं। महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनले उमा रेग्मी भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।
मञ्चको उपाध्यक्षमा ममता न्यौपाने, महासचिव लक्ष्मी लामिछाने, सचिव बालकुमारी न्यौपाने (शर्मिला), कोषाध्यक्ष शारदा भुजेल र सह-कोषाध्यक्षमा रीता रेग्मी पौडेल (मुना) छन्।
त्यसैगरी सदस्यमा कान्ति अधिकारी, माया सुवेदी, भावना रानाभाट, सुशीला भण्डारी, लक्ष्मीदेवी तिमिल्सिना, मञ्जुकुमारी शर्मा भट्टराई, मञ्जु काफ्ले, सरिता शर्मा, विष्णुमाया शर्मा सुवेदी र विकल्प बोगटी छन्।
यसअघि उद्घाटन सत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले महिलाले नेतृत्व गरेका अधिकांश संघसंस्था समितिमा सुशासन देखिएको बताएका छन्।
मुख्यमन्त्री अधिकारीले महिलाको नेतृत्व गरेका संस्थामा पारदर्शिता र आर्थिक अनुशासन हुने गरेको बताए।
उनले पर्यटन क्षेत्रमा व्यवसायिक महिलाहरु संगठित भएर अघि बढ्नु निकै प्रशंसनीय रहेको जनाउँदै अब नीति निर्माण तहमा महिलाको गर्विलो उपस्थिती औंल्याए।
हिजो देखी आजसम्म आइपुग्दा हरेक क्षेत्रमा महिला अब्बल सावित हुदै समतामुलक न्यायिक समाजका लागिअघि बढेको जनाउँदै अब देशको प्रमुख निकायमा महिलाको अभाव अझै खड्किएको बताए।
कोरोना महामारीका कारण प्रभावित पर्यटन व्यवसायलाई पुर्नरुत्थान गर्नुपर्नेमा जोड दिन पहल गर्ने बताउँदै उनले प्रदेश सरकारले पर्यटन क्षेत्रको समस्यालाई समाधान गरेर पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने प्रतिबद्धता जनाए।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन प्रवर्द्धन र विस्तारमा ओटेफले गरेको कार्य निकै सह्रानीय रहेको र सकारात्मक सन्देश दिएको बताए।
उनले पर्यटन क्षेत्रलाई पर्यटन उद्योगको मान्यता दिएर सहज लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटा, संस्थापक अध्यक्ष जमुना पराजुली, मञ्चका अध्यक्ष पार्वती पाण्डे, उपाध्यक्ष उमारेग्मी भण्डारी, महासचिव ममता न्यौपाने, सचिव शर्मिला न्यौपाने, कोषाध्यक्ष लक्ष्मी लामिछानेलगायतले पर्यटनका साझा समस्याका एवम संस्थाका गतिविधिबारे जानकारी गराएका थिए।
सो अवसरमा प्रदेश सभा सदस्य देवका पहारी, संस्थाका सञ्चार सल्लाहकार एवम राष्टिय समाचार समिति पोखरा सम्वाददाता जमुना वर्षा शर्मा र पत्रकार रोहित बस्नेतलाई सम्मान गरिएको थियो ।