काठमाडाैं । मुलुकमाझल्ललबिजुली देख्न पाउनु ठूलै कुरा भएको थियो । मुलुकमाआधुनिकविकासका अरु मानक फैंलिदै गएपनिबिजुलीको पर्याप्तताथिएन । लोडसेडिङका कारण उद्योगदेखि लिएर सर्वसाधरणको दैनिकी नै बदलिएको थियो ।
३ बर्षअघि दशैं सकिएपछि तिहारको चहलपहलचलिरहेको थियो । तिहारमा बिजुलीको खपत बढि नै हुन्छ । त्यो बेलापनिभयो । विद्युतको सर्वाधिकखपतहुने काठमाडौंमा २०७३ को लक्ष्मीपुजामा‘सरप्राइज’भयो । बिजुलीनियमित देखियो, लामो समयसम्मबलिरह्यो । पुरा काठमाडौं झल्लमल्लभयो ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकभएर आएका कुलमान घिसिङले डेढ महिनामा नै काठमाडौंको लोडसेडिङ अन्त्य गरेर चमत्कार गरे । घिसिङले नेपाल विद्युत् प्राधिकरणको कमान्ड सम्हाल्नुअघि मुलुक दैनिक १० घण्टा लामो लोडसेडिङमा थियो । विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकनियुक्तभएको करिब डेढ महिनाभित्र घिसिङले मुलुकलाई अन्धकारबाट उज्यालोतर्फ लम्काए। २०७३ सालको लक्ष्मीपूजाकादिनपहिलो चरणअन्तर्गत कुलमानले राजधानीबाट लोडसेडिङ अन्त्य गरे ।
यो क्रमयति मै रोकिएन, उपत्यकाबाहिर बनेपा, धुलिखेल पोखरा र विराटनगर हुँदै मुलुकदुई दशकलामो अन्धकारबाट मुक्तभयो । अहिले उद्योगदेखि गार्हस्थ्यउपभोक्ताले नियमितरुपमाबिजुलीपाइरहेका छन् । नियमितरुपमाबिजुलीआपूर्ति भएपछि मागपनि घटेर १ हजार २०० मेगावाट हाराहारीमा सीमितभएको छ ।
रामेछापको वेथानपुख्र्यौली घर भएका घिसिङ बिजुलीइन्जिनियर हुन् भने लामो समय प्राधिकरणमा काम गरेको अनुभवथियो । नेतृत्वमा इच्छाशक्ति भयो भने जस्तो कामपनि गर्न सफल भइन्छ भन्ने कुराको पुष्टि कुलमानले गरेका छन् । उनीअहिले नेपालीव्यवस्थापन क्षेत्रका रोलमोडल बनेका छन् ।
अहिले कुनै सरकारी तथा गैरसरकारी निकायको व्यवस्थापन राम्रो भयो भने त्यसको नेतृत्वलाई कुलमान घिसिङसँग दाज्ने काम हुन्छ ।
निरन्तर स्वदेशदेखि विदेशसम्म सम्मानतथाबधाई थापीरहेका घिसिङको जीवनमाभने उतार चढाव आइरह्यो । गाउँमा टुकीको भरमा अध्ययन गरेका कुलमान सँधै प्रथमभएर अगाडी बढिरहे ।
अस्कल क्याम्पसबाट आईएस्सी गरेका कुलमानले भारतको जम्सेदपुरबाट इलेक्ट्रिकल इन्जिनियरमा बीएस्सी गरे । त्यसपछि २०५१ मा विद्युतप्राधिकरणको सातौं तहमाइन्जिनियरको जागिरे भएका घिसिङले काममापनिप्रथम नै हुने गरि सफलतापाउँदै गए । जागिरे दौरानमै उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे ।
बिजुलीइन्जिनियर भएकै कारण प्राधिकरणभित्र कहाँ समस्या छन् र कसरी समाधान गर्न सकिन्छ भन्ने स्पष्ट योजनाथियो उनीसँग । लोडसेडिङ हटाउन, विद्युत् प्राधिकरणको वित्तीय स्वास्थलाई तन्दुरुस्त राख्नतथा चुहावट घटाएर मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउने जिम्मेवारीका साथउनलाई तत्कालीनऊर्जामन्त्रीजनार्दन शर्माले प्राधिकरणका कार्यकारी निर्देशकबनाएकाहुन् ।
तत्कालीनऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले पूर्वाग्रहीभएर घिसिङलाई झन्डै एक वर्षभन्दा बढी समय पदविहीनबनाएकीथिइन् । पछि उनलाई राहुघाट जलविद्युत् आयोजनाको प्रमुखको जिम्मेवारी दिइएको थियो । राहुघाटको प्रमुखहुँदै गर्दा उनले राजिनामा गरेर कार्यकारी निर्देशकभएकाथिए ।चिलिमे जलविद्युतकम्पनी लिमिटेडको प्रमुखकार्यकारी अधिकृत (सीईओ) को रुपमाकाम गरेका थिए । उनले चिलिमेमा रहँदा २७० मेगावाटका ४ ओटा जलविद्युतआयोजनानिर्माणको चरणमा पु¥याएकाथिए । चिलिमेमा सफलभएकाकुलमानले देशबाटै लोडसेडिग हटाए ।
उनले कमान्ड सम्हालेको तीनवर्षमा आपूmले लिएकामुख्यअभिभारा पूरा गरे । उनको कार्यकाल सकिन अब ११ महिनामात्रबाँकी छ । बाँकी समयभित्र पेन्डिङ काम सक्न दिनरात खटिरहेका छन् । रातदिननभनी खट्दा आज मुलुकबाट लोडसेडिङ एकादेशको कथाभयो । अर्बौं रुपैयाँ सञ्चित नोक्सानमा रहेको प्राधिकरणलाई गतवर्ष ७ अर्ब २० करोड रुपैयाँनाफामा पुर्याए । २५ प्रतिशत रहेको चुहावटलाई १० प्रतिशत घटाएर १५ प्रतिशतमा सीमित गरे । यस्तै आगामीवर्षदेखि बर्खाका ६ महिनाभारतबाट बिजुलीकिन्ननपर्ने अवस्थामा पुर्याए । अब भारतबाट आयातहुने बिजुलीविस्तारै कमहुँदै जाने भएको छ ।
यति छिटो लोडसेडिङअन्त्यहुनेमा उनीआफैंविश्वास गरेका थिएनन् । ‘लोडसेडिङ त हट्छ, तर केही समय लाग्ने अनुमान गरेको थिएँ, तर छिट्टै हटाउन सफलभइयो,’ उनी भन्छन् । लोडसेडिङ हटाउन उपभोक्ताबाट ठूलो साथपाएको उनको भनाइ छ । लोडसेडिङ हटाउन उनले ग्राहकलाई साँझपिकआवरमा आइरन, हिटर, पानीतान्ने मोटर, विद्युतीयचुलो जस्ता बढी बिजुलीखपत गर्ने उपकरण प्रयोग नगर्न गरेको आग्रहलाई उपभोक्ताले सहर्ष स्वीकार गरेका कारण लोडसेडिङ हटाउन सहजभएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘लोडसेडिङ हटाउन भनेर म नेपालविद्युत् प्राधिकरणको कार्यकारी निर्देशकभएको हुँ । लोडसेडिङ हटाउन अलि समय लाग्ने अनुमान गरेका थियौं, तर छिट्टै सफलभयौं । पहिलो चरणमा काठमाडौंबाट सुरु गरेर देशभर लोडसेडिङ मुक्त गर्न सफलभइयो ।’
मागव्यवस्थापनमा सर्वसाधारणसँग भावनात्मक सम्बन्ध राम्रो हुनुका साथै बिजुलीखपतको व्यवहारमा परिवर्तन आयो । सहयोग गरिदिनु पर्यो भन्दा सोचेभन्दा बढी सहयोग पाइएको उनी बताउँछन् ।
त्यसबेलालोडसेडिङ त हट्यो, तर समस्या धेरै थिए । त्यसमाथिप्राविधिक र व्यवस्थापनका समस्याझन् धेरै थिए । लोडसेडिङले थपलोडसेडिङ निम्त्याएको थियो । इन्भर्टर मुख्य समस्याथियो । इन्भर्टरले लोडसेडिङ बढाइरहेको थियो । यो एकै पटक गर्न सम्भव पनिथिएन । चुहावट अधिकथियो ।
तीनवर्षमा गरेको विद्युत् मागप्रक्षेपण २ हजार मेगावाट बढी थियो । तीनवर्षअघि एक हजार ६ सय मेगावाट प्रक्षेपण थियो । मागव्यवस्थापन गरेर यसलाई एक हजार दुई सय मेगावाटमा झारियो । अहिले एक हजार दुई सय मेगावाट हाराहारीमा छ । पिकआवरलाई कसरी व्यवस्थापन गर्ने मुख्य चुनौती थियो ।
त्यसबेलामागव्यवस्थापन गर्न चुहावट घटाउने, सुख्खायाममाआयोजनाबाट बिजुलीउत्पादनक्षमता घटाउने र भारतबाट कसरी आयात गर्ने भन्ने ठूलो चुनौती रहेको घिसिङ सुनाउँछन् । केहीले उनलाई भारतबाट बिजुलीआयात गरेर लोडसेडिङ हटाएको भन्नसमेत भ्याए । ‘म आउनुअघि नै बिजुलीआयातभइरहेको थियो, तर लोडसेडिङ हटेको थिएनकिन?’ उनीप्रश्न गर्छन् ।
उनकाअनुसार आयात बढाउन र बिजुलीव्यवस्थापन गर्न त्यसबेलारिगर्स एक्साइज गरिएको थियो । जुनकामउनीभन्दा अघिका कार्यकारी निर्देशकले गरेका थिएनन् । त्यसबेलाबिजुलीआयात बढाउन कुलमानबिहार र उत्तर प्रदेशसम्मपुगेका थिए । उनले बिहार र उत्तरप्रदेशकामुख्यमन्त्रीहरुलाई भेटेर सहयोग मागेका थिए । उनीहरुले सहयोग पनि गरे ।
लोडसेडिङ त हट्यो, तर यसलाई निरन्तरतादिनउनलाई ठूलो चुनौतीथियो । त्यसबेलाउनले ट्रान्सफर्मर थप्ने, आपूर्ति बढाउने तथाआयातव्यवस्थापन गर्ने जस्ता महत्त्वपूर्ण काम समेत गरे ।
प्रणालीमा आएको समस्याले बिजुलीआपूर्ति अनियमिततथा सबै प्रसारणलाइन ओभरलोडले समय समयमालाइन ट्रिपिङ भइरहेको छ । लोडसेडिङ हटे पनिअझै नियमितरुपमा गुणस्तरीय बिजुलीदिननसकेको घिसिङ स्वीकार्छन् । नियमित र गुणस्तरीय भरपर्दो बिजुलीदिनकालागि प्रसारणलाइनको क्षमताविस्तार, ट्रान्सफर्मर र सबस्टेसनको विस्तारको कामभइरहेको उनले बताए । उनीकार्यकारी निर्देशक भएपछि विद्युत् आपूर्ति बढाउन थपतीनहजार मेगावाट क्षमताका सबस्टेसन निर्माण भइसकेका छन् । लोडसेडिङ हटाएर मात्र हैन वितरण प्रणालीमा पनि सुधार गर्नुपर्ने छ । लोडसेडिङ भनेको टप टु बटमसम्म हेर्नुपर्ने उनको भनाइ छ ।
पहिलाकाकार्यकारी निर्देशकमा डेडिकेसन भएन
पूर्व कार्यकारीहरुले जुन सुझबुझ र डेडिकेसनका साथकाम गर्नुपथ्यो त्यो नदेखिएको उनको भनाइ छ । धेरै एमडीले यी कुरा बुझेका थिएनन् । बिजुलीइन्जिनियर घिसिङ भन्छन्, ‘इन्टिग्रिटी र डेडिकेसन महत्त्वपूर्ण कुरा हो । एमडी नै काममालागेपछि सबैले गर्छन् र विश्वास पनि बढ्छ । नेतृत्व कसरी जान्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।’
आगामी दिन
हिजोका दिनमालोडसेडिङ हटाउन चुनौतीको ठूलो पहाड थियो भने आजकादिनमा परिदृश्य फरक भएको छ । अब लोडसेडिङ अन्त्यपछि अर्को चुनौतीआएको उनी बताउँछन् । उत्पादनभएको बिजुलीको खपत कसरी बढाउने भन्ने मुख्यचुनौती देखिएको छ । हिजो लोडसेडिङ हुँदाप्राधिकरण घाटामा थियो । आज बढी भएको बिजुली बेच्न सकेन भने घाटामा जान्छ । अबको चुनौती उल्टो भएको भन्दै घिसिङ भन्छन्, ‘अब रिलायबलिटी, क्वालिटी र सेप्mटी तीनओटा महत्त्वपूर्ण कुरा पनि पूरा गर्नुछ ।’
प्रसारण तथावितरण प्रणाली राम्रो भएनभने मागहुँदैन र बिजुली बढी भएर घाटा हुन्छ । उत्पादनभएको बिजुलीलाई २४ सै घण्टा आपूर्ति र बढी भएको बिजुलीभारतमा कसरी बेच्ने भन्ने मूल समस्या देखिएको छ । यस वर्षदेखि नै बर्खामा बिजुली केही बढी भएको छ । आगामीवर्षदेखि बर्खाको ६ महिनाआप्mनै बिजुलीले पुग्ने छ । सुख्खायाममा केहीआयात गर्नुपर्ने हुन्छ । आगामीवर्ष आयातभन्दापनि बढी बेच्ने योजनाप्राधिकरणको छ । बिजुलीमाग बढाउन विद्युतीय सवारीसाधनचलाउनचार्जिङ स्टेसन निर्माण तथा इन्डक्सन चुलो ल्याउनुपर्छ । यसकालागि सबस्टेसन र वितरण प्रणाली विस्तार गर्न ठूलो चुनौती छ ।
यस्तै बिजुलीको माग हरेक घण्टा फरक हुन्छ, तर आपूर्ति एउटै हुन्छ । बढीलाई हेरेर आपूर्ति बढाउँदा बिजुली बढी हुन्छ । न्यूनलाई हेरेर कमआपूर्ति गर्दा लोडसेडिङ हुने अवस्था आउँछ । यसको व्यवस्थापन नै प्रमुखचुनौतीहो ।