काठमाडाैं। माया खोला हाईड्रोपावर कम्पनीको सर्वसाधारणमा निष्कासीत प्राथमिक सेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त सेयर बाँडफाँट भएको हो। माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयरको निष्कासनमा आवेदनहरुको विवरण प्राप्त भएको छ ।
प्रभु क्यापिटलमार्फत निष्कासन तथा बिक्री प्रबन्धक भई माघ १३ देखि १७ गतेसम्म सार्वजनिक रुपमा निष्कासन खुला गरिएको थियाे।
माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणका लागि निष्कासित १९ लाख ९२ हजार कित्ता सेयरका लागि माग भन्दा अधिक सेयरका लागि आवेदन प्राप्त भएकाले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ।
उक्त बाँडफाँडमा रितपुर्वक प्राप्त भएका आवेदकमध्ये जम्मा १ लाख ९९ हजार २ सय जना आवेदकलाई १० कित्ताको दरले १९ लाख ९२ हजार कित्ता सेयर बाँडफाँड गरिएको हो।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट तथा सिडिएससिको वेबसाइट बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।
हाल माया खोला हाईड्रोपावर कम्पनीले प्रवर्द्धन गरेको मायाखोला जलविद्युत आयोजनाको १४.९ मेगा क्षमताको विद्युत उत्पादनको आन्तरिक परिक्षण सम्पन्न भैसकेको छ।
नेपाल विद्युत प्राधिकरणबाट परिक्षण भैरहेको र आगामी १५ दिन पश्चात व्यापारिक उत्पादन कार्य सुरू गरिने कम्पनीका प्रबन्ध सञ्चालक दिनेशप्रसाद श्रेष्ठले जानकारी दिए।