काठमाडौं। अहिले हरेक चिया पसल तथा स–साना जमघटमा कुनै विषयको चर्चा हुन्छ भने त्यो अर्थतन्त्रको विषय हुने गर्छ। नेपालका सन्दर्भमा अन्य देशजस्तै निजी क्षेत्रमा गएको जुन कूल कर्जा छ, त्यो हाम्रो अर्थतन्त्रको आकारभन्दा पनि ठूलो भइसकेको छ।
जुन यो अदृश्य ‘फेनोमेना’ नेपालमा छ, यो कसरी भयो? के यो दिगो छ? यसले कुनै दुर्घटना निम्त्याउने होइन? भन्नेजस्ता प्रश्न मलाई उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहँदै गर्दा धेरैले सोधका छन्।
नेपालको अर्थतन्त्रको आकार कति छ र कूल कर्जा कति प्रवाह भएको छ भन्ने प्रश्न थुप्रै ठाउँमा उठिरहेका छन्। यसको जवाफ म के दिन्छु भने नेपालका बैंक तथा वित्तीय संस्थाले धितो लिएर कर्जा प्रवाह गर्ने गरेका छन्। कूल प्रवाहित कर्जामध्ये ‘ट्रेडिङ’ तर्फ बढी छ।
त्यही कारण राजस्व परिचालन सहज भएको पुष्टि पनि भइसकेको छ। अर्थतन्त्रको वृद्धि हेर्ने हो भने औसत ४.३ देखि ४.४ प्रतिशतहाराहारी छ। तर, हाम्रो राजस्व वृद्धिको लक्ष्य हेर्ने हो भने धेरै बढी छ।
मैले बारम्बार भनिरहेको छु, ट्रेडिङतर्फ जाने कर्जाको हिस्सा अत्यधिक छ। नेपालमा बारम्बार उत्पादनशील क्षेत्रमा मात्र लगानी गर्नुपर्ने, बढाउनुपर्ने कुरा आइरहन्छ। उत्पादनमूलक क्षेत्रमा पक्कै पनि लगानी हुनुपर्छ किनभने त्यो क्षेत्रमा लगानी नभई हाम्रो आर्थिक वृद्धि हुन सक्दैन।
नेपालको अर्थतन्त्रको आकार कति छ र कूल कर्जा कति प्रवाह भएको छ भन्ने प्रश्न थुप्रै ठाउँमा उठिरहेका छन्। यसको जवाफ म के दिन्छु भने नेपालका बैंक तथा वित्तीय संस्थाले धितो लिएर कर्जा प्रवाह गर्ने गरेका छन्। कूल प्रवाहित कर्जामध्ये ‘ट्रेडिङ’ तर्फ बढी छ।
देशमा रोजगारी सिर्जना गर्न सक्दैनौं। तर, ट्रेडिङ पनि जरुरी रहेको कुरा अहिलेको राजस्व गिरावटले देखाइसकेको छ। लक्षित राजस्व संकलन गर्न ट्रेडिङको महत्वपूर्ण योगदान छ। जुन राजस्व ‘ग्रोथ’ को कुरा हामीले गरिरहेका छौं, त्यो जिडिपिको ग्रोथभन्दा चार गुणा बढी छ। सायद, ट्रेडिङ नभएको भए उत्पादनमूलक क्षेत्रबाट मात्रै यसरी राजस्व उठ्दैन थियो होला। तर, मैले यो भन्दै गर्दा उद्योग किन चाहियो भन्न खोजेको होइन।
उद्योग नभए देशभित्र रोजगारी सिर्जना हुँदैन। राजस्व एउटा कुरा होला, तर हामीले रोजगारी सिर्जना नगर्ने हो भने जुन गतिमा आज हाम्रा युवा देश छाडेर बाहिरिएका छन्, त्यो गति अझ बढ्न सक्छ। अहिले जति मात्रामा दिनहुँ बाहिर गइरहेका छन्, यो अवस्था यसभन्दा पहिले कहिल्यै पनि थिएन।
उनीहरूले नै पठाएको रेमिट्यान्सले हाम्रो अर्थतन्त्र टिकेको छ, चलेको छ। अन्तर्राष्ट्रिय व्यापार गर्न सकेका छौं। झन्डै महिनाको १ खर्ब २० अर्ब रुपैयाँहाराहारी रेमिट्यान्स नेपाल भित्रिरहेको छ।
हाम्रो अर्थतन्त्र अहिले सबल स्थितिमा छ, यसमा कुनै दुई मत छैन। रेमिट्यान्सले नै आज ‘कन्जम्प्सन ड्राइभ’ गरेको छ। कन्जम्प्सनले रेभिन्युलाई ड्राइभ गरेको छ। हाम्रो अर्थतन्त्र यसरी नै चलेको छ।
अर्को प्रश्न, अहिले अर्थतन्त्रमा के भइरहेको छ? यो अवस्थामा हामी कसरी पुग्यौं? भनेर सोध्ने गर्छन्। हाम्रो अर्थतन्त्रलाई एउटा बस सम्झौं, त्यो बसमा हामी सबै ‘स्टेकहोल्डर’ बसेका छौं। बसलाई अर्थ मन्त्रालयले ‘ड्राइभ’ गरेको छ।
यसमा हाम्रो मौद्रिक नीति पर्छ वा हाम्रा आर्थिक नीति पनि समावेश छन्। हामी निजी क्षेत्रभित्र रहेका ‘सर्भिस प्रोभाइडर’ देखि सबै स्टेकहोल्ड बसमा यात्रुजसरी बसेका छौं।
जसरी अर्थ मन्त्रालयले जुन गतिमा डोहोर्याउन खोजेको छ, हामी सामान्यतया यात्रुहरू त्यही गतिमा गइरहेका हुन्छौं। बेलाबेला अर्थतन्त्रलाई प्रभावित बनाउन हामीबीच धेरै ‘स्पिड ब्रेकर’ आए। राजनीतिक परिवर्तनका बेला जस्तै गरी अर्थतन्त्रको स्पिड ब्रेकर लाग्यो र गति कम भयो।
रेमिट्यान्सले हाम्रो अर्थतन्त्र टिकेको छ, चलेको छ। अन्तर्राष्ट्रिय व्यापार गर्न सकेका छौं। झन्डै महिनाको १ खर्ब २० अर्ब रुपैयाँहाराहारी रेमिट्यान्स नेपाल भित्रिरहेको छ। हाम्रो अर्थतन्त्र अहिले सबल स्थितिमा छ, यसमा कुनै दुई मत छैन। रेमिट्यान्सले नै आज ‘कन्जम्प्सन ड्राइभ’ गरेको छ। कन्जम्प्सनले रेभिन्युलाई ड्राइभ गरेको छ। हाम्रो अर्थतन्त्र यसरी नै चलेको छ।
फेरि अगाडि अलिकति बढ्यो। फेरि अगाडि १८ घन्टासम्मको ‘लोडसेडिङ’ का रूपमा नयाँ स्पिड ब्रेकर देखापर्यो। त्यसले पनि हाम्रो अर्थतन्त्र एकदमै कमजोर अवस्थामा पुर्यायो। त्यसलाई पनि हामीले पार गर्यौं। फेरि भूकम्प, नाकाबन्दीलगायत अनेक स्पिड ब्रेकर आइपुगे।
त्यसपछि ‘कोभिड–१९’ नामक अर्को स्पिड ब्रेकर देखापर्यो। यी सबै स्पिड ब्रेकर ‘एक्सटर्नल’ थिए। तर, ती सबै स्पिड ब्रेकर छिचोल्दै अघि बढेका थियौं।तर, पहिलोपटक यसपालि हाम्रो अर्थतन्त्रको इन्जिन बिग्रियो। यसको मतलब त्यसमा पेट्रोल/डिजेल सबै सकियो। किनभने, तरलता सखाप भयो। हाम्रो अर्थतन्त्र चार प्रतिशतको ‘स्पिड लिमिट’ मा छ, तर हामीले हाम्रो बसलाई ८/९ प्रतिशतको स्पिडमा कुदायौं।
कुदाउने अर्थ मन्त्रालय हो। राष्ट्र बैंकले नै कुदाएका हुन्। कर्जाको पुनर्संरचना गर्यौं, पुनर्कर्जा दियौं। हामीले अनेक किसिमका सहुलियत पनि दियौं। यसले गर्दा हाम्रो अर्थतन्त्र जति गतिमा बढ्नुपर्ने थियो, त्योभन्दा एकदम तीव्र्र गतिमा बढ्यो। त्यो कारोना महामारीको समय थियो। त्यसपछि भित्र बसेका यात्रुले पनि ताली बजाए, कति रमाइलो भयो, हामी गन्तव्यमा चाँडै पुग्ने भयौं भन्ने सबैलाई लाग्यो।
हामी सबै खुसी पनि भयौं र ताली पनि बजायौं र ताली बजाउँदै गर्दा हामीले केही दायाँबायाँ दुर्घटना भएको पनि देख्यौं। श्रीलंका दुर्घटना भएको देख्यौं, पाकिस्तान पनि अलिकति दुर्घटनामा गएको देख्यौं, बंगलादेश पनि दुर्घटना भएको देख्यौं।
अलिकति हामी उकालो लाग्दै गयौं। उकालो लाग्दा जुन बस ड्राइभरहरूले एकदमै ठूलो दुर्घटनाको खतरा देखे। दुर्घटना आउँछ कि भनेर झ्याम्मै ब्रेक लगाए। त्यसपछि के–केमा ब्रेक लगाएभन्दा सबैभन्दा पहिलो ‘सिसिडी’ बाट ‘सिडी’ मा झारेर ब्रेक लगाइयो। यसपछि सेयर कर्र्जा निरुत्साहित गर्न ४/१२ को नीति अख्तियार गरियो।
त्यसपछि आयात निरुत्साहित नीति अघि बढाइयो। त्यसपछि सबैभन्दा ठूलो ब्रेक चालू पुँजी कर्जा निर्देशिकामार्फत लगाइयो। यो झ्याम्म बे्रक लाग्दा भित्र बसेका स्टेकहोल्ड जो–जो थिए, उनीहरू कसैको खुट्टा भाँचियो, कसैको टाउको फुट्यो, कसैले पीडा नै खप्न नसकेर आत्महत्या गरे।
हामी सबै खुसी पनि भयौं र ताली पनि बजायौं र ताली बजाउँदै गर्दा हामीले केही दायाँबायाँ दुर्घटना भएको पनि देख्यौं। श्रीलंका दुर्घटना भएको देख्यौं, पाकिस्तान पनि अलिकति दुर्घटनामा गएको देख्यौं, बंगलादेश पनि दुर्घटना भएको देख्यौं।
हामीले बस अर्थात अर्थतन्त्र त बचायौं तर अब जुन दुर्घटनाग्रस्त अवस्थामा भित्रका यात्रुहरू छन्, तिनलाई कसलाई बचाउने? बस त बच्यो भन्नाले हाम्रो अर्थतन्त्र सन्तुलनमा आइसक्यो। बिस्तारै तरलता पनि ठिकठाक अवस्थामा आउने क्रममा छ। तर, भित्रका यात्रु घाइते छन्, उनीहरूलाई अब पनि नबचाएको खण्डमा बस कसरी गन्तव्यस्थलमा जान्छ? यो आधार हेर्दा हामीले यात्रुलाई पनि उदीयमान बनाउन जरुरी छ।
हुन त यो हास्यास्पद लाग्छ सक्छ, तर वास्तविकता यही हो। हामीले समयमै हाम्रा चालकले खतरालाई टाढैबाट देखेर राम्रो चालकको जस्तो गरी समयमा नै बे्रक लगाउन सकेको भए यस्तो अवस्था आउने थिएन।
नराम्रो चालकले खतरा सामुन्नेमै आएको देखेपछि मात्र ब्रेक लगाउने गर्छ। अहिले हाम्रो अर्थतन्त्रमा पनि भएको यही हो। यो खतरा हामीले समयमा देख्न सकेको भए अनुमान लगाउन सकेको भए यो दुर्घटना हुँदैन थियो। हामीले सबै यात्रुलाई खतरा छ, सिट बेल्ट बाँधौं भनेर भनेको भए र ब्रेक लगाउनुभन्दा सचेत गराउन सकेको भए यो तहको क्षति हुने थिएन।
त्यसैगरी ‘अटोमोटिभ’ क्षेत्रमा ‘कमर्सियल भेहिकल’ को कुरा गर्ने हो भने ९० प्रतिशतभन्दा बढी संकुचनमा छन्। त्यसैगरी सेवा क्षेत्र तथा अन्य क्षेत्रमा पनि ठूलो संकुचनमा छन्। यसले गर्दा राजस्व परिचालन गर्न सकिएको छैन। अर्थतन्त्रलाई चलायमान बनाउने हो भने हामीले केही ‘क्यालकुलेटिभ रिस्क’ लिनुपर्ने हुन्छ।
तर, यो दुर्घटना सधैं रहँदैन। यो दुर्घटनामा सबैभन्दा चलाख बसका सहचालक रहेछन्। सहचालक चाहिँ खासमा बैंकहरू हुन्। उनीहरूले खतरा देखेर बसबाट हामफालिहाले। त्यसपछि उनीहरू दुर्घटनामा परेनन् र केही पनि भएन।
तर, हाल भने बैंकहरूलाई पनि अप्ठेरो परेको छ किनभने हामफाल्दा उनीहरूलाई पनि चोटपटक लागेको छ। सहचालकको शरीरभरि ‘एनपिएल’ का घाउ देखिन थालेका छन्।
घाउ भए पनि भित्र आउनुपर्यो, अर्थतन्त्र चलाउनुपर्यो। बाहिर बसेर रमिता हेरेर भएन। त्यसका लागि फेरि ऋण दिनुपर्यो, खतरा मोल्नुपर्यो। भनेपछि हामी सबै एउट स्टेकहोल्डर छौं। तर, यति भन्दै गर्दा हामीले यो कुरा भन्नैपर्छ। झ्याम्म ब्रेक हानेको मात्र हो तर पछि बंगलादेश र पाकिस्तानको जस्तै दुर्घटनामा परेको भए हामी त्यसबाट पार पाउन सक्दैन थियौं।
अहिले संकेत राम्रा देखिसकेका छन्। हाम्रो ‘ब्यालेन्स अफ पेमेन्ट’ को अवस्था पनि राम्रो भएको छ। वाणिज्य बैंकमा देखिएको तरलता जबसम्म विकास बैंक, फाइनान्स तथा सहकारीसम्म जाँदैन, तबसम्म हाम्रो अर्थतन्त्र चलायमान हुन सक्दैन। हामी अहिले सुरक्षित भएर अर्थतन्त्र बचाइरहेका छौं। जबसम्म माग बढ्दैन, तबसम्म बैंकमा कर्जाको माग बढदैन। जबसम्म माग वृद्धि हुँदैन्, तबसम्म आयात बढ्दैन, राजस्व बढ्दैन।
अर्थतन्त्र चलायमान र तरलता पर्याप्त भएका बेला नयाँ–नयाँ उद्यमीहरूको जन्म हुन्छ। अहिलेको अवस्थामा धेरै सोचेर निर्णय लिनुपर्ने हुन्छ। उद्योग वाणिज्य महासंघले अध्ययन नै गरेको छ, धेरैजसो क्षेत्र ठूलो संकुचनमा छन्। हाम्रो सबैभन्दा ठूलो क्षेत्र भन्नाले हाम्रो ‘कन्स्ट्रक्सन’ क्षेत्र ५० देखि ६० प्रतिशत संकुचनमा गएका छन्।
त्यसैगरी ‘अटोमोटिभ’ क्षेत्रमा ‘कमर्सियल भेहिकल’ को कुरा गर्ने हो भने ९० प्रतिशतभन्दा बढी संकुचनमा छन्। त्यसैगरी सेवा क्षेत्र तथा अन्य क्षेत्रमा पनि ठूलो संकुचनमा छन्। यसले गर्दा राजस्व परिचालन गर्न सकिएको छैन। अर्थतन्त्रलाई चलायमान बनाउने हो भने हामीले केही ‘क्यालकुलेटिभ रिस्क’ लिनुपर्ने हुन्छ।
अहिले नेपालमा ३० हजारभन्दा बढी सहकारी छन्। जबसम्म त्यहाँ तरलतामा सुधार आउँदैन, तबसम्म हाम्रो अर्थतन्त्र चलायमान हुन सम्भव छैन।
(गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन्।)