चिनियाँ राष्ट्रपति सी चिनफिङको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छोटो अनौपचारिक भेटले केही मूर्त परिणाम ल्याएको छ । विश्लेषकहरुका अनुसार राष्ट्रपति सीको हत्तारोको तीन दिने नेपाल/भारत भ्रमण वेइजिङका लागि अत्यावश्यक सफलता थियो ।
आफ्नो भूराजनीतिक प्रतिद्वन्द्वी अमेरिकासँग व्यापार युद्ध र आफ्नै मुलुकभित्र हङकङ र सिन्जियाङको ताजा तनावबीच सीको भ्रमणले औसत तितो सम्बन्ध रहने वेइिजङ र भारतबीचको व्यापार सम्बन्धमा न्यायोपन आएको देखिएको छ ।
नेपालको दुई दिने राजकीय भ्रमणमा सिले रेलमार्ग, बन्दरगाह र उर्जालगायत २० परियोजनालाई समेटेर समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यसले आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ्सलगायत विवादित ग्लोवल इन्भेष्टमेन्ट र इन्फास्ट्रक्चर स्कीममा नेपालको समर्थन जुटाउन सफल भएको छ ।
बंगालखाडीको तटमा डुल्दै, साढे दुई घण्टाको प्राइभेट डिनर वा दक्षिण चेन्नाईको ऐतिहासिक रिसोर्ट शहर ममल्लापुरममा आपसी कुराकानी होस्, सि र मोदीबीच शुक्रबार बेलुकी र शनिबार कस्ता विषयमा छलफल भए भन्ने कुराको थोरै मात्र विवरण छ । तर, दुवै पक्षले भिन्दा भिन्दैरुपमा जारी गरेको आधिकारिक वक्तव्यको आधारमा धेरै विश्लेषकहरु मान्छन् कि भारत भ्रमण चीनका लािग परिणामुखीभन्दा पनि सकारात्मक भएको छ । किनभने दुवै नेताहरुले उक्त भेटवार्तामा दुई देशबीचको गम्भिर द्धीपक्षीय मामिलालाई सुल्झाउने प्रयास गरेका छन् । ती मामिलामा काश्मिरदेखि बेल्ट रोड योजना र चिनियाँ टेलिकम जाइन्ट हुवावे पनि समावेश भएका छन् ।
‘सम्मेलन हेर्दा भव्य, शानदार र निकै राम्रो सुनिन्थ्यो तर यसको मूर्त परिणाम भने सानो रह्यो,’नयाँ दिल्ली स्थित सेन्टर फर पोलिसी रिसर्चमा स्ट्राटेजिक स्टडीजका प्राध्यापक ब्रह्मा चिलाने भन्छन् ।
भारतीय विदेश सचिव विजय गोखालेका अनुसार शनिबार भारतले उक्त दोस्रो अनौपचारिक सम्मेलनमा चीनले प्रस्ताव गरेको फ्रि ट्रेड एग्रीमेन्ट रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरशिप (आरसीईपी)को विषयमा कुरा उठाएको थियोे ।
चीनको वुहानमा यस अघिको पहिलो सम्मेलनमा गरेको बाचा दुई देशले पुनःसुनिश्चित गरेका छन् । ‘दुवै पक्षले आफ्नो फरकपनालाई होसियारीपूर्वक व्यवस्थापन गरी कुनै पनि मामिलामा विवाद उत्पन्न गर्ने त्यस्ता फरकपनालाई निषेध गर्नेछ ।’ भारत सरकारको वक्तव्यमा उल्लेख छ । तर, उक्त भेटवार्तामा चीनको विवादित हुवावेको फाइभजी नेटवर्क र काश्मिरको विशेष स्वायक्त अधिकारलाई रद्द गर्ने भारतको निर्णयमाथि कुनै छलफल नभएको गोखालेले बताएका छन् ।
सी र मोदीबीच मित्रवतः रुपमा खुल्ला वार्ता भइरहँदा मोदीले चेन्नाईको वार्तालाई दुई देशबीचको सहकार्यको नयाँ युगका रुपमा स्वागत गरेका छन् । थोरै मूर्त परिणाममध्येको एक चीनसँग भारतको व्यापार घाटालाई समाधान गर्न नयाँ मेकानिज्मको विकासबारे छलफल रह्यो । गत वर्ष चीनसँग भारतको व्यापार घाटा ५३ विलियन अमेरिकी डलर रहेको थियो ।
गोखालेका अनुसार सिले भारतसँगको व्यापार घाटालाई कम गर्न जुनसुकै असल कदम उठाउन तयार भएको र स्पष्ट तरिकाहरुका विषयमा छलफल गर्न तयार भएको बताए । तर, चिलानेले भने दुवै देशले सम्बन्ध सुधारको मामिलामा साझा बाचा गरे पनि गत वर्षको अप्रिलमा सम्पन्न वुहान सम्मेलनपछि दुवै पक्षबाट थोरै मात्र प्रगति भएको बताए । उनले भने ‘व्यापार वार्ताका लागि भारतले प्रतिवद्धता जनाउनु चीनको लागि ठूलो कूटनीतिक जीत हो ।’
सिचुवान विश्वविद्यालयका भारत सम्बन्धि जानकार सन सिहाईका अनुसार भारत र चीनको द्वीपक्षीय सम्बन्धमा बर्षौसम्म अवरोध पुर्याइरहेको पुरानो मुद्दाहरुको तीव्र समाधानका लागि यो पछिल्लो सम्मेलनले कुनै समाधान निकाल्न नसक्नु आश्चर्यको कुरो होइन । ‘धेरैओटा उच्चस्तरिय सम्मेलनहरुको बावजूद पनि दुई देशबीच गहिरो आशंका र दुश्मनी रहँदै आएको छ । आफूहरुबीचको मतभिन्नता र असमझदारीलाई हटाउन शिर्ष नेताहरुले राम्रो व्याक्तिगत सम्बन्ध पनि निर्माण गर्नुपर्छ ताकि द्वीपक्षीय सम्बन्धमा दीर्घकालिन तथा रणनीतिक विकासका लागि स्पष्ट रुपरेखा तयार गर्नसकियोस्’ सिहाईले भने ।
सिहाईका अनुसार यो सम्बन्धमा एउटा ब्रेकथ्रु अकल्पनीय छ, विशेषगरी दुर्गम हिमाली क्षेत्रमा रहेको सीमा विवादका कारण १९६२ मा दुई देशबीच युद्ध भएको थियो । जसका कारण २०१७ मा ७० दिनसम्म तनावपूर्ण अवस्था झेल्नु परेको थियो ।
सिहाईका अनुसार दुबै मुलुकले आआफ्नो वक्तव्यमा सीमा विवादको विषयलाई समेटेका छन् । २०१५ मा सीमा मामिलामा दुवै मुलुकले रणनीतिक र उचित स्वार्थ लिएर अघि बढ्ने राजनीतिक सम्झौता गरेको कुरालाई उक्त वक्तव्यमा उद्रण गरिएको थियो ।
‘अमेरिकासँग बढ्दो व्यापार तनाब र वैश्विक अनिश्चितताको वास्तविकताभन्दा फरक रहेर अहिले चीन भारतसँग सम्पूर्ण मतभेदको अन्त्य गरी एउटा साझा धरालत खोज्न लालाहित छ,’ सिहाईले भने, ‘यो अनौपचारिक सम्मेलनताका दुई नेताले व्यक्तिगतरुपमा भेटघाट गरी समय बिताउनु वेइजिङका लागि धेरै नै सकारात्मक कुरा हो । यसले २०१७ को सीमा विवादपछि द्वीपक्षीय सम्बन्ध अगाडी बढेको संकेत गरेको छ ।’ तर, भारतीय विश्लेषकहरुको भने सिको भारत भ्रमणलाई लिएर मिश्रित धारणा ब्यक्त गरेका छन् । १९९६ पछि पहिलो पटक चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण जुन ट्रान्स हिमालयन रेलमार्गसहित विभिन्न सम्झौतासँग समापन भएको थियो । उनिहरु सिको नेपाल भ्रमणलाई लिएर होसियार छन् ।
मोदीसँगको अनौपचारिक भेटघाटपछि नेपालको यात्रा र भारतको भ्रमणको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्रीको पछिल्लो हप्ता चीन यात्राले भारतका लागि सम्बन्धमा प्रतिस्पर्धा र तनाव रहिरहने देखिन्छ । चिलाने भन्छन्, ‘नेपाल भ्रमणबाट भारतकै अगाडी सिले कसरी आफ्नो रणनीतिक महत्वकांक्षालाई पुरा गर्दै छन् भनेर देखाएको छ । उनले भारतको पारस्परिक मित्र नेपालसँगको सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरन्नोती गरेका छन् ।’
नयाँ दिल्लीस्थित सेन्टर फर पोलिसी अल्टरनेटिभ्सका अध्यक्ष मोहन गुरुस्वामीका अनुसार ल्हासा र काठमाडौंलाई जोड्ने प्रस्तावित रेलमार्गले भारतका लागि सुरक्षागत प्रभाव पार्नसक्ने छ । ‘भारतले काठमाडौंको रेललाई आफ्नो रेल सिस्टमसँग जोड्ने प्रणालीको निर्माणका लागि अफर नदिएसम्म यो परियोजना चल्नसक्दैन ।’ उनले भने ‘चीन नेपाल रेल लिंकको सुरक्षा परिणामबारे भारतमा केही हल्लाहरु चलिरहेका छन् । तर त्यस्ता लिंकले पनि खतरा बढाउँछ । यसकारण चीन र भारतमा रहेका रणनीतिक समुदायले अझै पनि एउटा हड्डी चपाउन बाँकी छ ।’
सिहाईका अनुसार तिब्बतसँग लामो सीमा जोडिएको र करिब २० हजार निर्वासित तिब्बतीहरुको बास रहेको नेपालले चीनको राष्ट्रिय सुरक्षा र वैश्विक महत्वकांक्षाका लागि रणनीतिक महत्व बोक्छ । ‘चीन र भारत भूराजनीतिक दृष्टिले रणनीतिक प्रतिस्पर्धी भएको स्पष्ट छ र भारतले आफ्नो प्रभाव क्षेत्र मान्दै आएको दक्षिण एशियामा चीनको बढ्दो चासो र प्रवेशप्रति भारत शशंकित छ । भारतको चासोलाई समावेश गर्न चीनले सकेसम्मको प्रयास गर्दै आईरहेको छ, ’ सिहाईले भने ‘तर, यो पानीजस्तै छर्लंग छ कि चीनले आफ्नो क्षेत्रीय मित्र तथा साझेदार पाकिस्तानलाई गुमाएर भने कहिल्यै पनि राम्रो सम्बन्ध विकास गर्न सक्दैन ।’