काठमाडाैं। जगदम्बा मोटर्सले 'भ्यालेन्टाइन डे' को अवसरमा आफ्नो सम्पूर्ण टिभिएस स्कुटरमा 'टिभिएस लभ एक्सप्रेस' योजना ल्याएको छ।
योजनाको थिम 'एक्सप्रेस द पावर अफ लभ' रहेको छ। योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलका नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजार रूपैयाँसम्म स्योरसट नगद छुट पाउनेछन्।
जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइलगायत मुलुकमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ। स्मार्ट कनेक्टयुक्त एन्टर्क मुलुकमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो।
टिभिएस एन्टर्क रेस एक्सपी मुलुककाे पहिलो र एक मात्र १२५ सिसिको स्कुटर हो जसमा भएको बिएस ६ र आरटी-एफआइ इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ। यस स्कुटरले १० बिएचपी भन्दा बढीको पावर जेनेरेट गर्छ। यो स्कुटरमा एक्सपी आर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेभन्दा अझै पावरफुल भएको अनुभव हुन्छ।
यसमा भएको राइड मोड (स्ट्रिट/रेस) चेन्ज अप्सनले गर्दा आफूलाई चाहेअनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ। साथै यसमा भएको ब्लुटुथ कनेक्टिभटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाइ सजिलै आफूले चाहे जसरी कन्ट्रोल गर्न पनि सकिन्छ। यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने गर्छ।
योजनाअन्तर्गत ग्राहकले जम्मा ३ हजार ९ सय ९९ रूपैयाँ (१ सय ३३ रूपैयाँ प्रतिदिन), २५ प्रतिशत डाउनपेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
यो योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागू हुनेछ।