काठमाडौं। भ्यालेन्टाइन डेकाे अवसरमा यामाहाले रोमाञ्चक र रोम्यान्टिक स्किम ल्याएको छ। जसमा अद्भूत सरप्राइज छन्। यामाहाकाे ‘कि टु द गोल्डेन हार्ट’ स्किमले १ लाखसम्मको क्यास ब्याकको मजेदार अफर पनि ल्याएको हाे।
जसअन्तर्गत यामाहाले हरेक साता एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप दिनेछ। लक्की ड्रमार्फत हरेक साता विजेताको घोषणा गरिनेछ। यो अफर यामाहाका सिमित मोडेलको खरिदमा मात्र उपलब्ध हुनेछ।
यी मोडेल एफजेट/एसएफआइ भर्सन ३.०, एफजेट/एस एफआइ भर्सन २.०, एफजेट एफआइ भर्सन २.०, एसजेट/आरआर भर्सन २.०, साेल्ट १२५ सिसी, रे जेटआर १२५ एफआइ, फ्यासिनाे १२५ एफआइ र रे जेट ११३ सिसी छन्। यो अफर यामाहा स्कुटरमा १७ फेब्रुअरीसम्म लागू हुनेछ भने, यामाहाको बाकइमा नयाँ योजना घोषणा नगरेसम्म लागू हुनेछ।
खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा, यामाहासँग वैकल्पिक प्रस्ताव पनि छ। खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्टको विकल्प रोज्न सक्छ जुन पूर्ण रकमको २० प्रतिशत हो। यो अफर ९.९९ प्रतिशतको न्यूनतम ब्याजदरमा पनि उपलब्ध छ।
फेब्रुअरी महिना प्रेमको प्रतिक रहेको हुँदा, परस्परको यही प्रेम र आत्मियता मनाउँदै, यामाहाले एक आकर्षक साप्ताहिक उपहार ल्याएको छ। एउटा सुनको लकेट र यामाहाको सुनौलो चाबीको साप्ताहिक उपहार प्राप्त गर्ने अफर रहेको छ। यो अफर यामाहा फाइनान्स, एमएडब्लु इन्भेष्टमेन्ट प्रालिद्वारा सञ्चालन गरिएको हो।
‘हामी यो मायाको याममा’ कि टु द गोल्डेन हार्ट’ अफर सुरु गर्न पाउँदा अत्यन्तै हर्षित छौं। योजनाले बाइक उत्साहीलाई कम डाउनपेमेन्ट र न्युन ब्याज दरमा बाइक र स्कुटर किन्न पाउने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास छ,’ यामाहा नेपालका मार्केटिङ प्रमुख यम गुरुङले भने।