नेपाल टेलिकम २० वर्षमा लागेको छ। यससँगै हामीले हाम्रो गुणस्तरमा थप ध्यान दिँदै जानुपर्ने देखिन्छ। यो कुरामा हामी सबै सजग छौं भन्ने मलाई लाग्छ। हामी हाम्रा सेवा विस्तार गर्ने काम गरिरहेका छौं। हामीले ७ सय ३९ स्थानीय तहमा ‘फोरजी’ सेवा पुर्याएका छौं। हामीले सेवा विस्तार ग¥यौं तर त्यसको निरन्तरता, गुणस्तर र भरपर्दोपना कस्तो छ भन्ने कुरा सबैभन्दा बढी महत्वपूर्ण कुरा हो।
कुनै एक कम्पनीको सिइओले आफ्ना साथीहरूलाई बैठकमा ‘तिमीहरूले धेरै काम गर्नुपर्दैन, दुइटा कुरामात्र विचार गरे पुग्छ’ भनेर भन्नुभएछ। के भन्न लाग्यो भनेर सबैले चासो दिएछन्, त्यसपछि उनले भनेछन् ‘पहिलो काम तिमीहरूले आफ्नो ग्राहकको सन्तुष्टिलाई सर्वोपरी राख्नू। हाम्रो काम पनि त्यही हो।’ पहिलो काम सुनेपछि दोस्रो के होला भनेर सबैले सोचेछन् तर उनले दोस्रोमा भनेछन् ‘पहिलो कुरो कहिले नभुल्नू।’
हाम्रो काम ग्राहकको सन्तुष्टि हो। ग्राहकलाई सन्तुष्टि कहिले मिल्छभन्दा जहिले सेवा पाइन्छ। सेवा निरन्तर, भरपर्दो र गुणस्तर हुनुपर्छ भन्ने कुरामा हामीले प्रशस्त ध्यान दिनुपर्ने हुन्छ। मन्त्रीज्यूले मन्त्रालयबाट सकारात्मक सहयोग पुग्ने बताउनुभएको छ। यसले मलाईसमेत हौसला मिलेको छ। यसर्थ सञ्चालक समिति नेपाल टेलिकमलाई सहयोग गर्न हरदम तयार छ।
मैले प्रबन्ध निर्देशकसँग कार्यसम्पादन सम्झौता गरेको छु। र, त्यो कार्यसम्पादन सम्झौताको पालना होला तर ९५ प्रतिशतभन्दा माथि अंक ल्याउने गरी सम्झौताको पालना होस् भन्ने मेरो आग्रह छ। हामीले सेवा त दिन्छौं तर त्यो सेवालाई सुलभ र सस्तो दरमा देशभरि पुर्याउनुपर्ने हुन्छ। सेवा पुर्याइयो तर महँगो भयो भने र हाम्रो सेवाग्राहीले त्यसलाई धान्न सकेनन् भने सेवा पुर्याएको विषयले खासै अर्थ लाग्दैन। कहाँनेर हाम्रो लागत घटाउन सकिन्छ जसले गर्दा हाम्रो सेवाको मूल्य कम हुन्छ र हामी एकदम प्रतिस्पर्धी हुन्छौं? र, प्रतिस्पर्धात्मक वातावरणमा मजाले बाँच्न सक्छौं भन्ने कुरामा हामीले विचार गर्नुपर्ने देखिन्छ।
कुनै एक कम्पनीको सिइओले आफ्ना साथीहरूलाई बैठकमा ‘तिमीहरूले धेरै काम गर्नुपर्दैन, दुइटा कुरामात्र विचार गरे पुग्छ’ भनेर भन्नुभएछ। के भन्न लाग्यो भनेर सबैले चासो दिएछन्, त्यसपछि उनले भनेछन् ‘पहिलो काम तिमीहरूले आफ्नो ग्राहकको सन्तुष्टिलाई सर्वोपरी राख्नू। हाम्रो काम पनि त्यही हो।’ पहिलो काम सुनेपछि दोस्रो के होला भनेर सबैले सोचेछन् तर उनले दोस्रोमा भनेछन् ‘पहिलो कुरो कहिले नभुल्नू।’
यसमा हामी काम गरौं भनेर म सबैलाई आग्रह गर्न चाहन्छु। यस कुरामा सञ्चालक समितिको साथ चाहिएको खण्डमा त्यसका लागि हामी तयार छौं। अर्को कुरा, हाम्रो ग्राहकप्रतिको समर्पण भनेको कुनै गुनासो आयो भने त्यो गुनासोलाई तत्काल समाधान गर्नु हो। हामी आइटीको कुरा गर्छौं, आइटीसँग सम्बन्धित कुरा गर्छौं तर सेकेन्डको मात्र होइन कि मिलिसेकेन्ड र माइक्रो सेकेन्डको पनि महत्व हुने ठाउँमा हामीलाई ग्राहकले फोन गर्दा दुई दिनसम्म हाम्रो फोन उठेन भने त्यसको केही काम लाग्दैन।
त्यसैले हामीले ग्राहकलाई दिने सेवामा केही कमजोरी भएको महसुस मलाई भएको छ। यस्तो गुनासो हामीले प्रशस्त सुन्दै आएका छौं। तपाईंहरूले वेबसाइटमा नम्बर दिनुभएको छ तर फोन नै उठ्दैन भनेर मलाई कम्प्लेन गर्ने थुप्रै हुनुहुन्छ।
त्यसैले गर्दा यसमा हामीले अलिक बढी ध्यान दिनुपर्ने हुन्छ। ग्राहकको समस्या आएर त्यसलाई तत्काल सम्बोधन गर्न सकेनौं भने प्रतिस्पर्धाका समय छ हामीसँग ग्राहकहरू बसिरहनुहुन्छ भन्ने छैन। त्यसैले यसमा हामीले ध्यान दिऔं भन्ने मेरो आग्रह छ। प्रतिस्पर्धा बढेको छ। हिजोको दिनमा हाम्रो एकाधिकार थियो तर हाल भने प्रतिस्पर्धीहरू बढेका छन्। भ्वाइसमा हाम्रो प्रतिस्पर्धा नहोला तर इन्टरनेट सेवा प्रदायकमा हाम्रो प्रतिस्पर्धी धेरै छन्।
इन्टरनेटका कारणले अन्तर्राष्ट्रियस्तरमा गर्ने कल आवागमन कम भएको छ। यो स्वाभाविक पनि हो। बाहिर कल गर्नुपर्ने भयो भने फ्रि कल सेवाको प्रयोग गर्छन्। त्यसैले ती ग्राहकलाई हामीले हाम्रो डेटालाई सहज र सरल बनाएर आफूतर्फ आकर्षित गर्न सक्छौं। प्रतिस्पर्धामा बाँच्नुपर्दा हामीले हाम्रा सेवालाई त्यहीअनुसार प्रभावकारी बनाउँदै जानुपर्ने हुन्छ। अलिकति केही मुख्य साथीहरूले सक्रियता देखाएर ‘भिजन २०३०’ मा पनि काम गरिरहनुभएको छ। मलाई व्यक्तिगतरूपमा त्यो ‘डकुमेन्ट्री’ मनपरेको थियो। अब २०३० वा ३३ सम्म कसरी जान सक्छौं भन्ने कुराको खाका बनाएर अघि बढ्यौं भने हामी सफल हुन्छौं।
कर्मचारीको लामो समयदेखिको गुनासोका रूपमा रहेको र हामीले स्वीकारिसकेको हुँदाहुँदै टुंगोमा नपुगेको विषय छ, सावधिक जीवन बिमाको विषय। सावधिक जीवन बीमाको सन्दर्भमा सबै कुरा सकारात्मक हुँदाहुँदै एउटा कुरा सर्तका रूपमा राखेका थियौं। त्यो सर्तका रूपमा कम्पनीका धेरै कार्यालय छन्। धेरैवटा सेवा केन्द्र छन्।
कर्मचारीको गुनासोसँग मन्त्रीज्यू पनि थोरै भए पनि अवगत हुँदै जानुभएको छ। साथै, हामी बसेर छलफल गर्छौं भनेर पनि केही कुरा अघि बढाएका छौं। केही कुरामा मैले यहाँ प्रकाश पार्न पनि चाहेँ। हाम्रोमा वृत्ति विकासका कुरा सुरु भएको छ। गत वर्ष सुरु भएको यस वर्ष पनि भइरहेको छ। यस वर्ष पनि हामी वृत्ति विकासका क्यालेन्डरमा त्यहीअनुसार जान्छौं। केही काम भइरहेका छन्। कर्मचारीसँग सम्बन्धित कुरा केही हुने क्रममा छन्।
केही कामहरू सञ्चालक समितिबाट टुंगिसकेको अवस्थामा पनि अर्को निकायमा जानुपर्ने हुँदा केही समय लागेको छ। यसका केही कारण छन्। यहाँबाट पारित भएर गएकामा एउटा पर्यटन विकाससँग सम्बन्धित छ भने अर्को ट्रेड युनियनको अधिकारको सन्दर्भमा कुरा छ। यसलाई विनियमावलीमा राख्नुपर्ने विषय भएकाले विनियमावलीमा संशोधन गर्न पनि हामीसँग रहेका अन्य केही विषयमा सञ्चालक समितिमा छलफल भइरहेको छ।
त्यसैले यी कुरासँगै राखेर एकैपटक सम्बन्धित ठाउँमा पुर्याएर निष्कर्ष निकाल्ने हाम्रो योजना छ। अन्य कुरा पनि यहाँबाट जति छिटो हामीले लान सक्छौं त्यति छिटो यी कुरा टुंगिन्छन्। प्राविधिक कर्मचारीहरू जो हुनुहुन्छ, उहाँहरूलाई बढुवा प्रक्रियामा नै भाग लिन अप्ठेरो भएको भन्ने कुरा भएकाले एउटा सहज बाटो के हुनसक्छ होला र त्यसमा योग्यतालाई कसरी छलफल गर्न सकिन्छ भन्ने कुरामा बोर्डमा छलफल भइरहेको छ। मेरो विचारमा हामीबीच एकै मत भएकाले चाँडै नै यो विषय किनारामा पुग्छ।
त्यस्तै २०६६ भन्दाअघि नियुक्त भएका र निवृत्तिभरण पाउन नसक्ने अवस्थामा भएका र त्योभन्दा अगाडि करार, अस्थायी वा कुनै किसिमका ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई सामाजिक सुरक्षामा समेट्नुपर्छ भन्ने कर्मचारीको जायज मागमाथि हामी सचेत छौं। त्यही हिसाबमा सञ्चालक समितिले नै निर्णय गरेर व्यवस्थापनद्वारा गठित समितिले दिएको सुझावका आधारमा त्यसलाई हामी छिट्टै टुंग्याउने छौं।
त्यस्तै कर्मचारीको लामो समयदेखिको गुनासोका रूपमा रहेको र हामीले स्वीकारिसकेको हुँदाहुँदै टुंगोमा नपुगेको विषय छ, सावधिक जीवन बिमाको विषय। सावधिक जीवन बिमाको सन्दर्भमा सबै कुरा सकारात्मक हुँदाहुँदै एउटा कुरा सर्तका रूपमा राखेका थियौं। त्यो सर्तका रूपमा कम्पनीका धेरै कार्यालय छन्। धेरैवटा सेवा केन्द्र छन्। तर, ती सेवा केन्द्र अफिसमात्रै रहे। त्यहाँ जनशक्ति नै रहेनन्। कसैले ‘एफटिटिएच’ मलाई चाहियो भनेर भन्यो भने एफटिटिचहरूको लाइन तान्ने मानिस छैन। अथवा टेलिफोन चाहियो भने लाइन तान्ने छैन। मर्मत गर्नुप¥यो, त्यो छैन भनेपछि हामी सेवा नै दिन नसक्ने अवस्थामा भयौं अनि सुविधाको कुरा नै आएन।
काठमाडौंभित्र फोरजीको अवस्था के छ? भन्ने कुरामा यहाँहरू धेरैले अँ–अँ भन्ने अवस्था छ। भद्रकालीको कुनोको समस्या कहिल्यै समाधान नै भएको छैन। भनेपछि सुविधा र उत्प्रेरणाका कुरा गर्दा हाम्रो ध्यान त्यहाँ पनि जानुपर्यो। हामी उत्प्रेरित गर्न हदैभन्दा बढी सकारात्मक हुन्छौं। त्योभन्दा बढी हामीले हाम्रो जिम्मेवारी पूरा गर्नुपर्छ र सबैले गर्नुहुन्छ भन्ने मेरो अपेक्षा छ।
कमसेकम त्यहाँ न्यूनतम संख्यामा भए पनि कर्मचारी उपलब्ध गराउनुस् र त्योअनुसारको व्यवस्थापन गर्नुहोस्। त्यस्तो व्यवस्थापन गरेर सिंगै पनि परेन सुरुवात मात्र गर्नुस् त्यसपछि यसलाई हामीले सँगसँगै अघि बढाउँला भन्ने कुरा गरेका थियौं। अब त्यो लगभग उहाँहरूले टुंगोमा पु¥याइसकेको जस्तो मलाई लाग्छ। उहाँहरूले समयमा टुंग्याउनुभयो भने अब आउने बोर्डमा नै टुंगिन्छ। यसर्थ यो कुरामा व्यवस्थापनले अलिक गम्भीर भएर नै व्यवस्थापनले हेरोस् भन्ने मेरो आग्रह छ। यसो भयो भने लामो समयदेखि अड्केका जीवन बिमाका कुरादेखि लिएर सबै कुरामा हामी सकारात्मक ढंगले अघि बढ्ने छौं।
कर्मचारी नभई र हाम्रो जनशक्ति, हाम्रो प्राविधिकले मिहिनेत नगरी कम्पनीअघि बढ्दैन भन्ने कुरामा हामी एकदमै जानकार छौं। त्यसैले कर्मचारीलाई सबैभन्दा बढी उत्प्रेरित गर्नुपर्छ भन्ने कुरामा हाम्रो कुनै पनि सञ्चालक समितिको दुई मत छैन। हामी सबै एकमत छौं। तर, जतिबेला सुविधा, उत्प्रेरणा र अधिकारका कुरा आउँछन्, त्यो बेला जिम्मेवारी पनि त्यहीअनुसार बोध गर्न पनि म आग्रह गर्न चाहन्छु।
काठमाडौंभित्र फोरजीको अवस्था के छ? भन्ने कुरामा यहाँहरू धेरैले अँ–अँ भन्ने अवस्था छ। भद्रकालीको कुनोको समस्या कहिल्यै समाधान नै भएको छैन। भनेपछि सुविधा र उत्प्रेरणाका कुरा गर्दा हाम्रो ध्यान त्यहाँ पनि जानुपर्यो।
हामी उत्प्रेरित गर्न हदैभन्दा बढी सकारात्मक हुन्छौं। त्योभन्दा बढी हामीले हाम्रो जिम्मेवारी पूरा गर्नुपर्छ र सबैले गर्नुहुन्छ भन्ने मेरो अपेक्षा छ। यसरी यदि सेवा बढाउने कुरामा कुनै किसिमको समस्या परेको छ भने त्यो समस्या समाधान गर्न अन्य निकायसँग सहकार्य र छलफल गर्नुपर्ने कुरामा म व्यक्तिगत तवरमा, मन्त्रालयको सचिवको तवरमा र सञ्चालक समितिको अध्यक्षको तवरमा जहिले पनि तयार रहन्छु। केही कुरामा हाल ढिला भएको छ। हाल योजनाको काममा केही ढिलाइ भने भइरहेको छ। हामीले जति धेरै योजनाको कामलाई सक्छौं त्यतिधेरै हाम्रो ‘रेभिन्यु’ घट्छ।
रेभिन्युमा केही उतारचढाव आएको देखिन्छ। त्यो किन त्यस्तो देखिन्छ भने हाम्रो काम गराइ ढिला भएपछि यो स्वतः हुने नै भयो। त्यसैले गर्दा हामीले गर्ने पत्येक काम हाम्रो आयसँग, नाफासँग र हामीले प्राप्त गर्ने सेवा र सुविधासँग जोडिने हुनाले यो कुरालाई एकअर्कासँग अन्तरसम्बन्धित विषयका रूपमा लिएर जिम्मेवारी पूरा सबैले गर्ने अपेक्षा र विश्वास गर्दछु।
(नेपाल टेलिकम सञ्चालक समिति अध्यक्ष अर्यालले टेलिकमको १९औं वार्षिकोत्सवमा राखेको धारणा।)