काठमाडौं। कुजु नेपाल प्रालि नेपालका लागि याडिया ब्रान्डको ई-स्कुटरको आधिकारिक वितरकले चाबहिलकाे चुचेपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याएकाे छ। शाेरुमकाे साेमबार काठमाडाैं महानगरपालिकाका वडा अध्यक्ष भुवन तामाङले उद्घाटन गरेका हुन्।
विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको अग्रस्थानमा रहेको ब्रान्ड याडियाले नेपालमा निरन्तर विभिन्न मोडेलका प्रिमियम ई-स्कुटर बिक्री गर्दै आफ्ना बिक्री र बिक्रीपछि स्तरिय सेवालई निरन्तरता दिँदै आएकाे छ।
कुजु नेपाल प्रालिले पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा डिलर नेटवर्कहरु स्थापित गरिसकेको र साथै थप सुविधा उपलब्ध गराउन चुच्चेपाटी, चाबहिलमा नया शोरुम सञ्चालनमा ल्यायको जनाएकाे छ।
अझै नयाँ र बृहत् सेवाहरू उपभोक्तामाझ पुर्याउन कम्पनी केन्द्रित भएर बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको छ। याडिया नेपालले आफ्नो विश्वव्यापी प्रिमियम मोडल लिएर नेपालमा आफ्नो उपस्थिति स्थापित गरेको छ।
यस्ताे छ नेपालमा रहेका याडिया ब्रान्डका ई-स्कूटरको मोडेल, मूल्य र दयरा :
C1S - रु.३७०,०००/- (८० कि.मि. दायरा )
G5- रु.३५०,०००/- (८०कि.मि. दायरा )
S - लाइक- रु२५५,०००/- (६० कि.मि. दायरा )